Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

दम्पतीको हत्या गर्ने गिरोहका नाइकेसहित चार अभियुक्त सार्वजनिक

महेन्द्रनगर । नौ दिनअघि कञ्चनपुरको बेलौरी नगरपालिकामा वृद्ध दम्पतीको हत्या गर्ने गिरोहका नाइकेसहित चार जना अभियुक्तलाई सोमबार प्रहरीले सार्वजनिक गरेको छ । गत साउन १७ गते मध्यरातमा बेलौरी नगरपालिका–७ भगतपुरका ६८ वर्षीया बेलीदेवी खातीको धारिलो हतियार प्रयोग गरी घरमै अज्ञात समूहले हत्या गरेको थियो भने सोही आक्रमणका क्रममा बेलीदेवीका श्रीमान् ७० वर्षीय घनश्याम खाती गम्भीर घाइते भएका थिए ।

घाइते खातीको आइतबार राति कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयले सोमबार पत्रकार सम्मेलन गरी हत्याका मुख्य योजनाकार खाती दम्पतीकै छिमेकी स्थानीय ५३ वर्षीय प्रकाश ऐर, अर्का स्थानीय ३५ वर्षीय दिनेश राना, बेलौरी नगरपालिका–६ हात्तीबोझाका २६ वर्षीय होरी राना र कृष्णपुर नगरपालिका–२ वाणीका ४५ वर्षीय रवि राना (भर्रा) लाई सार्वजनिक गरेको छ ।

पत्रकार सम्मेलनमा प्रवक्ता थापाले घटना छिमेकी प्रकाश ऐरको योजनामा भएको बताउनुभयो । “ऐरले झण्डै १४÷१५ वर्षदेखि घनश्याम खातीलाई बोक्सीको आरोप लगाउँदै आएको रहेछ” थापाले भने, “ऐरले नै हत्याको योजना बनाएर दम्पतीको हत्यापछि दुई चरणमा रु चार लाख रकमसमेत दिएको खुलेको छ ।” अभियुक्त ऐरको योजनालाई मुख्य रुपमा भर्रा भनेर चिनिने रवि रानाले सहयोग गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ ।

घटनामा अभियुक्त रवि राना धारिलो हतियार प्रयोग गरी आक्रमण गर्ने, स्थानीय दिनेश र होरी राना घटनाका बेला खातीका छोरा राजेश खातीलाई घर बाहिर मादक पदार्थ सेवन गराएर फकाउने भूमिकामा देखिएको प्रहरीले जनाएको छ । “परिवारका सदस्यहरु बिरामी पर्न थालेपछि रवि रानासित योजना बनाएर अभियुक्त ऐरले हत्या गराएको हो” प्रनाउ थापाले भने, “घटना घटाइसकेपछि अर्को अभियुक्त दिनेश रानाले खातीका छोरा राजेशलाई राति घरसम्म मोटरसाइकलमा पुर्याएका थिए ।”

प्रहरीका अनुसार अभियुक्तहरुले छोरा राजेशलाई नै हत्यारा सावित गराउने प्रयासले नै राति मोटरसाइकलमा घरसम्म पुर्याएको स्वीकार गरेको प्रहरीले जनाएको छ । घटनापछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट घटनाको अनुसन्धानमा प्रनाउ थापा आफैँ खटिएका थिए । “घटनास्थलमा अनुसन्धान शुरु गर्दा हामीले खाती दम्पतीका छोरा राजेश र स्थानीय दिनेश रानालाई नियन्त्रणमा लिएका थियौँ ।” प्रवक्ता थापाले भने, “छोराको संलग्नता नदेखिएपछि उनलाई छोडिदियौँ ।”

खातीको घरमा पुगेर दम्पतीमाथि आक्रमण गर्ने अभियुक्त रवि रानालाई प्रहरीले आइतबार कृष्णपुर नगरपालिकाको गुलरिया क्षेत्रबाट नियन्त्रणमा लिएको थियो । “रविको घरबाट हत्या गरेबापत ऐरबाट लिएको रु डेढ लाख नगदसमेत बरामद गरेका छौँ ।” उनले भने, “हत्यामा प्रयोग भएका दुई वटा मोटरसाइकलसमेत नियन्त्रणमा लिएका छौँ ।”

प्रहरीका अनुसार अभियुक्तद्वय स्थानीय दिनेश र होरी रानालाई हत्यामा संलग्न भएबापत रु २५÷रु २५ हजार दिने भनिएको थियो । अभियुक्त दिनेश शारीरिक रुपले अशक्त छन् । उनको दायाँ हात छैन । प्रहरी स्रोतका अनुसार राना एउटै हातले मोटरसाइकल चलाएर भारतबाट आउने अवैध सामानको तस्करीसमेत गर्दै आएका थिए । “रानाले मोटरसाइकलको एक्सलेटरसमेत बाँया हातमा जडान गरेको देखिन्छ ।

प्रहरीका अनुसार खाती दम्पतीलाई हत्यापछि उनका छोरालाई घरसम्म मोटरसाइकलमा पुर्याउन दिनेश नै गएका थिए । प्रहरीले राजेश खातीले गत साउन १९ गते दिएको किटानी जाहेरीका आधारमा अभियुक्तहरुलाई कानूनी कारबाही अघि बढाइएको जनाएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies