Khabar Dabali Logo
  September 28, Mon

कोरोना पुष्टि भएका १२ जना सम्पर्क विहीन

राँझा । बाँकेमा कोरोना सङ्क्रमण पुष्टि भएका १२ जना सङ्क्रमित सम्पर्क विहीन भएका छन् । सम्पर्कविहीन हुँदा समुदायमा झनै सङ्क्रमणको जोखिम बढ्दै गएको स्वास्थ्य कार्यालय बाँकेका स्रोत व्यक्ति नरेश श्रेष्ठले बताए ।

उनका अनुसार, भेरी अस्पतालबाट स्वाब सङ्कलन गरी साउन २३ गते कोरोना सङ्क्रमण पुष्टि भएका नेपालगञ्ज उपमहानगरपालिका–२ का ३४ वर्षीय पुरुष र नेपालगञ्ज ६ का २७ वर्षीया महिला, २४ गते सङ्क्रमित पुष्टि भएका नेपालगञ्ज–१२ का २८ वर्षीया महिला र नेपालगञ्ज १८ का ३५ वर्षीय पुरुष सम्पर्कमा आएका छैनन् ।

यसैगरी, साउन २४ गते सङ्क्रमित भएका नेपालगञ्ज १९ का ११ वर्षीया बालिका, १९ कै २४ वर्षीय पुरुष, नेपालगञ्ज–१६ का १२ वर्षीया बालिका सम्पर्कविहीन रहेकाले खोजी कार्य भइरहेको छ । उनीहरु महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टिनमा बसेका हुन् तर स्वाब दिएपछि घर गएका थिए ।

साउन २२ गते वडा प्रहरी कार्यालयबाट स्वाब सङ्कलन गरी २५ गते सङ्क्रमण पुष्टि भएका ४७ वर्षीया महिला, २४ वर्षीया महिला, चार र दुई वर्षका दुई बालक, र ४२ वर्षीय पुरुष पनि सम्पर्कमा आएका छैनन् । नेपालगञ्ज ११ का २९ वर्षीया महिला पनि सम्पर्कमा नआएको स्रोत व्यक्ति पर्सन श्रेष्ठले बताए ।

पटक–पटक सम्पर्क गर्दा आइसोलेशनमा आउन नचाहने र मोबाइल बन्द गर्ने गरेको पाइएको श्रेष्ठको दाबी छ । यीमध्ये कतिपयको मोबाइल बन्द भएको, कतिपयले नलाग्ने र नमिल्ने सम्पर्क नम्बर दिएको र दिएको नम्बरमा सम्पर्क गर्दा बालकका अभिभावकले हाम्रो बच्चा होइन भन्ने गरेको श्रेष्ठले जानकारी दिए ।

थप १५ मा सङ्क्रमण

आज दिउँसोसम्म बाँकेका थप १५ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा आज गरिएको परीक्षण रिपोर्टअनुसार दुई चिकित्सक र केही प्रहरी १५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालले सोमबार मध्यान्ह् १२ बजे सार्वजनिक गरेको विवरणअनुसार नेपालगञ्ज मेडिकल कलेजका दुई चिकित्सक, वडा प्रहरी कार्यालय नेपालगञ्जमा कार्यरत चार प्रहरीसहित १५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए ।

साउन २६ गते, २०७७ - १९:०४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यस्ता छन् मन्त्रिपरिषदका २५ निर्णय

यस्ता छन् मन्त्रिपरिषदका २५ निर्णय

काठमाडौं  । असोज ८ र ११ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता...   
महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ दम्पत्तीलाई दोस्रोपटक कोरोना सङ्क्रमण

महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ दम्पत्तीलाई दोस्रोपटक कोरोना सङ्क्रमण

ललितपुर। महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ र उहाँकी धर्मपत्नी दुवैमा पुनः दोस्रोपटक...   
ग्लोबल आइएमई बैंक लि. र होटल व्यवसायी महासंघ नेपालबीच सम्झौता

ग्लोबल आइएमई बैंक लि. र होटल व्यवसायी महासंघ नेपालबीच सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र होटल व्यवसायी महासंघ नेपाल बीच सो महासंघसंग आबद्ध नेपाल भरमा...   

पछिल्लो तीन दिनमा बाढीपहिरोबाट १७ को मृत्यु, १५ जना बेपत्ता

काठमाडौं । ६ असोजबाट देशका विभिन्न ठाउँमा निरन्तर भइरहेको वर्षाका कारण फेरि विपद्जन्य घटना बढ्न थालेको...   

सर्वोच्वको अन्तरिम आदेश –वामदेवलाई राष्ट्रियसभाको हैसियतमा थप काम गर्न नदिनु !

काठमाडौं । हालै राष्ट्रिष्यसभा सदस्य नियुक्त भएका नेकपा उपाध्यक्ष बामदेव गौतमलाई कुनै संवैधानिक...   

क्रिकेट खेलाडीको तलब बढ्यो, बढीमा महिनाको ५० हजार

काठमाडाैं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले पुरुष र महिला खेलाडीसँग एक वर्षका लागि सम्झौता गरेको छ । भरतपुरमा...   
मन्त्रिद्वय पुन र ढकालको घरभित्र कोरोना, दुवैमन्त्रि क्वारेन्टिनमा

मन्त्रिद्वय पुन र ढकालको घरभित्र कोरोना, दुवैमन्त्रि क्वारेन्टिनमा

काठमाडौं । उर्जामन्त्री वर्षमान पुन अनन्त र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल होम क्वारेन्टिनमा बसेका...   

साल्ट ट्रेडिङले ल्यायो १७ हजार मेट्रिक टन युरिया मल

काठमाडौं । कृषि मन्त्रालयले सार्वजनिक खरिदमार्फत मल भित्र्याउन नसकेपछि साल्ट ट्रेडिङले भने युरिया...   
कीर्तिमानी आरोही ‘हिमचितुवा’को निधन, यस्तो छ आरोहण यात्रा

कीर्तिमानी आरोही ‘हिमचितुवा’को निधन, यस्तो छ आरोहण यात्रा

काठमाडौं । विनाअक्सिजन १०औं पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङरिता शेर्पा ‘हिमचितुवा’...   
आजबाट आन्तरिक उडान सुरु, यस्ता छन् यात्रु र उडान नियम

आजबाट आन्तरिक उडान सुरु, यस्ता छन् यात्रु र उडान नियम

काठमाडौं । कोरोना महामारीका कारण रोकिएको आन्तरिक उडान आजबाट शुरु हुँदैछ । गत चैत ११ गतेदेखि आन्तरिक...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top