Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

कवि शिरोमणि सङ्ग्रहालयमा कोरोनाको प्रभाव

पोखरा । साहित्यिक पर्यटनको आकर्षक गन्तव्य बन्दै गएको पोखरा महानगरपालिका–२७ स्थित कवि शिरोमणि लेखनाथ सङ्ग्रहालयमा कोरोनाको प्रभाव परेको छ ।

कवि शिरोमणिको जन्मघरसहित उनका जीवनीका महत्वपूर्ण विषय समेटेर कवि शिरोमणि जन्मस्थल विकास समितिले निर्माण गरेको सङ्ग्रहालयको अवलोकन गर्न देशका विभिन्न भागबाट साहित्यप्रेमी आउने गरेका छन् ।

सङ्ग्रहालयको अवलोकनका लागि दैनिक विभिन्न समूहमा विद्यार्थी तथा साहित्यप्रेमी आउने गरेको भए पनि कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन गरिएको बन्दाबन्दीसँगै सङ्ग्रहालयमा पनि आवतजावतमा रोक लगाइएको समितिका सहसचिव रामप्रसाद तिमल्सिनाले जानकारी दिए ।

“कवि शिरोमणि जन्मस्थल परिसरमा वनभोजका लागि पनि आवश्यक पूर्वाधार निर्माण गरेसँगै विभिन्न शैक्षिक संस्थाबाट वनभोजका लागि पनि आउने क्रम पनि बन्दाबन्दी अघि उत्साहजनक रुपमा बढेको थियो”, उनले भने, “बन्दाबन्दीपछि भने सम्भाव्य सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी सर्वसाधारणलाई सङ्ग्रहालय प्रवेशमा रोक लगाइएको छ, वनभोजलगायत गतिविधि पनि पूर्ण रुपमा बन्द छन् ।”

कवि शिरोमणिको जन्मस्थल अर्घौंं अर्चलेलाई साहित्यिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने सोचका साथ कवि शिरोमणि लेखनाथ जन्मस्थल विकास समिति गठन गरिएपछि पछिल्ला वर्षमा पूर्वाधार निर्माणले पनि गति लिएको छ । समितिको पहलमा विगत केही वर्षयता कवि शिरोमणिको जन्मघरको संरक्षणका साथै सङ्ग्रहालय, तरुण तपसी पार्क निर्माणलगायत कामलाई अघि बढाइएको छ ।

कवि शिरोमणिको जन्मस्थलमा गएर कविता रच्ने वा अन्य साहित्य सिर्जना गर्नेका लागि जन्मघर वरपर प्रतीक्षालयलगायत संरचना तथा पार्क निर्माण अघि बढेका छन् । पृथ्वी राजमार्गको अर्घौं चोकस्थित कवि शिरोमणिको सालिकदेखि जन्मस्थल अर्घौं अर्चलेसम्म ठाउँठाउँमा उनले रचना गरेका उत्कृष्ट कविताका श्लोक मार्बलमा कुँदेर राखिएका कारण अर्घौं चोकबाट छिरेपछि उनका कवितावाचन गर्दै जन्मघर पुग्ने व्यवस्था मिलाइएको छ ।

लेखनाथ चोकदेखि कविको जन्मस्थलसम्मका स्यानी चौर, ठूली पोखरी, तरुणतपसी पार्क, बतासे, बूढाचौर, गैरापोखरीलगायत मुख्य चोकमा उनका मर्मस्पर्शी कविता पढ्न सकिन्छ । कोरोना सङ्क्रमण नियन्त्रणमा आएसँगै सङ्ग्रहालय परिसरमा पुनः साहित्यिक पर्यटनका गतिविधि बढ्ने सहसचिव तिमिल्सिनाले बताए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies