Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

बेलारुसमा लुकासेन्को ८० प्रतिशत मतका साथ विजयी, विपक्षीहरुको विरोध प्रदर्शन

मिन्स्क । बेलारुसको राष्ट्रपति पदमा अलेक्जान्डर लुकासेन्को ८० प्रतिशतभन्दा बढी मत ल्याएर विजयी भएका छन् । उनी बेलारुसको राष्ट्रपति पदमा छैटौं पटक विजयी भएको हुन् ।

केन्द्रीय निर्वाचन आयोगले सोमबार चुनावी नतिजा सार्वजनिक गरेलगत्तै चुनावमा धाँधली भएको आरोप लगाउँदै देशव्यापी विरोध प्रदर्शन शुरु भएका छन् ।

लुकासेन्कोलाई मुख्य रुपमा चुनौती दिएकी विपक्षी नेतृ स्भेत्लाना तिखानोभ्स्कायाले ९.९ प्रतिशत मत मात्र प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार अरु तीन जना उम्मेदवारले दुई प्रतिशतभन्दा कम मत ल्याएका छन् ।

चुनाव सम्पन्न भएलगत्तै सार्वजनिक चुनावी मतसर्वेक्षणले लुकासेन्कोले भारी मतका साथ विजयी हुने विवरण सार्वजनिक गरेसँगै राजधानी मिन्स्क र अरु शहरमा लुकासेन्को विरुद्ध विरोध प्रदर्शन भएका थिए ।

प्रहरीले प्रदर्शनकारीलाई तितर बितर बनाउन बल प्रयोग गर्नु परेको थियो ।

यसैबीच प्रहरी कारबाहीमा एक जना प्रदर्शनकारीको मृत्यु भएको छ भने दर्जनौं व्यक्ति घाइते भएका छन् । प्रहरीले प्रदर्शनकारीमाथि ग्रिनेड, रबरका गोली र अश्रुग्यास प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

भियास्ना मानव अधिकार केन्द्रले प्रहरीले प्रदर्शनकारीमाथि ज्यादै बल प्रयोग गरेको जनाएको छ । भियास्नाका प्रतिनिधि सर्गेई सिसले प्रदर्शनमा सहभागी ३०० भन्दा बढीलाई प्रहरीले गिरफ्तार गरेको बताए । भियास्नाका अनुसार कम्तीमा १० जना प्रदर्शनकारी अस्पताल भर्ना भएका छन् ।

बेलारुसको गृह मन्त्रालयकी प्रवक्ता ओल्गा चेमोडानोभाले प्रहरी कारबाहीमा कुनै प्रदर्शनकारीको मृत्यु नभएको दाबी गर्नु भएको छ ।

यसैबीच, रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले बेलारुसको राष्ट्रपतिमा निर्वाचित हुनुभएका लुकासेन्कोलाई कार्यकाल सफलताको शुभकामना दिएका छन् । तर पोल्यान्डले बेलारुसको पछिल्लो अवस्था एवं विवादास्पद राष्ट्रपतीय निर्वाचनका बारेमा छलफल गर्न युरोपेली युनियनको आपतकालीन बैठक डाक्न आग्रह गरेको छ ।

पोल्यान्डका प्रधानमन्त्री मेटिउज मिराविकीले जारी गर्नु भएको वक्तव्यमा बेलारुसका जनताको स्वतन्त्रता प्रतिको चाहनालाई सम्मान गर्न युरोपेली युनियन तत्पर हुनुपर्छ भनिएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies