Khabar Dabali Logo
  September 24, Thu

३० थरीका चिया बिक्री गर्दै एक युवक

चितवन । चिया नेपाली परिवेशमा जो कोहीका लागि परिचित पेयपदार्थ हो । ठाउँ, परिवेश र उमेर समूहले आ–आफ्ना रुचिका चिया पिउने गर्दछन् । यहाँ एक युवाले ३० थरीका चिया बिक्री गर्दै आएका छन् । स्वदेशमा केही गर्ने कि विदेश जाने ढुलमुलमा रहेका २६ वर्षीय फणीन्द्र न्यौपानेले आफ्नो होटलको अनुभव सँगाल्दै युवा पुस्तालाई लक्षित गरेर चियादानी नामक चियापसल सञ्चालनमा ल्याएका छन् । भरतपुर महानगरपालिका–१० सप्तगण्डकी चोक नजीकै उनले मासिक रु १५ हजार भाडा तिर्नेगरी चियादानी सञ्चालनमा ल्याएका हुन् ।

चिया पिउन पुग्ने जो कोही पनि त्यहाँको सजावट देखेर दङ्ग पर्छ । उनले भने, “फालिएका सामग्री प्रयोग गरेर मैले चियापसल शुरु गरेँ ।” पुराना टायरको टेबल र कुर्सी छन् । थोत्रो विक्रम ट्याम्पोमा काउन्टर र बसेर चिया खाने ठाउँ छ । सजावटसँगै आनन्दित पनि बनाइएको छ । उनले थपे, “झुलामा झुल्दै चिया पनि पिउन सक्नुहुन्छ ।” पुराना सामानले सजाएपनि कोठा वातावरण अनुकूलित छ । सिलिङमा साइकलका पुराना रिङभित्र बत्ती बलिरहेको देख्न सकिन्छ ।

सानो ठाउँमा चटक्क मिलेर तन्नेरीहरु चियामा रमाइरहेको देख्न पाइन्छ । न्यौपानेले बताए, “म कहाँ ३० थरीका विभिन्न थरी चिया पाइन्छ ।” धेरैको आकर्षण मट्का चियामा छ । माटाको तातोतातो भाँडामा चियाको छुट्टै आनन्द लिन युवासँगै वृद्धवृद्धा पनि आइपुग्छन् । मट्कासँगै स्पाइसी, एप्पल, मेरो चिया, अदुवालगायत चिया चियादानीमा पाइन्छ । न्यौपानेका अनुसार प्रतिकप रु १० को कालो चियादेखि ७० पर्ने मट्का वा स्ट्रबेरी चियासम्म त्यहाँ पाइन्छ ।

न्यौपानेलाई भाइ सुवास र एकजना कर्मचारीले साथ दिइरहेका छन् । विदेशिने तर्खरमा लागेका न्यौपानेलाई पोखरामा चलिरहेको चियादानीले ध्यान खिच्यो । सामाजिक सञ्जालमा तन्नेरीको समूहमा आवद्ध न्यौपानेले सरसापट र ऋण गरेर यही व्यवसाय थापे । उनले भने, “दैनिक १५० हाराहारी ग्राहक आउँछन् ।” लकडाउनअघि पसल तयार गरेको भए पनि लकडाउनपछि मात्र खुलेको हो । दैनिक रु १० हजार हाराहारीको व्यापार भएको उनको भनाइ छ । सबै राम्रो भएको भन्दै उनले माटाका गिलास पाउन मुस्किल भएको बताए ।

भरतपुर महानगरपालिका–१५ फूलबारीका न्यौपानेसँग यसअघि सेन्ट्रल पाम र मितेरी होटलको अनुभव छ । उनले भने, “फरक तरिकाले काम गर्न सक्यो भने स्वदेशमा नै केही हुँदोरहेछ । विदेश जानु पर्दैन ।” कोरोना सङ्क्रमण सकिएपछि चियादानीलाई विस्तार गर्ने सोचसमेत आफूमा आएको उत्साहित हुँदै उनले बताए ।

साउन २६ गते, २०७७ - १३:५८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ढोरपाटनका बाढिपहिरो पीडितलाई ९ लाख आर्थिक सहयोग

ढोरपाटनका बाढिपहिरो पीडितलाई ९ लाख आर्थिक सहयोग

बाग्लुङ। बाग्लुङ समाज पोर्चुगलले ढोरपाटन र जैमिनी नगरपालिकाका बाढीपहिरो पीडितलाई रु नौ लाख चालीस...   

हेटौँडामा दैनिक ५ टन पाउडर दूध उत्पादन क्षमताको उद्योग निर्माण हुने

वाग्मती । वाग्मती प्रदेशको राजधानी हेटौँडामा दैनिक पाँच टन पाउडर दूध उत्पादन क्षमताको उद्योग स्थापना...   

भरतपुर अस्पताल वरपरको भाग डुवानमा

चितवन । यहाँको भरतपुर अस्पताल डुवानमा परेको छ । लगातार तेस्रो दिन पानी परिरहेकाले अस्पतालको पुरानो...   

क्यानाडामा पनि कोरोना संक्रमण दोस्रो चरणमा : प्रधानमन्त्री ट्रयुडेउ

न्युयोर्क । क्यानाडामा पनि कोभिड १९ को सङ्क्रमणको दोस्रो चरण शुरु भएको बताइएको छ । क्यानाडाका प्रधानमन्त्री...   

पूर्वप्रधानमन्त्री खनालद्वारा इलाम अस्पताललाई पीपीई वितरण

मङ्गलबारे । पूर्वप्रधानमन्त्री तथा इलाम क्षेत्र नं १ का सङ्घीय सांसद झलनाथ खनालले इलाम अस्पताललाई...   

सामाजिक सेवा गर्ने संस्था नाफामूलक बन्नुहुँदैन : मन्त्री गुरुङ

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले जनताका निम्ति सेवा दिने निजी...   

अविरल वर्षाका कारण पृथ्वीराजमार्गका २० ठाउँमा पहिरो

धादिङ । दुई दिनदेखिको अविरल वर्षाका कारण पृथ्वी राजमार्गको धादिङ खण्डमा ठाउँठाउँमा पहिरो गएको छ ।...   

कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या ३ हजारभन्दा बढी

वीरेन्द्रनगर । कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजारभन्दा बढी पुगेको छ । सामाजिक विकास मन्त्रालयका...   

नेपाल र इजरायलबीच असोज १४ गते श्रम सम्झौता हुने

काठमाडौँ । नेपाल र इजरायलबीच यही असोज १४ गते श्रम सम्झौता हुने भएको छ । जेरुसेलमस्थित इजरायली विदेश...   

अफगानिस्तानको शान्ति प्रक्रियामा सघाउन राष्ट्रपति घानीको आग्रह

न्युयोर्क । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले हाल अफगानिस्तानले शान्ति वार्ता थालेको भन्दै यसका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top