Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

कुशे गाउँमा टावरको समस्याले अधिकांश काम अवरुद्ध हुँदै आए

जाजरकोट । कुशे गाउँपालिका पैँकका महेन्द्र शाही आफ्नो गाउँमा फोन नलाग्दा दैनिक हैरान छन् । सदरमुकाम बसेर गाउँमा आफन्तसँग मोबाइलमार्फत फोन सम्पर्क गर्न नसक्दा शाहीलाई पीडा थामिनसक्नुभएको छ । उनी भन्छन् “मैले तिरेको कर, मैले हालेको भोटको मूल्य म कहिले पाउँछु ?

शाहीले आफ्नो गाउँमा फोन नलाग्नु र टावर निर्माण नहुनाका कारण खोज्न एक युवालाई लिएर जाजरकोट नेपाल टेलिकमको कार्यालयमा गएको बताए । दुनियाँ इन्टरनेट र प्रविधिको प्रयोगले संसार निहालिरहेको बेला हामी भने फोनका लागि टेलिकम कार्यालयमा धर्ना दिन जानु सानो पीडा नभएको अर्का अमृत गौतमले बताए ।

फोनकै समस्याले कुशे गाउँपालिकाको अधिकांश काम अवरुद्ध हुँदै आएको पीडा स्थानीय सरकारसँग पनि छ । “घाम लागे अग्ला डाँडामा गएर लाग्ने फोन घाम नलागे कहाँ हराउँछ थाहा नै हुँदैन”, कुशे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले गुनासो गरे । उनले थपे, “गाउँपालिकाभित्रका सबै वडामा सम्पर्क गर्न कम्तीमा तीन दिनभन्दा बढी लाग्छ, कोही दुःखी, बिरामी भएमा सजिलै उद्धार गर्नसमेत समस्या छ ।”

“गाउँमा न फोन लाग्छ, न त सजिलै हिँड्न सक्ने गतिलो सडक नै छ ? प्रभावकारी सञ्चार नहुँदा कैयौँले समयमै उपचार नपाउँदा अकालमै ज्यान जाने गरेको छ”, कुशे गाउँपालिका–१ का वडाध्यक्ष गोपाल नेपालीले गुनासो पाखे । उनले

भने, “दुई हप्ताअघि मेरो वडामा विषालु च्याउ खाएका व्यक्तिसँग सम्पर्क गर्न नसक्दा पाँच जनाले ज्यान गुमाउनुपर्यो । स्याक्रीगाउँमा फोन गर्न ४ घण्टा अग्लो माथि डाँडा जानुपर्छ ।”

गाउँमा कहाँ के भइरहेको छ भन्ने सूचना पाउन कम्तीमा पनि दुई दिन पर्खनुपर्ने बाध्यता भएको अध्यक्ष नेपालीले पीडा सुनाए । त्यस्तै बारेकोट गाउँपालिका रहेको रतनकोटस्थित स्काई प्रविधिको टावरमा पावरको अभावमा घाम लागेमात्र सामान्य टावर आउँछ । तत्कालीन सञ्चारमन्त्री कृष्णबहादुर महराको पालामा निर्माण गरिएको सो टावरले शुरुका दिनमा राम्रो काम गरे पनि अहिले ‘कभरेज एरिया’ निकै साँघुरो भएको छ ।

गत असार २५ गते पहिरामा परी बारेकोट गाउँपालिकामा १३ जनाको ज्यान गएको र एक हजार २०० भन्दा बढी घर भत्किएको समयमा तीन दिनसम्म फोनको सम्पर्क नहुँदा सङ्घीय सरकार, प्रदेश सरकारका साथै सदरमुकामबाट बारेकोट सम्पर्क गर्न फलामको चिउरा चपाएझैँ भएको थियो । अहिले पनि कुन ठाउँमा कति राहत वितरण भएको छ, कसले कति राहत पायो भन्ने सूचना पाउन मुस्किल भएको छ । वडा कार्यालय, विद्यालयमा जोडिएका इन्टरनेटमार्फत सूचना लिने र दिने काम भइरहेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जनाए ।

बर्खायाममा लगातार पानी परिरहेकाले भएका टावरहरु सञ्चालन नहुँदा अहिले जाजरकोटको ४० प्रतिशत भूभागमा मात्र सामान्य सञ्चार सम्पर्क हुने गरेको छ । जिल्लामा निर्माण गर्ने भनिएका सातवटा जिएसएम प्रविधिका नमस्तेको टावर दुई वर्षदेखि निर्माण नहुँदा समस्या भएको हो । भारतीय कम्पनीले टावर निर्माणको जिम्मा लिएर बीचमै छाडेर सम्पर्कमा नआएपछि पूर्ण ठेक्का रद्द गरेर नयाँ ठेक्का गर्ने तयारी भएको जाजरकोट टेलिकमले जनाएको छ । टावर निर्माण गर्छु भन्दै तीनपटक सम्म प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहको नेतृत्वमा रहेको स्थानीय तहका सबै प्रमुख र प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको रोहवरमा कागजसमेत गरेको भारतीय कम्पनी पछिल्लो पटक सम्पर्कमा नआउँदा ठेक्का रद्दतर्फ अगाडि बढेको हो ।

छिमेकी जिल्ला डोल्पामा समेत यही भारतीय कम्पनीले टेलिफोन टावर निर्माणको जिम्मेवारी लिएको कारण अहिलेसम्म टावर निर्माण हुन नसकेको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए । कर्णाली क्षेत्रका अधिकांश ठाउँमा टेलिफोन टावरकै समस्या रहेको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies