Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

पुरुष संक्रमित ८४ प्रतिशत, पुरुष बढी संक्रमित हुनुको यस्तो छ कारण

काठमाडौं। नेपालमा कोरोना भाइरसबाट महिलाभन्दा पुरुष संक्रमित अत्यधिक देखिएका छन् ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुगेको छ । यीमध्ये पुरुष १९ हजार ३ सय ३१ (८४ प्रतिशत) जना छन् । महिलाको संख्या ३ हजार ६ सय ४१ (१६ प्रतिशत) छ ।

यसको कारण के होला ? विभिन्न अध्ययन जारी रहे पनि मुख्यतः जीवनशैली र आनीबानी नै जिम्मेवार मानिएका छन्। ‘महिलाको बाहिरी हिँडडुल कम हुन्छ’, जनस्वास्थ्यविज्ञ डा. सुरेश तिवारी भन्छन्, ‘रोग प्रतिरोधात्मक क्षमता पनि तुलनात्मक रूपमा महिलामा नै बढी हुन्छ ।’

पुरुषमा असावधानी र असुरक्षित दिनचर्या कारक रहेको अध्ययनले देखाएका छन् । जैविक रूपमा रोग प्रतिरोध क्षमता कमी भएका पुरुष बढी जोखिममा पाइएका छन् । स्वस्थकर खाने, समयमै खाने बानीले पनि महिलामा संक्रमण न्यून देखिएको हुन सक्ने डा. तिवारीको भनाइ छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगन्जका वरिष्ठ छाती रोग विशेषज्ञ डा. निरज बम घर बाहिर निस्कने र काम गर्न चलायमान हुने भएकाले पुरुषमा बढी संक्रमण र मृत्युदर पनि बढी देखिएको बताउँछन् । मधुमेह, उच्च रक्तचाप, क्यान्सर, मुटुरोग, निमोनिया, श्वासप्रश्वासलगायत दीर्घ रोगबाट महिला–पुरुष नै पीडित छन् । दीर्घरोगीलाई कोरोनाले मृत्युको मुखमा पुर्‍याउने जोखिम हुने विज्ञको भनाइ छ ।

‘पुरुषमा बढी संक्रमण देखिनु स्वाभाविक नै हो । कोमर्बिडिटी डिजिज भनिने मधुमेह, क्यान्सर, मुटुरोग, उच्च रक्तचाप र मिर्गौलाको समस्या महिलामा पनि पुरुषमा बढी देखिएको छ’, डा. बम भन्छन्, ‘कोमर्बिडिटीको अवस्था पुरुषमा बढी देखिएकोले मृत्युदर पनि बढी पाइएको हो ।’

ग्लोबल हेल्थ ५०(५० गरेको अध्ययनले धूमपान, मद्यपान, अस्वस्थ जीवनशैलीका कारण महिलाको तुलनामा पुरुषको स्वास्थ्य कमजोर हुने निष्कर्ष निकालेको छ । उसले कोरोना अति प्रभावित २० मुलुकमा आधारित रहेर अध्ययन गरेको थियो । चीनमा आधाभन्दा बढी पुरुषले धूमपान गर्छन् ।

जनसंख्याको दुई प्रतिशत महिलाले मात्र धूमपान गर्छन् । इटालीमा ३० प्रतिशत पुरुषले धूमपान गर्छन् । त्यहाँ धूमपान गर्ने महिलाको संख्या १९ प्रतिशत छ । अमेरिकामा महिलाभन्दा चार प्रतिशत पुरुषले बढी धूमपान गर्छन् । विश्वभरि नै विशेषगरी ६० वर्ष नाघेका पुरुषलाई संक्रमणको बढी जोखिम देखिएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार युरोपमा ११ हजार २ सय २८ जना संक्रमित हुँदा ५७ प्रतिशत पुरुष थिए । १ हजार ३२ जनाको मृत्यु हुँदा महिला २ सय ९५ (२८ प्रतिशत) थिए । दक्षिण कोरिया, इटाली, फ्रान्स, जर्मनी, इरान, स्पेनमा संक्रमण र मृत्यु हुनेमा पुरुष धेरै छन् ।

इटालीमा १० जना महिलाको मृत्यु हुँदा पुरुषको संख्या २४ छ । चीनमा १० महिलाको मृत्यु हुँदा पुरुषको संख्या १८ छ । जर्मनीमा १० महिलाको मृत्यु हुँदा पुरुष १६ जना छन् । इरानमा १४ पुरुषको मृत्यु हुँदा महिलाको संख्या १० छ । फ्रान्समा १० महिलाको मृत्यु हुँदा पुरुष १४ जना देखिन्छ । दक्षिण कोरियामा १० महिलाको मृत्यु हुँदा पुरुष १२ जना छन् ।

धूमपान गर्नेको फोक्सो खराब भएको हुन्छ । जसका कारण कोरोना संक्रमणले सिकिस्त पार्न सक्छ । ‘बेलायत, इटली र चीनमा भएका अध्ययनले पनि कोरोना संक्रमणले फोक्सोमा असर गर्ने पुष्टि गरेका छन्’, डा. बम भन्छन् ।

आनीबानी नै कारक
डा. विजय ढकाल, मोलिकुलर विज्ञ

साउन दोस्रो सातासम्मको आँकडा हेर्दा ७० प्रतिशतभन्दा बढी पुरुष संक्रमित भएका राष्ट्रहरूमा भुटानबाहेक सार्कका सबै मुलुक पर्छन् । नेपालमा त झनै संक्रमित हुनेमा ८४ प्रतिशत पुरुष छन् । १६ प्रतिशत मात्रै महिला छन् । नेपालमा पुरुष बढी संक्रमित हुनुमा विभिन्न कारण छन् ।

कामको सिलसिलामा परदेश गएकाहरू धमाधम फर्किएका छन् । घरबाहिर निस्कने, घुमफिर गर्ने तर दूरी कायम नगर्ने प्रवृत्ति छ । मास्क नलगाउने, स्यानिटाइजर प्रयोग नगर्नेजस्ता बानी संक्रमणका लागि जोखिमपूर्ण छन् । वैदेशिक रोजगारीमा जाने अधिकांश पुरुष नै रहेको पाइन्छ ।

सामान्यतः विकसित मुलुकहरूमा महिला बढी संक्रमित भएको देखिन्छ। जस्तैः अमेरिका, बेलायत, क्यानडा, दक्षिण कोरिया, इटाली, स्पेन आदि। त्यस्तै, बेल्जियम, नेदरल्यान्ड्स, स्कट्यान्डमा संक्रमितमध्ये ६० प्रतिशत महिला छन्।

कोरोना संक्रमणले गर्दा हुने मृत्युदर महिलाभन्दा पुरुषमा बढी देखिएको छ। यसको प्रस्ट कारण खुलेको छैन। वैज्ञानिकहरूले अनुसन्धान गरिरहेका छन्। तर, हालसम्मको तथ्य केलाउँदा महिला र पुरुषको रोगसँग लड्ने प्रतिरक्षा क्षमता, आनुवंशिक तथा हार्मोनको फरक यसको कारक भएको अनुमान छ। हामीमा भएको ह्( क्रोमोजोममा प्रतिरक्षा क्षमतासँग सम्बन्धित जिन खँदिलो रूपमा रहेका हुन्छन्।

महिलामा भएको थप ह्( क्रोमोजोमले पुरुषको तुलनामा रोगसँग प्रतिरक्षा गर्ने क्षमता बढी बनाउँछ। जसले गर्दा महिलामा मृत्युदर कम भएको हुन सक्दछ। संक्रमणको क्रममा हाम्रो शरीरभित्र छिरेको कोरोना भाइरस प्रजननका लागि हाम्रो कोषिकाभित्र प्रवेश गर्नुपर्छ।

हाम्रो कोषिकामा रहेको एस(२ (एन्जिओटेन्सिन कन्भर्टिङ इन्जाइम २) रिसेप्टरसँग कोरोना भाइरस बाँधिएपछि कोषिकाभित्र प्रवेश पाउँछ। एस(२ रिसेप्टर धेरै पाइने अंगहरूमा श्वासप्रश्वास, पाचन, हृदय, स्नायु, मूत्र प्रणाली पर्दछन्। संक्रमणबाट मृत्यु हुने कारण पनि यिनै अंगले काम नगरेर हुने गरेको देखिन्छ।

पुरुषहरूमा एस(२ को मात्रा महिलाको तुलनामा बढी हुन्छ। त्यसैले होला कोरोनाको संक्रमणबाट महिलाभन्दा पुरुषको बढी मृत्यु भएको। महिलाहरूमा भएको कम मृत्युदरको अर्काे जिम्मेवार कारण लैंगिक हार्मोनहरू एस्ट्रोजेन, प्रोजेस्टेरोन र एन्ड्रोजेन हुन सक्दछन्।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies