Khabar Dabali Logo
  September 24, Thu

भारतले भन्यो– गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको विषयमा शंका छैन

काठमाडौं । आफ्ना विदेशमन्त्री एस. जयशंकरले गौतम बुद्धलाई महान् भारतीय भन्दै दिएको अभिव्यक्ति भारतले सच्याएको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ – भारतीय विदेश मन्त्रालयले आइतबार साँझ जारी गरेको प्रेसनोटमा बुद्धको जन्म नेपालको लुम्बिनीमा भएकोमा कुनै शंका नरहेको स्पष्ट पारेको छ ।

भारतीय विदेशमन्त्री जयशंकरले शनिबार दिल्लीमा भारतीय उद्योग परिसंघ (सिआइआई) द्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा गौतम बुद्धलाई महात्मा गान्धीसँग जोडेर महान् भारतीय भनेका थिए ।

नेपालको परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री नरेन्द्र मोदीको ६ वर्षअघि गौतम बुद्धको जन्म नेपालमा भएको अभिव्यक्ति स्मरण गराउँदै प्रेसनोट जारी गरेलगत्तै भारतले विदेशमन्त्रीको भनाइ बुद्ध दुई देशका साझा सम्पदा भएको अर्थमा आएको प्रस्टीकरण दिएको छ ।

भारतीय विदेश मन्त्रालयले प्रस्टीकरण दिँदै भनेको छ, ‘सिआइआईको कार्यक्रममा विदेशमन्त्रीको अभिव्यक्ति हाम्रा साझा बौद्ध सम्पदाको सन्दर्भमा आएको हो । गौतम बुद्ध नेपालमा रहेको लुम्बिनीमा जन्मेका हुन् भन्नेमा कुनै शंका छैन ।’ तर, जयशंकरले बौद्ध सम्पदा साझा भनेका थिएनन् । उनले ‘गौतम बुद्ध र महात्मा गान्धी भारतीयहरूले मात्र नभएर विश्वले नै मान्ने दुई महान् भारतीय हुन्’ भनेका थिए ।

जयशंकरको अभिव्यक्तिप्रति सत्तारुढ नेकपा र प्रतिपक्षी कांग्रेसका शीर्ष नेता तथा कूटनीतिक समुदायले चर्को विरोध गरेपछि परराष्ट्रले ध्यानाकर्षण गराएको थियो ।

‘२०७१ सालमा नेपाल भ्रमणका क्रममा संसद्मा सम्बोधनका क्रममा भारतका प्रधानमन्त्री महामहिम श्री नरेन्द्र मोदी आफैले भन्नुभएको थियो कि नेपाल एक यस्तो देश हो जहाँ विश्वमा शान्तिका प्रतीक बुद्धको जन्म भएको थियो,’ परराष्ट्र मन्त्रालयद्वारा जारी प्रेस नोटमा छ ।

भारतका विदेशमन्त्रीद्वारा गौतम बुद्धका सम्बन्धमा दिइएको अभिव्यक्तिबारे सञ्चारमाध्यमहरूद्वारा सोधिएको प्रश्नमा’ भन्दै परराष्ट्रले आइतबार अपराह्न प्रेस नोट जारी गरेको थियो ।

प्रेसनोटमा छ, ‘गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मेको विषय ऐतिहासिक तथा पुरातात्विक तथ्यहरूले प्रमाणित गरेको एक स्थापित र निर्विवाद तथ्य हो । बुद्धको जन्मस्थान र बौद्धधर्मको जग लुम्बिनी युनेस्कोको विश्व सम्पदा सूचीमा रहेका स्थानहरूमध्येको एक हो ।’

नेपालले बौद्ध धर्म नेपालपछि विश्वका विभिन्न भागमा फैलिएको सत्यतर्फ पनि ध्यानाकर्षण गरेको छ, ‘यो विषय कुनै विवाद वा शंकाभन्दा बाहिर छ र यो बहसको विषय पनि हुन सक्दैन । सम्पूर्ण अन्तर्राष्ट्रि«य समुदाय यसबारे जानकार छ ।’

जयशंकरले दिएको अभिव्यक्तिप्रति पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, पूर्व परराष्ट्रसचिव मधुरमण आचार्यलगायतले विरोध गरेका थिए ।

साउन २६ गते, २०७७ - ०६:४४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सामुदायिक विद्यालयका शिक्षक घर दैलोमा पठाइँदै

काठमाडौं । सरकारले वैकल्पिक विधिको पठनपाठन प्रक्रियामा आबद्ध हुन नसकेका विद्यार्थीको सिकाइ सुनिश्चित...   

मानवीय सेवामा खटिने नर्समाथि निजी अस्पतालको अमानवीय अत्याचार : पढाइमा १० लाख खर्च, पारिश्रमिक १० हजार

काठमाडौं। महामारीबीच अग्रपंक्तिमा रहेर काम गर्ने नर्सहरूमाथि निजी अस्पतालले चर्को श्रम शोषण गरेका...   
प्रदेश सांसदकै संलग्नतामा सिसौका रूख काटिए

प्रदेश सांसदकै संलग्नतामा सिसौका रूख काटिए

झापा। प्रदेश–१ का सांसद बिर्ख प्रधानको संलग्नतामा झापाको अर्जुनधारा नगरपालिका– ११ स्थित सुखानी सहिद...   

वामदेवको राष्ट्रिय सभा प्रवेश संवैधानिक विवादमा

तत्कालका लागि मन्त्री बन्ने बाटो रोकियो, संवैधानिक इजलासबाट टुंग्याइने काठमाडौं । पार्टीभित्र ठूलो...   

अझै बाढी-पहिरोको जोखिम, अहिलेसम्म कुन जिल्लामा कति धनजनको क्षति ?

काठमाडौं । मनसुन पुनः सक्रिय भएसँगै मुलुकका विभिन्न स्थानमा गएको बाढी पहिरो र डुबानजन्य विपद्का कारण...   

डब्लुएचओको ग्लोबल भ्याक्सिन योजनाबाट पछि हट्यो चीन

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को कोभिड भ्याक्सिन विश्वस्तरमा वितरण गर्ने योजनाबाट चीन...   

कांग्रेस महाधिवेशन : गुटमा नै फुट, पार्टी नेतृत्वका लागि १० आकांक्षी

काठमाडौं । नेपाली कांग्रेसभित्र आगामी १४औं महाधिवेशनमा पार्टी नेतृत्वका लागि १० जना आकांक्षी देखिएका...   

माधव, झलनाथलाई प्रचण्डको ब्रिफिङ : मूर्खदेखि दैव डराउँछ भनेजस्तो अवस्थामा पुगेँ

काठमाडौं । बितेको ४–५ महिनाभित्रै नेपालको राजनीतिमा ‘ना रहे बाँस, ना बजे बाँसुरी’ भनेजस्तो रणनीति...   
लाप्चाबाट फर्कियो सीमास्तम्भ खोज्न गएको टोली

लाप्चाबाट फर्कियो सीमास्तम्भ खोज्न गएको टोली

चिनियाँ पक्षसँग भएन वार्ता, ११ नम्बर स्तम्भ हराउँदा सीमारेखा अस्पष्ट हुम्ला । नेपाल–चीन सीमा छुट्याउने...   

वामदेवले प्रधानमन्त्रीलाई भने, ‘मलाई मन्त्री नबनाए पनि केही बात छैन’

काठमाडौं । सत्तारुढ दलभित्र उत्पन्न विग्रह व्यवस्थापनले मूर्तता पाउने सम्भावना त छ । ‘समयले मानिसलाई...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top