Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा थप एक साताका लागि निषेधाज्ञा

जनकपुर । कोरोना सङ्क्रमितको सङ्ख्या दिनप्रतिदिन बढ्दै गइरहेको अवस्थालाई दृष्टिगत गर्दै जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा एक साताका लागि निषेधाज्ञा थप गरिएको छ ।

यसअघि जिल्ला प्रशासन कार्यालय धनुषाद्वारा जारी एक साताका लागि जारी गरिएको निषेधाज्ञाको अवधि आजराति १२ बजेसम्म भएकामा प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको अध्यक्षतामा आज बसेको सुरक्षा समितिको बैठकले जोखिमलाई न्यूनीकरण गर्न निषेधाज्ञाको अवधि थप गर्ने निर्णय गरेको हो ।

सुरक्षा समितिको निर्णयअनुसार पूर्वमा कपिलेश्वर बसपार्क, उत्तरमा क्षीरेश्वरनाथ नगरपालिकाको जनकपुर–ढल्केबर सडक खण्डमा पर्ने औरही खोलाको पुल पश्चिममा कुर्था र बसबिट्टी जाने बाटो, दक्षिणमा बनौली मोड, बसहिया सडकको सोनामति मन्दिर र प्रदेशसभा जाने मोडसम्म साउन ३२ गतेराति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी भट्टराईले सो अवधिमा अत्यावश्यक सेवाअन्तर्गत बैंक तथा वित्तीय संस्थाले बिहान ८ बजेदेखि १२ बजेसम्म निजी क्षेत्रको र दिउँसो २ बजेदेखि ५ बजेसम्म सरकारी क्षेत्रको कारोवार मात्र गर्ने एवं सामाजिक सुरक्षाभत्तासम्बन्धी कार्य शुक्रबार एक दिन मात्र गर्ने निर्णय गरिएको बताए।

त्यस्तै भूमिसुधार तथा मालपोत कार्यालय र नापी कार्यालयको सेवा प्रवाह स्थानीय तहलाई आलोपालो गरी सेवा प्रदान गर्न सम्बन्धित कार्यालयले व्यवस्थापन गरी सोको जानकारी सार्वजनिक गर्ने निर्णय पनि गरिएको छ । सो अवधिका शान्तिसुरक्षा तथा सुव्यवस्था, स्वास्थ्य, औषधि, दूध, खाद्य वस्तु, विद्युत्, दमकल, इन्धन, सरसफाइ, सञ्चार, भन्सार, क्वारेन्टिनजस्ता अत्यावश्यक सेवाबाहेक सम्पूर्ण पसल, उद्योग बन्द रहने जनाइएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies