Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

पौने अर्ब खर्च, सधैं पहिरो झर्छ

पाल्पा । पत्रे चट्टान रहेको सिद्धबाबा क्षेत्रको सडकमा पहिरो गइरहन्छ । त्यसको रोकथाम गर्न संघीय सरकारको बजेटमा कार्यक्रम पर्न थालेको पनि तीन वर्ष भयो ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - सिद्धार्थ राजमार्गमा पर्ने यो खण्ड मर्मत गर्न हरेक वर्ष ५ करोडदेखि ८ करोडसम्म बजेट खर्च भएको छ । १० वर्ष अवधिमा करिब पौने अर्ब बजेट सकियो तर सडक फेरिएको छैन ।

हिउँद र वर्षा दुवै याममा यात्रुले भगवान् भरोसामा यात्रा गर्नुपर्ने बाध्यता रहेको तानसेन–३ का राजेन्द्रगोपाल सिंहले बताए । तिनाउँ गाउँपालिका–३ सिद्धबाबा क्षेत्र प्रमुख समस्याग्रस्त रहे पनि हाल आएर झुम्साको पानी मिल, कालीमाटी र तानसेनको गौडेपुल क्षेत्र सबैभन्दा जोखिमका क्षेत्र बन्दै गएका छन् ।

यो राजमार्गमा पाँच वर्ष अवधिमा डिभिजन सडक कार्यालयबाट २० करोड रुपैयाँ खर्च भएको देखिन्छ । ८० प्रतिशत रकम सिद्धबाबा क्षेत्रको सडक सुधारमा खर्च भए पनि सडकको अवस्था दिनहुँ जटिल बन्दै गएको छ ।

कार्यालयका सूचना अधिकारी शिव खत्रीले यो वर्ष राजमार्गअन्तर्गत पाल्पा–बुटवल खण्डमा ७ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको बताए। उनका अनुसार यो रकमबाट भासिएको सडक मर्मत गरिनेछ । स्तरोन्नति गरिनेछ । दोहोरो सवारी साधन चलाउन मिल्ने बनाइने छ ।

पाल्पा, गुल्मी, स्याङ्जाको तराईसँग जोडिने प्रमुख सडक सिद्धार्थ राजमार्गको यो खण्ड सधैं जोखिममा छ । ३९ किलोमिटर सडक पार गर्न सार्वजनिक सवारी साधनमा दुई घण्टा लाग्छ । सडकका अधिकांश भाग भत्किएका छन् । सडक दायाँ बायाँ अतिक्रमणमा परेको छ ।

यो सडकको वैकल्पिक मार्ग बनाउन कैयौं गोष्ठी भए । गत वर्ष सुरुङमार्ग बनाउने योजना बन्यो । चालू वर्षका लागि बजेट विनियोजन भएको छ । प्रदेश सरकारले सुरुङ नभई चट्टान काटेर ढुंगा बेच्ने योजना बनाएको छ ।

सिद्धबाबा क्षेत्रको वैकल्पिक सडकका रूपमा दोभान–नुवाकोट–बेलवास सडकलाई अघि सारिएको छ । यो सडक पनि अलपत्र छ । २ पक्की पुल निर्माण पूरा भए पनि सडक बनेकै छैन । अर्काे विकल्पका रूपमा झुम्सा–चरंगे–देववह सडकको ट्रयाक मात्र खोलिएको छ । दुवै वैकल्पिक सडक प्रदेश सरकारको मातहतमा भए पनि समयमा काम हुन सकेको छैन ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies