Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

भारतमा दक्षिणपन्थी मोदीले अपनाएको बाटो पछ्याउँदै नेपालमा वामपन्थी ओली

काठमाडौं । प्रधानमन्त्रीले केपी ओलीले चितवन माडीको अयोध्यापुरीमा राम मन्दिर बनाउन स्थानीय जनप्रतिनिधिलाई निर्देशन दिएका छन् । राम मन्दिरका लागि बजेटको कुनै कमी हुन नदिने भन्दै प्रधानमन्त्रीले चेपाङका घरको विषयमा भने अध्ययनपछि मात्र भन्न सकिने बताएका छन् ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - चितवन राष्ट्रिय निकुञ्ज र सेनाको टोलीले माडी–९ कुसुमखोलामा चेपाङका घरमा हात्ती लगाएर भत्काएको विषयमा माडी नगरपालिकाले संघीय सरकारसँग आपत्ति जनाइरहेको थियो । माडी नगरपालिका प्रवक्तासमेत रहेका वडा नम्बर ९ का अध्यक्ष शिवहरि सुवेदीसँग शुक्रबार टेलिफोनमा संवाद गर्दै प्रधानमन्त्रीले तुरुन्तै काठमाडौं आउन भनेका थिए ।

प्रधानमन्त्रीको आमन्त्रणपछि मेयर ठाकुरप्रसाद ढकालको नेतृत्वमा एउटा टोली शनिबार बालुवाटार पुगेको थियो । टोलीमा उपमेयर ताराकुमारीकाजी महतो, अयोध्या खोज अनुसन्धान तथा व्यवस्थापन समिति माडीका संयोजक नारदमणि पौडेल, नेकपा माडी नगर कमिटीका अध्यक्ष प्रभुप्रसाद महतो, माडी नगरपालिका प्रवक्ता एवं वडाध्यक्ष सुवेदी, अयोध्या खोज अनुसन्धान तथा व्यवस्थापन समितिका सदस्य साध्यबहादुर भण्डारीलगायतका थिए ।

दुई घन्टाको छलफलमा प्रधानमन्त्री ओलीले रामको जन्मस्थान माडीको अयोध्यापुरी नै रहेको दाबी गर्दै मन्दिर बनाउन निर्देशन दिएका थिए । उनले माडी नगरपालिकाको नाम फेरेर अयोध्यापुरी राख्ने तयारी गर्न पनि सुझाब दिएका थिए ।

‘रामजन्म माडीको अयोध्यापुरीमा नै भएको हो भन्ने विषयमा प्रधानमन्त्रीलाई धेरै नै जानकारी रहेछ । त्यसैले अयोध्यापुरीलाई राम जन्मभूमिको रूपमा विकास गर्न निर्देशन दिनुभएको छ, बजेटको कुनै कमी हुँदैन भनेर विश्वास पनि दिनुभएको छ,’ नगरपालिकाका प्रवक्ता सुवेदीले भने, ‘सकेसम्म सहमति जुटाएर माडी नगरपालिकाको नाम नै परिवर्तन गर्न भन्नुभएको छ, अयोध्यापुरी नगरपालिका नाम भए माडीको विकासमा अझ सहज हुनेछ भन्नु भएको छ ।’

प्रधानमन्त्रीले आउँदो रामनवमीमा नै उद्घाटन गर्न मिल्ने गरी केही भौतिक काम गर्न पनि निर्देशन दिएका छन् । ‘राम जन्मभूमिको क्षेत्र छुट्याएर रामका मूर्तिहरू राख्ने हो कि अथवा अरू के गर्ने हो, त्यो तपाईंहरू नै गर्नुस्, तर सकेसम्म आगामी रामनवमीसम्म देखिने गरी केही काम गर्नुस्, केन्द्रबाट आवश्यक सबै सहयोग हुन्छ भन्नुएको छ,’ सुुवेदीले भने ।

माडीका जनप्रतिनिधिले भने राष्ट्रिय निकुञ्जले दुई साताअघि घर भत्काइदिएपछि बिचल्लीमा परेका चेपाङको समस्या पनि उठाएका थिए । ‘प्रधानमन्त्रीले आउँदो दशैंमा कम्तीमा पनि रामको जन्मभूमिको झल्को हुने गरी मूर्ति अनावरण गर्ने, राम–लक्ष्मण वा सीताको प्रतिमा बनाउने र कुनै मेला, महोत्सव वा जात्रा आयोजना गर्न भन्नुभएको छ ।

तर, हामीले त्योभन्दा पहिले मध्यबर्खामा घरवारविहीन चेपाङको वास के गर्ने हो भनेर सोध्यौं,’ मेयर भने, ‘राम मन्दिर बनाउँदै गर्दा चेपाङका झुप्रा पनि उठ्नुपर्छ, जनताको भलो गर्ने कम्युनिस्ट पार्टीको सरकार भएका वेला गरिबका घर भत्काउने र मन्दिर मात्र बनाउने हो भने अत्याचार हुन्छ भन्ने मत हामीले राख्यौँ ।’

चेपाङको वासको विषयमा भने वन मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र रक्षा मन्त्रालयसहित बसेर समाधान गरिने आवश्वासन पाएको मेयर ढकालले बताए । ‘वन मन्त्रालयले अध्ययन गरिसकेको छ, मन्त्रिपरिषद् कार्यालयको टोलीले अध्ययन गरिरहेको छ ।

यो विषयमा प्रतिवेदन आएपछि छलफल गरेर समाधान गरौँला भन्ने आश्वासन पाएका छौँ,’ उनले भने । टोलीले निकुञ्जले वरिपरिका बासिन्दालाई सताउने गरेको विषयमा पनि पनि गुनासो राखेको थियो । ३ साउनमा हात्तीसहित गएको निकुञ्जको टोलीले माडी–९ को कुसुमखोलाको दुई घरमा आगो लगाउनुका साथै आठ घर भत्काई दिएको थियो ।

यसअघि भानु जयन्तीको दिन बालुवाटारमै आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले रामको वास्तविक जन्मभूमि चितवनको ठोरी भएको दाबी गरेका थिए । ‘हामी अलिकति सांस्कृतिक हिसाबले थिचिएका छौँ, मिचिएका छौँ, तथ्यहरूमा अतिक्रमण भएको छ ।

हामी अहिले पनि ठानिरहेका छौँ, हामीले भारतका राजकुमार रामलाई सीता दियौँ । तर, भारतलाई होइन, अयोध्यालाई दियौँ । अयोध्या भनेको वीरगन्जभन्दा अलिकति पश्चिमपट्टिको गाउँ हो ।’

प्रधानमन्त्री ओलीको अभिव्यक्ति आएको अर्को दिन परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्ति राजनीतिक विषयसँग सम्बन्धित नभएको र कसैको भावनामा ठेस पुर्‍याउने आशयमा व्यक्त नभएको स्पष्ट पारेको थियो । विज्ञप्तिमा भनिएको थियो, ‘प्रधानमन्त्रीको टिप्पणी कुनै राजनीतिक विषयसँग जोडिएको छैन र कसैको भावना र संवेदनालाई चोट पुर्‍याउने आशय राखिएको थिएन ।’

प्रधानमन्त्री ओलीको अभिव्यक्ति विवादास्पद भएको भन्दै सत्तारुढ दल नेकपाकै कतिपय नेताहरूले विरोध गरेका थिए । प्रधानमन्त्रीको तहबाटै आएको त्यस्तो अभिव्यक्तिले भारतले मिचेको नेपाली भूमि फिर्ता गर्ने अहिलेको मूल एजेन्डालाई विषयान्तर गराएको र दुई देशको कूटनीतिक सम्बन्धमा असर पर्ने भन्दै नेकपाकै नेताहरूले विरोध गरेका थिए ।

नेकपाका उपाध्यक्ष वामदेव गौतमले फेसबुक पेजमार्फत रामको जन्मभूमि अयोध्या नेपालमा पर्ने प्रधानमन्त्रीको मन्तव्यले अन्तर्राष्ट्रिय विवाद उत्पन्न गरेको भन्दै फिर्ता लिएर आत्मालोचना गर्नुपर्ने बताएका थिए । त्यस्तै, प्रमुख विपक्षी कांग्रेसले पनि प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गरेको छ ।

नरेन्द्र मोदीको शैली

माडीको टोलीलाई प्रधानमन्त्री ओलीले दिएको निर्देशनले सामाजिक सञ्जालमा बहस सिर्जना गरेको छ । ‘कोभिड महामारीले जनता त्रसित छन्, अस्पतालमा बेडको अभाव हुन थालेको छ, आवश्यक मात्रामा जनताको पिसिआर टेस्ट भएको छैन, क्वारेन्टाइनमा जीवनजलसमेत नपाएर झाडापखाला लागेका युवाको मृत्यु भएको छ ।

पाखामा पालमुनि वास बसिरहेका बाढी–पहिरोपीडितले सरकारबाट राहत पाएका छैनन्,’ सञ्जालको आवाज छ, ‘यही वेला गरिब चेपाङको घर हात्ती लगाएर भत्काउने र आगो लगाएर जलाउने काम भएको छ, प्रधानमन्त्री भने शीघ्रातिशीघ्र राम मन्दिर निर्माणको अभियानमा लागेका छन् ।’

यो मानव मूल्यलाई अवमूल्यन गर्ने ओलीको राजनीति दुनियाँका लागि नौलो भने होइन । भारतमा नरेन्द्र मोदी नेतृत्वको दक्षिणपन्थी अतिवादी भाजपाले शिक्षा र आधारभूत स्वास्थ्य सेवा नपाएका गरिब जनता, कुपोषणले ग्रसित बालबालिका र बेरोजगारीले सताइएका युवाको ध्यान भंग गर्न मन्दिर–मस्जिदको राजनीति गरिरहेको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies