Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

२७ जिल्लामा अद्यावधिक नक्सा पुग्न बाँकी

काठमाडौं । सरकारले गत ५ जेठमा अद्यावधिक नक्सा जारी गरेपछि नापी विभागले ४० हजार नयाँ नक्सा वितरण गरे पनि दुुर्गम जिल्लामा नक्सा पुुग्न सकेका छैनन् ।

आजको गोरखापत्र दैनिकमा खबर छ - विभागले ६० हजार नयाँ नक्सा छपाइ गरेको र त्यसमध्ये ४० हजार नयाँ नक्सा वितरण गरिसकेको हो । हालसम्म विभागले ५० वटा जिल्लामा नयाँ नक्सा पुर्‍याइसकेको छ भने बाँकी २७ जिल्लामा अझै नक्सा पुुग्न सकेका छैनन् । 

दुर्गम जिल्लामा भने कोरोना भाइरस र यातायातको असुविधाका कारण पुर्‍याउने क्रममा रहेको जनाइएको छ । विभागले हालसम्म सङ्घीय सरकारका सबै मन्त्रालय, सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सातवटै प्रदेश सरकारका मन्त्रालय, विभाग, ७५३ वटै स्थानीय तहको कार्यालयमा नयाँ नक्सा पुर्‍याइएको जनाएको छ ।

त्यसैगरी सबै संवैधानिक निकाय, न्यायालय, त्रिभुवन विश्वविद्यालय, बैङ्क, सुरक्षा निकायमा नयाँ नक्सा पुर्‍याइएको छ । विभागले कतिपय कार्यालयमा विभागका आफ्नै कर्मचारी पुगेर नक्सा वितरण गरेका छन् भने अधिकांश कार्यालयमा भने जिल्लास्थित नापी कार्यालय मार्फत र स्थानीय तह र तिनका वडामा सम्बन्धित प्रदेश सरकार मार्फत नयाँ नक्सा पुर्‍याइएको जनाएको छ ।

जिल्लास्थित नापी कार्यालय र स्थानीय तह मार्फत वडा कार्यालयमा नयाँ नक्सा पुर्‍याउन आग्रह गरिएकाले कतैकतै कार्यालयमा भने नयाँ नक्सा पुग्न बाँकी रहेको हुन सक्ने विभागका सूचना अधिकारी एवं निर्देशक दामोदर ढकालले जानकारी दिए ।

सरकारले गत ५ जेठमा लिम्पियाधुरा, कालापानी र लिपुलेकसहित समेटिएको नयाँ नक्सा स्वीकृत गरेको हो । त्यसको दुुई दिनपछि जेठ ७ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नयाँ नक्सा सार्वजनिक गरेकी थिइन् ।

भारतले लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरी बनाएको सडक उद्घाटन गरेपछि नेपालले नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गरेको थियो । 

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies