Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

सरकार र ‘इनफ इज इनफ’ बीच फेरि सम्झौताको तयारी

काठमाडौं । आर्थिक पारदर्शिताबाहेक अन्य विषयमा सहमति, आज हस्ताक्षरको सम्भावना सरकार र ‘इनफ इज इनफ’ अभियानबीच सहमतिको मस्यौदा तयार भएको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - आइतबार बिहान मन्त्रालयका प्रतिनिधि र ‘इनफ इज इनफ’ अभियानबीच समझदारीपत्रमा हस्ताक्षर हुने अभियन्ता आलोक सुवेदीले बताए । सरकार र अभियानबीच सहमतिमा हस्ताक्षर भए कोभिड–१९ को सबल व्यवस्थापनसहितका माग राखेर २३ दिनदेखि आमरण अनशनमा बसेका अभियन्ता ईःले पनि अनशन तोड्ने छन् ।

‘सहमतिको मस्यौदा तयार भएको छ । हाम्रा १५ बुँदे माग समावेश गरेर १२ बुँदे बनाइएको छ,’ अभियन्ता सुवेदीले भने, ‘हस्ताक्षर हुन वाँकी छ । नाटकीय घटनाक्रम केही भएन भने आइतबार मन्त्रालयका प्रतिनिधि र अभियानबीच हस्ताक्षर हुनेछ ।’ मन्त्रालयका प्रतिनिधि र अभियानबीच बुधबारदेखि लगातार छलफलपछि सहमति जुटेको हो ।

‘इनफ इज इनफ’ ले राखेका आर्थिक पारदर्शिताबाहेकका अन्य मागप्रति मन्त्रालय सकारात्मक देखिएको सुवेदीले बताए । ‘आर्थिक पारदर्शिताको विषय स्वास्थ्य मन्त्रालयको मातहतमा नपरेको हुँदा अन्य मन्त्रालयलाई पत्राचार गरेर जानकारी दिने सहमति भएको छ,’ उनले भने । कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारमा भएको खर्चको पारदर्शितामाथि प्रश्न उठेका छन् ।

अभियन्ता सुवेदीका अनुसार क्वारेन्टाइन व्यवस्थापन गर्ने, जोखिम समूहमा रहेकाको पिसिआर निःशुल्क गर्ने, दक्ष जनशक्ति र उपलब्ध स्रोत–साधनलाई कोभिड–१९ व्यवस्थापनमा परिचालन गर्ने, फ्रन्टलाइनमा खटिएकाको सुरक्षामा विशेष ध्यान दिने र सचेतना कार्यक्रम फैलाउनेलगायत विषयमा सरकारसँग सहमति भएको छ ।

यसबाहेक विज्ञहरूसँगको छलफल र अन्तर्राष्ट्रिय अभ्यास हेरेर आरडिटी परीक्षण गर्ने, स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) उपलब्ध गराउने, संक्रमितको सम्पर्कमा आएकाहरूको कन्ट्र्याक ट्रेसिङ व्यापक बनाउने विषयमा मन्त्रालयसँग सहमति जुटेको अनशनरत ईःले बताए ।

शुक्रबार र शनिबार स्वास्थ्य मन्त्रालयका तर्फबाट स्वास्थ्यविज्ञ सल्लाहकार जनस्वास्थ्यविद् डा. खेम कार्की तथा अभियन्ता आलोक सुवेदी, सञ्जय अधिकारी र चिकित्सा मानवशास्त्री डा. सचिन घिमिरेबीच छलफल भएको थियो ।

त्यसअगाडि अभियानका प्रतिनिधि र स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग १६ र उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग १८ साउनमा छलफल भएको थियो । छलफलमा मन्त्रीद्वयले माग पूरा हुने भन्दै अनशन तोड्न आग्रह गरेका थिए ।

वसन्तपुर दरबार स्क्वायरमा ३ साउनमा आमरण अनशन सुरु गरेका ईःको स्वास्थ्य बिग्रिएपछि अनशनको १७ औं दिन अस्पताल भर्ना भएका थिए । तर, उनले अस्पतालमा समेत अनशनलाई निरन्तरता दिएका थिए ।

पहिलोपटक उनीसहित पुकार बम, सुविना कक्षपति र सुदन गुरुङ पाटन दरबार स्क्वायरमा अनशन बसेका थिए । १८ असारमा अनशनकारी युवालाई भेट्न अस्पताल नै पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले माग पूरा गर्ने वाचा गरेका थिए ।

अनशनको १२ औं दिन सरकार र ‘इनफ इज इनफ’ बीच १२ बुँदे सहमति भएको थियो । तर, सहमति कार्यान्वयन नभएको भन्दै ‘इनफ इज इनफ’ले अनशन र शान्तिपूर्ण आन्दोलन थालेको थियो । तर, आन्दोलनमा प्रहरीले धरपकड गर्दै आएको थियो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies