Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

यी मापदण्ड पालना गरेर बस्न सकिन्छ घरकै आइसोलेसनमा

काठमाडौँ । कोरोनाको सङ्क्रमण दिनदिनै बढ्दै गएको छ । कोरोनाको उपचारका लागि तोकिएका अस्पतालमा श्यया पाउनसमेत मुस्किल भइसकेको छ । सङ्क्रमणको मात्रा अझै कति बढ्ने हो, त्यसको कुनै ठेगान छैन । सरकारले आफ्नोतर्फबाट सकेसम्म सङ्क्रमण फैलन नपाओस् भनेर केही सावधानीका उपाय भने अपनाएको छ ।

नागरिकले नै स्वास्थ्य मापदण्ड पूरा नगर्दा तथा व्यक्तिगत दूरी कायम नराख्दा सङ्क्रमणको जोखिम बढेर गएको छ । भीडभाड नगर्न, मास्क प्रयोग गर्न तथा काम नभएका व्यक्तिलाई घर बाहिर ननिस्कन आग्रह गरिए पनि नागरिकले बढी मात्रामा हेलचेक्रयाइँ गरिरहेका छन् । यसले जोखिम बढाएको छ । सङ्क्रमणको मात्रा बढ्दै जाने, अस्पतालमा श्ययासमेत नपाउने अवस्थालाई ध्यानमा दिएर सरकारले घरमै आइसोलेसनमा बस्न चाहनेलाई केही मापदण्ड तयार पारेको छ ।

सरकारले विश्व स्वास्थ्य सङ्गठन, अन्तर्राष्ट्रिय मापदण्डका आधारमा तयार पारेको मापदण्डलाई व्यवहारिकरूपमा कार्यान्वयन गरेको खण्डमा कोरोना सङ्क्रमित भएका व्यक्ति अस्पतालमा नै जानुपर्छ भन्ने अवस्था पनि नआउन सक्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार कुनै सङ्क्रमित व्यक्ति आफू घरमै आइसोलेसनमा बस्न चाहेको खण्डमा उसले र सम्बन्धित परिवारका सदस्यले समेत पालन गर्नुपर्ने मापदण्ड तयार पारिएको हो ।

आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा गौतमले भने, “सामान्यभन्दा सामान्य सावधानी अपनाउँदासमेत सङ्क्रमति व्यक्ति छिट्टै निको हुन सक्छ, तर सरकारले तय गरेको मापदण्डलाई अक्षरशः कार्यान्वयन भने गर्नुपर्छ ।” उनका अनुसार होम–आइसोलेसनमा रहँदा सङ्क्रमितले पर्याप्त प्रकाश आउने र हावा खेल्ने छुट्टै कोठामा बस्नुपर्ने, उपचार अवधिभरि आवश्यक पर्ने सामानहरु परिवारका सदस्यसँग मगाउने, पर्याप्त मात्रामा पानी, झोलिलो र पोसिलो खानेकुरा खानु पर्नेछ ।

सङ्क्रमित व्यक्तिले प्रयोग गरेका भाँडावर्तन सुरक्षितरूपमा सफा गरेर राम्रोसँग सुकेपछि मात्रै पुनः प्रयोग गर्नु पर्नेछ । यस्तै स्नान घर वा शौचालयको छुट्टै व्यवस्था मिलाउनु पर्नेछ । राजधानी तथा शहरी क्षेत्रमा बस्नेहरुको एउटै स्नान घर वा शौचालय हुने तथा सामूहिक रुपमा प्रयोग गर्नुपर्ने अवस्था रहेकाले सङ्क्रमित भएका व्यक्तिले प्रयोग गरेपछि राम्रोसँग निसङ्क्रमति गरेर मात्रै अरुले प्रयोग गर्नुपर्ने छ ।

सरकारले तय गरेको मापदण्डअनुसार दाँत माझ्ने ब्रसलगायतका सामान बेसिनबाहेक अन्य स्थानमा छुट्टै राखेर प्रयोग गर्नुपर्नेछ । किनकि त्यस्ता स्थानमा सङ्क्रमण फैलने जोखिम बढी रहन्छ । यस्तै घरका ढोका, टेबललगायत धेरै व्यक्तिले चलाउने सम्भावना रहेका सामानमा समेत सङ्क्रमणको जोखिम बढी रहने गर्दछ । त्यस्ता सामान चलाउँदा वा छोइसकेपछि राम्रोसँग हात धुने वा स्यानिटाइजरको प्रयोग गर्नुपर्ने मन्त्रालयले तयार पारेको मापदण्डमा उल्लेख छ । सरकारले तय गरेको मापदण्डअनुसार भाँडा र कपडा धुँदा पञ्जा लगाएर धुने र राम्रोसँग सुकाएर मात्र प्रयोग गर्नु पर्नेछ ।

कोरोना सङ्क्रमित भएका व्यक्तिको हेरचाहमा रहने व्यक्तिले अनिवार्य मेडिकल मास्क प्रयोग गर्नु पर्नेछ । यस्तै दीर्घरोगी, ६० वर्षमाथिका ज्येष्ठ नागरिक, सुत्केरी तथा बालबालिका सङ्क्रमणको बढी जोखिममा रहन्छन् । उनीहरुलाई सङ्क्रमित व्यक्तिभन्दा टाढा राख्नुपर्ने विषयलाई मापदण्डले समेटेको छ । सङ्क्रमित व्यक्तिको दैनिक तीनपटक ज्वरो जाँच गरी रेकर्ड राख्नुपर्नेछ । रेकर्ड गरिएको ज्वरोको जानकारी भने सम्बन्धित स्वास्थ्यकर्मीलाई गराउनुपर्ने प्रवक्ता डा गौतमले उल्लेख गरे ।

त्यस्तै सङ्क्रमितलाई स्वास–प्रस्वासमा कठिनाइ भएमा, छाती दुखेमा, ओठ अनुहार निलो भएमा, होस हराएमा तथा अन्य कुनै जटिल अवस्था देखिएमा तत्काल स्वास्थ्यकर्मीलाई जानकारी गराउनुपर्ने प्रवक्ता डा गौमतको भनाइ छ । मन्त्रालयले सङ्क्रमितलाई मात्रै नभई स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीले समेत पालन गर्नुपर्ने केही मापदण्ड तय गरेको छ । स्वास्थ्यकर्मीले हरेक दिन कम्तीमा दुईपटक सङ्क्रमितको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिने र आवश्यक परामर्श गर्नु पर्नेछ ।

हरेक स्थानीय तहले ५० सङ्क्रमितका लागि एक स्वास्थ्यकर्मीको व्यवस्था गर्नैपर्ने अनिवार्य व्यवस्था गरेको छ । स्वास्थ्यकर्मीले एक बिरामी हेरेवापत दिनको रु २०० का दरले पारिश्रमिक पाउने व्यवस्था गरिएको छ । ती मापदण्डलाई पूर्णरूपमा पालना गरिएको अवस्थामा सङ्क्रमितलाई घरैमा सुरक्षितरूपमा उपचार गर्न सकिने र कोरोनाको नियन्त्रण गर्न सकिने सरकारको विश्वास छ । जटिल स्वास्थ्य समस्या देखिएको खण्डमा भने नजिकको अस्पतालमा लैजान सकिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies