Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

भारतमा विमान दुर्घटनामा परी १८ जनाको मृत्यु, कैयौँ यात्रु घाइते

कोझिकोड । भारतमा भएको विमान दुर्घटनामा परी मृत्यु भएकाहरुको संख्या १८ पुगेको छ । सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार दुर्घटनामा परेर अरु कैयौँ यात्रु घाइते पनि भएका छन् ।

एयर इन्डिया एक्सप्रेसको जहाज विमानस्थलमै दुर्घटनामा परेको मलापुरम जिल्लाका जिल्ला अधिकारी के गोपाल कृष्णले बताए ।शुरुमा १७ जनाको मृत्युको खबर आएपनि घाइते मध्ये थप एक जनाको मृत्यु भएपछि कुल मृतकको संख्या १८ पुगेको हो ।

मृतक मध्ये एक जना बाहेक अन्य सवैको शव चिन्न नसकिनेगरी जलेर नष्ट भएको पनि घटनास्थलमा पुगेकाहरुले जनाएका छन् । स्थानीय अधिकारीहरूका अनुसार सबै मृतकको सनाखत भइसकेको छ ।

घटनामा परी विमान चालक दीपक साथे र उहाँका सह चालक अखिलेश कुमारको पनि मृत्यु भएको छ । विमानमा चालक दलका छ सदस्य र १८४ यात्रुहरू थिए । घाइतेहरूलाई उपचारका लागि क्यालिकट तथा मलापुरममा रहेका अस्पतालहरूमा पुर्याइएको छ । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार घाइतेहरु मध्ये १५ जनाको अवस्था गम्भीर रहेको छ ।

कोरोनाभाइरसको महामारी फैलिएपछि संयुक्त अरब इमिरेट्स ९यूएई०मा अलपत्र परेका भारतीय नागरिकहरू स्वदेश ल्याउदै गरेको विमान दुर्घटनामा परेको हो । युएइको दुवईबाट शुक्रबार राती भारत आउदै गरेको विमान अवतरण गर्ने बेलामा अत्यधिक बर्षाका कारण धावनमार्ग चिप्लो भएकाले धावनमार्गमा चिप्लीएर दुर्घटना भएको प्रारम्भीक विवरण छ ।

वर्षाका कारण विमानचालकहरूले अवतरण गर्ने पहिलो प्रयास स्थगित गरेका थिए भने दोस्रो पटक अवतरण गर्ने प्रयास गर्दा दुर्घटना भएको हो । दुर्घटना स्थानीय समयानुसार शुक्रबार बेलुका ७।४० मा भएको हो ।

सरकारी अधिकारीहरुले ठूलो वर्षा भइरहेका बेला विमान धावनमार्गमा ठोक्किएको र त्यसपछि ३५ फिट भिरालो ठाउँमा गुडेर दुई टुक्रा जनाएका छन् । दर्दनाक दुर्घटना भएको थाहा पाउने वित्तिकै प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै दुर्घटनामा प्रियजन गुमाउनेका परिवारप्रति समवेदना व्यक्त गरेको छ ।

भारतका नागरिक उड्डयनमन्त्री हरदीप सिंह पुरीले पनि सामाजिक सञ्जाल ट्वीटरमार्फत् भारतको विमान दुर्घटनासम्बन्धी अनुसन्धान गर्ने निकाय एएआईबीले छानविन गर्ने जानकारी दिएको छन् ।

भारतमा बर्षायाममा धेरै विमान दुर्घटनामा पर्ने र सयौँको मृत्यु हुने गरेको सरकारी अधिकारीहरुले जनाएका छन् ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies