Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

स्वास्थ्यकर्मी कोरोना सङ्क्रमित, सप्तरीको सरकारी र निजी अस्पताल बन्द

सप्तरी । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल र छिन्नमस्ता अस्पताल आजदेखि बन्द भएको छ । गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्षका चार जना अहेब र छिन्नमस्ता अस्पतालको शल्यक्रिया कक्षमा कार्यरत सल्यक्रिया सहायकमा आज कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताल बन्द भएको हो ।

अस्पताल निसङ्क्रमण गर्नुपरेको र ठूलो सङ्ख्यामा अन्य स्वास्थ्यकर्मीलाई होम क्वारेन्टिनमा राख्नु परेकाले आकस्मिक कक्ष, ‘सर्जरी’ र ‘ओपिडी’ सेवासमेत बन्द गरिएको गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर रणजितकुमार झाले बताए। आकस्मिक कक्षमा तीन जना अहेव यसअघि नै सङ्क्रमित भएर आइसोलेशनमा छन् भने सरसफाइ कर्मचारी र अस्पतालकै पोषण गृहमा कार्यरत नर्स दुई दिनअघि मात्र निको भई घरमा आराम गरिरहेका छन् ।

आकस्मिक कक्षका सात जना अहेब आइसोलेशनमा भएको र शङ्कास्पद तीन चिकित्सकसहित २७ जना स्वास्थ्यकर्मी, कर्मचारी होम क्वारेन्टिनमा बस्नु परेकाले आकस्मिकका साथै ‘सर्जरी’ र ‘ओपिडी’ सेवासमेत बन्द गर्नुपरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर झाले बताउनुभयो । आकस्मिक कक्ष निसङ्क्रमण गर्न पूरा दिन लाग्ने भएकाले आवतजावत बन्द गरी दिनभरि सेवा ठप्प हुने भएको छ ।

सामान्य हुँदै गएका आकस्मिक कक्षमा उपचाररत बिरामीलाई होम क्वारेन्टिनमा बस्न घर पठाइएको र निगरानीमा राख्नुपर्ने सर्पदंश, विष सेवनसहितका पाँच÷छ जना बिरामीलाई बरण्डामा छुट्टै राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ । आकस्मिक कक्षमा उपचाररत राजविराज नगरपालिका–६ का ५५ वर्षीया एक बिरामीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्यकर्मीको पिसिआर परीक्षण गरिएको थियो । जसमा चार जना अहेबमा आज सङ्क्रमण पुष्टि भएको हो । उनको सम्पर्कमा आएका दुई चिकित्सकसहित १४ जना होम क्वारेन्टिनमा छन् ।

त्यसअघि पिसिआर परीक्षण नगरी एक महिनाअघि मलेशियाबाट आएर घर बसेका रूपनी गाउँपालिका–५ धुरगाउँका ४५ वर्षीय पुरुषको गत मङ्गलबार मृत्यु भएपछि बुधबार गरिएको परीक्षणमा रिपोर्ट पोजिटिभ आएको थियो । उनको उपचारमा संलग्न आकस्मिक कक्षमा कार्यरत शङ्कास्पद स्वास्थ्यकर्मीको स्वाब सङ्कलन गरिएको छ । धरान लैजाँदै गर्दा बाटोमा मृत्यु भएका उनलाई धरान लैजानुअघि गनासिं अस्पतालमा दुईपटक भर्ना गरिएको एक अहेबले जानकारी दिए । सो क्रममा उपचारमा संलग्न भएका सात जना स्वास्थ्यकर्मी पनि होम क्वारेन्टिन भएको अस्पतालले जनाएको छ ।

सात जना अहेबमा सङ्क्रमण पुष्टि भएपछि र तीन चिकित्सकसहित २७ जना स्वास्थ्यकर्मी, कर्मचारीलाई होम क्वारेन्टिन गर्नु परेपछि अस्पतालका अन्य सेवासमेत प्रभावित भएको छ । राजविराजमै रहेको छिन्नमस्ता अस्पताल ९निजी० को ‘अपरेशन थेटर’मा कार्यरत सिरहा नगरपालिका–१७ का ३३ वर्षीय शल्यक्रिया सहायकमासमेत आज कोरोना सङ्क्रमण पुष्टि भएको सो अस्पतालले जनाएको छ । दुई दिनअघिबाटै नयाँ भर्ना लिन बन्द गरेको छिन्नमस्ता अस्पतालमा हाल अस्पतालका एक कैदीसहित शल्यक्रिया र प्लाष्टर गरेका तीन बिरामी उपचाररत छन् । सो अस्पतालका चिकित्सकसहित ७० जना कर्मचारीलाई होम क्वारेन्टिन गरिएकाले अस्पताल पूर्णरूपमा बन्द गरिएको प्रशासन प्रमुख राजेश झाले जानकारी दिए।

केही चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी दुवै अस्पतालमा कार्यरत छन् । दुवै अस्पतालका कर्मचारी, स्वास्थ्यकर्मीमा सङ्क्रमण देखिएपछि अस्पताल बन्द हुँदा उपचार सेवाबाट जिल्लावासी वञ्चित हुनुपरेको छ ।

गनासिं अस्पताल प्रशासनका अनुसार नयाँ बिरामी भर्ना लिन नसकिए पनि भर्ना भएका बिरामीको भने उपचार यथावत रहने छ । “निसङ्क्रमण गरेर आकस्मिक कक्ष सुरक्षित बनाएपछि सेवा सञ्चालन हुनेछ”, अस्पतालका दीपेन्द्र सिंहले भने, “अस्पतालबाट अन्यत्र सङ्क्रमण फैलिन नपाओस् भनेर सावधानी अपनाएको र निसङ्क्रमण नगरुञ्जेल सेवा बन्द गर्नुपरेको हो ।”

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies