Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

भारत र अमेरिकी विदेशमन्त्रीबीच फोन वार्ता, दुई देशबीच यस्तो सहमति

दिल्ली । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र भारतीय विदेशमन्त्री एस जयशंकरबीच बिहीबार फोनवार्ता भएको बताइएको छ । त्यस वार्ताका क्रममा उनीहरुबीच अमेरिका र भारतबीचको सम्बन्धका विविध विषयहरुमा कुराकानी भएको थियो । यी दुई देशबीचको शान्ति, समृद्धि र सुरक्षाका विषयमा कुराकानी भएको बताइएको छ ।

त्यसैगरी दुई विदेशमन्त्री बीचमा अफगानिस्तानमा शान्ति स्थापनाको विषयमा पनि कुराकानी भएको बताइएको छ । अफगानिस्तानमा अमेरिकी प्रयासमा शान्ति वार्ताको प्रयास भएको बताइएको छ ।

त्यसैगरी हाल विश्वव्यापी महामारीका रुपमा रहेको कोरोना भाइरसले अमेरिका र भारतमा धेरै नागरिक सङ्क्रमित बनाएको अवस्थामा त्यसको नियन्त्रण र रोकथामका लागि आपसमा मिलेर एक अर्कोलाई के कसरी सहयोग गर्न सकिन्छ भन्ने बारेमा पनि कुराकानी भएको बताइएको छ ।

अमेरिकी विदेशमन्त्री पोम्पेओले सो वार्तापछि भन्नुभयो– भारतका विदेशमन्त्री एस जयशंकरसँग राम्रो कुराकानी भयो, त्यसक्रममा विशेषगरी अमेरिका र भारतबीचको सम्बन्धका विषयमा कुराकानी भएको थियो ।

उहाँले अमेरिका र भारतका बीचमा अफगानिस्तानमा शान्ति स्थापनाको विषयमा एकमत रहेको पनि सो कुराकानीका क्रममा स्पष्ट गरिएको जानकारी पनि दिनुभयो । अफगानिस्तानको सरकार र त्यहाँ हिंसा जारी राखेका तालिबान सशस्त्र विद्रोहीहरुबीच गत फेब्रुअरी २९ मा शान्ति वार्ताका लागि एक सम्झौता भएको थियो ।

कतारको राजधानी दोहामा भएको भनिएको त्यस सम्झौताको नेतृत्व अमेरिकाले गरेको थियो । त्यस शान्ति सम्झौताअनुरुप अमेरिकाले पनि अफगानिस्तानबाट आफ्ना सेना फिर्ता गर्ने बताएको थियो ।

अमेरिकाले पनि आफ्ना केही सेना फिर्ता गरिसकेको छ । त्यस्तै उता तालिबानका तर्फबाट पनि उनीहरुले गरेको माग बमोजिम अफगानिस्तानको सरकारले सरकारको थुनामा रहेका तालिबानका केही लडाकूहरुलाई रिहा गरिरहेको जनाएको छ ।

वार्ताको वातावरण बनेको बताइएको छ । तर वार्ता कहिलेबाट शुरु हुने हो भन्ने बारेमा भने केही स्पष्ट भएको छैन । गत हप्ता बकर इदको समयमा तालिबानहरुले अफगानिस्तानभरी युद्ध विराम गरेको घोषणा गरेको थियो ।

तालिबानको त्यस युद्ध विरामको अमेरिका र अफगानिस्तानको सरकारले पनि स्वागत गरेका थिए । पछिल्लो समयमा तालिबान र अफगानिस्तानको सरकारका बीचमा शान्ति वार्ताका लागि वातावरण बन्दै गएको बताइएको छ । एएनआइ

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies