Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

यस्तो ल्याउँदैछ एप्पलले आइफोन १२ का नयाँ सिरिज

काठमाडौं। एप्पलले आफ्नो नयाँ न्यून मूल्यको आईफोन एसई २०२० बजारमा ल्याइसकेको छ। साथै कम्पनीले आईफोन १२ मा पनि चार विभिन्न भेरियन्टहरु यसै वर्षभित्र ल्याउने तयारी गर्दैछ। आज हामी तपाईंलाई आईफोन १२ को स्पेसिफिकेसन, फिचर, डिजाइनको बारेमा अहिले बाहिर आएका सबै कुराहरु बताउँदै छौं ।

आईफोन १२ को डिजाइन

रिपोर्टहरुका अनुसार आईफोन १२ को डिजाइन आईफोन फोरको जस्तै स्ल्याब साइडेड रहेको छ। एप्पलका विश्वसनीय एनालिस्ट मिङ ची क्वोका अनुसार आईफोन १२ को च्यासिसमा उल्लेखनीय रिडिजाइन हुनेछ। यसको डिस्प्ले वरिपरी आईफोन ११ मा जस्तै कर्भ ग्लास एज हुनेछ। २०२० को आईफोन लाइनअपमा २ वा २.५ डी ग्लास रहने मिङ ची क्वोका विभिन्न रिपोर्टमा पाइएको छ।

सप्लाई चेन रिपोर्टका अनुसार आईफोन १२ लाइनअपको साइज आईफोन ११ को भन्दा पातलो हुनेछ। यो लाइनअपको सबैभन्दा मोटो फोनको मोटाई ७.४ एमएम हुनेछ। यो ८.१ एमएमको आईफोन ११ प्रो म्याक्सभन्दा १० प्रतिशत पातलो हो। आईफोन १२ लाइनअपका फोन भनिए जस्तै पातलो हुन्छन् वा हुँदैनन् भन्ने कुरा हेर्न बाँकी छ।
आईफोन १२ को फ्रन्ट साइड हेर्दा यो आईफोन ११ जस्तै देखिन्छ। ब्लुमबर्गको रिपोर्ट अनुसार एप्पलले यसै वर्ष आफ्नो नोचको आकारलाई घटाउने संकेत दिएको छ।

२०२० मा एप्पलले आईफोन १२ लाइनअपमा चार वटा फोन ल्याउने योजना बनाएको छ। ब्लुमबर्गको रिपोर्ट अनुसार नयाँ फ्ल्याट एज डिजाइन आईफोन १२ प्रो मोडलको हाई ईण्ड फोनमा मात्र आउने अपेक्षा गरिएको छ।
युट्युव च्यालनल एमकेबीएचडीले आईफोन १२ डिजाइनको लुक्स विभिन्न तीन आकारमा देखाएको छ। एमकेबीएचडीले पनि यसको डिजाइन आईफोन फोरको जस्तै भएको बताएको छ।

डिस्प्ले

पहिलोपटक यसैवर्ष एप्पलले आफ्ना सम्पूर्ण फ्ल्यागशिप आईफोन लाइनअपमा ओएलईडी डिस्प्ले प्रविधि ल्याउनेछ। आईफोन १२ का चारवटै मोडलमा ओएलईडी स्क्रीन हुने अपेक्षा गरिएको छ। साथै एलसीडी डिस्प्ले भएको आईफोन ११ का सक्सेसर आईफोनहरुमा समेत ओएलईडी स्क्रीन नै प्रयोग गरिनेछ। यो वर्ष आईफोन १२ का विभिन्न मोडलमा फरक फरक स्क्रीन साइज हुनेछ। जसमा एउटा आईफोन १२ मोडलमा ५.४ इञ्च ओएलईडी डिस्प्ले, दुईवटा आईफोन १२ मोडलमा ६.१ इञ्चको ओएलईडी डिस्प्ले र यस्तै अर्को एउटा आईफोन १२ मा ६.७ इञ्चको ओएलईडी डिस्प्ले हुनेछ।

यो वर्ष आईफोन १२ मा सानो आकारको आईफोनदेखि सबैभन्दा ठूलो आकारको आईफोनसम्म देख्न सकिनेछ । ५।४ इञ्चको आईफोन १२ मोडलको मोटाई आईफोन एसई र आईफोन एटको बीचको रहेको छ। यस्तै यस्तै ६।१ इञ्च भर्सनको आकार आईफोन ११ प्रो र आईफोन ११ प्रो म्याक्सको बीचमा रहेको छ । त्यसैगरी ६.७ इञ्चको मोडल आईफोन ११ प्रो म्याक्सभन्दा थोरै अग्लो छ।

ओएलईडी डिस्प्ले बाहेक यो वर्ष फोनको डिस्प्लेमा १२० हर्जको उच्च रिफ्रेस रेट रहने बताइएको छ। आजसम्म आइपुग्दा आईफोनको उच्चतम रिफ्रेस रेट भनेको ६० हर्जसम्म मात्र रहेको थियो। तर एप्पल कम्पनीले २०१७ मा आफ्नो आईप्याड लाइनअपमा १२० हर्जको रिफ्रेस रेट राखेको थियो । रिफ्रेस रेटमा दुई गुणा बढेर जाँदा यसले प्रयोगकर्ताको अनुभूतिलाई पनि अझ उत्साहजनक बनाउनेछ ।

आईफोन १२ को क्यामेरा

स्क्रीन साइजको अलावा आईफोन १२ मोडललाई ठूलो फरक पार्ने कुरा भनेको यसमा प्रयोग हुने क्यामेरा प्रविधि पनि हो । यस वर्ष दुईवटा आईफोनमा डुअल लेन्स क्यामेरा सिस्टम रहनेछ र अन्य दुई आईफोनमा ट्रिपल लेन्स क्यामेरा सिस्टम ल्याउने एप्पलको योजना छ।

५.४ इञ्चको आईफोन १२ को पछाडि भागमा दुई क्यामेराहरु रहेका छन्। यसमा अल्ट्रा वाइड र वाइड एंगल लेन्सहरु छन्। लो ईण्ड ६.१ इञ्चको आईफोन १२ मा पनि यस्तै प्रकारको सेटअप हुने अपेक्षा गरिएको छ। अझ आईफोन १२ का दुईवटा हाई ईण्ड मोडलको क्यामेरा सेटअप प्रयोगकर्ताको लागि उत्साह जगाउने किसिमको छ। यसमा आईफोन ११ प्रोमा जस्तै वाइड, अल्ट्रा वाइड र टेलिफोटो गरी तीन वटा लेन्स युक्त क्यामेरा सिस्टम रहेको छ। यी दुवै आईफोन मोडलमा नयाँ टाइम अफ फ्लाइट थ्रीडी सेन्सर समेत हुने अपेक्षा गरिएको छ।

टाइम अफ फ्लाइट अर्थात टीओएफ सेन्सर इन्फ्रार्ड ट्रु डेप्थ क्यामेरा सिस्टम जस्तै हुन्छ। जुन फेस आईडीका लागि आईफोनको अगाडितिर प्रयोग गरिन्छ। ब्याक क्यामेरामा भएको टीओएफ थ्रीडी सेन्सिङ सिस्टमले हायर फिडेलिटी थ्रीडी फोटो क्याप्चर ईनेबल गर्दछ। यसले नयाँ अग्मेन्टेड रियालिटीको अवसरलाई खुल्ला गरिदिन्छ।

लेजर पावर प्रविधिका कारण ट्रु डेप्थ सिस्टमको तुलनामा टीओएफ सेन्सरले लामो दूरीमा पनि शक्तिशाली पर्फमेन्स दिन्छ। एआर क्षमतालाई सुधार गर्न आईफोन १२ प्रोमा केन्द्रीकृत लिडार स्क्यानर प्रयोग भएको छ। सफ्टवेयरको कुरा गर्दा आईफोन १२ मोडलमा आईफोन ११ मा हाल उपलब्ध सम्पूर्ण फिचरहरु राखिने अपेक्षा गरिएको छ।

जसमा डिप फ्युजन र नाइट मोड पनि रहेका छन्। एप्पलले यो वर्ष नयाँ टीओएफ प्रविधिको फाइदा लिन आफ्नो फोनमा थप इमेज प्रोसेसिङ फिचरको सफ्टवेयर राख्ने अपेक्षा गर्न सकिन्छ। यसको फ्रन्ट क्यामेराको कुरा गर्दा अहिलेसम्म धेरै कुरा बाहिर आएको छैन। तर आईफोन ११ को सुधारका लागि ठाउँ छन्। नयाँ अपडेटको बारेमा अध्ययन गरेर हामी यसबारे पनि तपाईहरुलाई जानकारी दिनेनै छौं।

पावर

आईफोन १२ लाइनअपमा एप्पलको ए सिरिजको प्रोसेसरकै अर्को स्वरुप पुनरावृत हुने अपेक्षा गरिएको छ। जसलाई यसअघि ए १४ भनिएको थियो। सप्लाई चेन रिपोर्टका अनुसार एप्पलको पार्टनर टीएसएमसीले क्यू टुमा नयाँ ५ नानोमिटर प्रोसेसर प्रयोग गरेर ए १४ प्रोसेसर उत्पादन गर्न सुरु गर्नेछ। ए १३, ७ नानोमिटर प्रोसेसरसँगै उत्पादन भएको थियो। यसकारण ए १४ अझ बढी ऊर्जा किफायती, फास्ट हुने बताइएको छ।

पर्फमेन्सको अपेक्षा

यसअघि गरिएको अनुमानका आधारमा ६ जीबी ¥याम, ए १४ प्रोसेसरले आईफोन १२ लाई १५ इञ्चको म्याकबूक प्रो जस्तै शक्तिशाली बनाउने खबरहरु सुन्नमा आएका छन् । मल्टी कोर पर्फमेन्समा फोकस भएको हुँदा गेम पर्फमेन्स ५० प्रतिशतभन्दा माथि बूस्ट हुन सक्छ। ए १४ प्रोसेसर बाहेक आईफोन १२ मा सुधारिएको फेस आईडी पर्फमेन्स रहनेछ। यो लाइनअपमा रिफ्रेस्ड फेस आईडी सिस्टम रहनेछ।

कनेक्टिभिटी

आईफोन १२ का चारैवटै मोडलमा फाइभजी कनेक्टिभिटी फिचर राखिने बताइएको छ। चारैवटा मोडलमा फाइभजीको दुवै भर्सन सब सिक्स गिगाहर्ज र एमएम वेब फाइभजीको सपोर्ट हुनेछ। विश्वका विभिन्न क्यारियरहरुले सब सिक्स गिगार्हज र एमएम वेब नेटवर्क समय तालिका अनुसार रोलआउट गरिरहेका छन्। एमएम वेब प्रविधिमा एकदमै आकर्षक गिगाबाइट जस्तै स्पीड हुन्छ। तर यसको रेञ्च भने धेरै सानो छ।

सम्पूर्ण चारैवटा मोडलले फाइभजीको दुवै भेरियन्टलाई सपोर्ट गर्ने बताइएको छ। विभिन्न किसिमको फाइजी रोलआउट भएको विश्वमा यी चार वटै आईफोनहरु उपयुक्त छन्। यो फोनमा क्वालकमको मोडेम प्रयोग हुनेछ।

आईओएस १४ प्लसमा आधारित आईफोन १२

आईओएस १४ सहित पहिलोपटक आईफोन १२ बाहिर आउँदैछ। यसैवर्ष डब्लूडब्लूडीसी २०२० मा एप्पलले आईओएस १४ लाई आधिकारिक रुपमा घोषणा गरेको हो। यसमा होम स्क्रीनमा वीजेट्स, पिक्चर ईन पिक्चर जस्ता विभिन्न नयाँ फिचरहरु आएका छन्।

आईफोन १२ एसेसरिज

एप्पल एनालिस्ट मिङ चि क्वोका अनुसार एप्पलले आफ्नो आईफोन १२ मा वायर्ड इयर पोड र परम्परागत वायर चार्जिङ हटाउनेछ । यसको पनि आफ्नै फाइदा छ। कम्पनीले यसरी वायर घटाएर प्याकेजिङ साइज घटाउँछ। यसले आईफोनको ढुवानी खर्चलाई कटौती गर्नेछ। जसबाट यो फोनमा प्रयोग भएको महंगो फाइभजी उपकरणहरुको मूल्यलाई सन्तुलित बनाउनेछ।

यस्तै इयरबड र वाल ब्रिकको कमीलाई भर्पाई गर्न एप्पलले आईफोन १२ मा हाइ ईण्ड लाइटनिङ केबल दिनेछ । यो नयाँ केबल पुरानो क्लासिक केबलभन्दा धेरै किफायती हुनेछ। यो फोनको मूल्य अहिले नै आंकलन गर्न गाह्रो छ । यसअघि एप्पले आफ्नो २०१९ को इन्ट्रीलेभलको आईफोन ११ को मूल्य घटाएर ६९९ डलर र्पुयाएको थियो । तर यो फोनमा पनि कम्पनीले यही मूल्य नीति अपनाउँछ वा अपनाउँदैन भन्ने कुरा थाहा पाउन बाँकी नै छ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies