Ntc summer Offer
Khabar Dabali ६ चैत्र २०८० मंगलवार | 19th March, 2024 Tue
NIMB

सडक कर विद्युतीय प्रणालीबाट उठाइने

काठमाडौं । सडकमै कार्यालय स्थापना गरी ढाट लगाएर सडक उपभोग दस्तुर उठाउने प्रणालीको अन्त्य हुने भएको छ ।

आजको गोरखापत्र दैनिकमा खबर छ - सेवाग्राहीको सुविधाका लागि विद्युतीय भुक्तानी प्रणालीमार्फत कर तिर्ने तयारी सुरु गरिएपछि विगत २५ वर्षदेखि ठेकेदारमार्फत सडकबाटै कर उठाउने प्रणाली अन्त्य हुने भएको हो ।

सडक उपभोग दस्तुर सङ्कलन गर्न प्रयोग गर्दै आएको ढाट प्रणालीलाई हटाएर विद्युतीय भुक्तानी प्रणाली जडान गर्ने तयारी सडक बोर्ड नेपालले सुरु गरेको छ । 

सडक बोर्डले २०५२ सालदेखि ठेकेदारमार्फत सडकमा ढाट लगाएर दस्तुर उठाउँदै आएको छ । अहिले मुलुकका केही राजमार्गका विभिन्न आठ ठाउँमा ढाट लगाएर सडक दस्तुर सङ्कलन हुँदै आएको छ ।

सडक मर्मत सम्भारका लागि उठाउँदै आएको सडक उपभोग दस्तुर उपभोगकर्ताले बिनाझन्झट सहज किसिमले भुक्तानी गर्न सकियोस् भन्ने उद्देश्यले ढाट प्रणालीलाई हटाएर विद्युतीय भुक्तानी प्रणाली राख्न लागिएको सडक बोर्ड नेपालका कार्यकारी निर्देशक कृष्णसिंह बस्नेतले जानकारी दिए ।

उनले भने, ‘पूर्णरूपमा स्वचालित हुने यो प्रणालीमार्फत सडक उपभोगकर्ताले तिरेको रकम सीधै सडक बोर्ड नेपालको खातामा जम्मा हुनेछ ।’

अहिलेसम्म सङ्कलन भएको रकम सम्बन्धित सडक खण्डको मर्मत सम्भारमा नै खर्च हुँदै आएको उनले बताए ।

विद्युतीय भुक्तानी प्रणाली जडान गर्नका लागि चालू आर्थिक वर्षभित्र नै परामर्शदाता चयन गरी अध्ययन कार्य सम्पन्न गरिने भएको छ । यो प्रणाली जडान भइसकेपछि उपभोक्ताले उपभोग दस्तुर तिर्न घण्टौँ लाइनमा लाग्नु पर्दैन ।

‘विद्युतीय प्रणाली जडान भइसकेपछि सडक बोर्डले सडक उपभोगकर्ता सवारीधनीलाई एउटा कार्ड उपलब्ध गराउँछ, त्यसैगरी अहिले ढाट राखिएको ठाउँमा ‘डिभाइस’ जडान गरिनेछ,’ कार्यकारी निर्देशक बस्नेतले भने ।

सवारीसाधन लिएर आएका उपभोक्ताले आफ्नो कार्ड डिभाइसमार्फत दस्तुर तिर्न सक्छन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies