Ntc summer Offer
Khabar Dabali ६ चैत्र २०८० मंगलवार | 19th March, 2024 Tue
NIMB

लकडाउनबारे प्रधानमन्त्रीलाई विज्ञहरूको फरक–फरक सुझाब, सरकारले सुझाब अध्ययन गरेपछि निर्णय लिने

काठमाडौं । लकडाउन खोलेसँगै कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार जनस्वास्थ्य विज्ञसँग छलफल गरेका छन् ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - लकडाउन गर्ने वा नयाँ तरिकाले अगाडि बढ्ने भन्ने विषयमा जनस्वास्थ्य विज्ञहरूको मत बाझिएपछि निर्णयमा पुग्न सकिएन । अब विज्ञहरूको सुझाब अध्ययन गरेर सरकारले लकडाउनबारे निर्णय लिने भएको छ ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको छलफलमा केही जनस्वास्थ्य विज्ञहरूले कोरोना संक्रमण फैलिन नदिन कडाइ गर्नुपर्ने बताए । तर, अधिकांश विज्ञहरूले अब कोरोना नियन्त्रण लागि लकडाउन विकल्प नहुनेमा जोड दिए ।

कोरोनाबारे व्यापक जनचेतना फैलाउन, भिडभाड नियन्त्रण गर्न र मास्कलाई अनिवार्य गर्न विज्ञहरूको सुझाब थियो । यसअघि सरकारले लकडाउन गरेको समयको सदुपयोग गर्न नसकेको उल्लेख गर्दै अब त्यसैलाई विकल्पका रूपमा लिन नहुने उनीहरूको भनाइ थियो ।

छलफलमा सहभागी डा. रवीन्द्र पाण्डेले भने १५ दिन कडा रूपमा लकडाउन गरेर अघि बढ्न सुझाब दिए । डा. पाण्डेले विगतमा जस्तो कमजोर लकडाउनले नहुने भन्दै केही समय कफ्र्यु नै लगाउनुपर्नेमा जोड दिए । कोरोना संक्रमण समुदायस्तरमा फैलिन लागेकाले विशेष सतर्कता अपनाउनुपर्ने सुझाब दिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

त्यस्तै, नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले स्वास्थ्य मन्त्रालयको सचिव प्राविधिक नै हुनुपर्नेमा जोड दिए । मन्त्रालयमा प्राविधिक विषयका जानकार सचिव नहुँदा कोरोना नियन्त्रणमा समस्या आइरहेको डा. कार्कीको भनाइ थियो । सात महिनादेखि स्वास्थ्य सेवातर्फको सचिव पद रिक्त छ ।

डा. भगवान कोइरालाले कोरोनाको असर लामो समयसम्म रहने भएकाले दीर्घकालीन योजना बनाउन सुझाब दिए । डा. कोइरालाको भनाइ थियो, ‘कोरोनाको संक्रमण लामो समय जाने भएकाले सरकारले दीर्घकालीन रूपमा सोचेर नीति तय गर्नुपर्छ ।’ उनले परीक्षणको दायरालाई अझै तीव्र रूपमा बढाउन पनि सुझाब दिए ।

वरिष्ठ छातीरोग विशेषज्ञ डा. सन्तकुमार दासले अब लकडाउन गरेर अघि बढ्न नहुने सुझाब दिए । ‘लकडाउन अबको विकल्प होइन, त्यसैले जहाँ संक्रमण देखिन्छ त्यस क्षेत्र पूर्ण रूपमा सिल गरेर परीक्षण गर्दै अगाडि बढ्नुपर्छ भन्ने सुझाब दिएँ,’ डा. दासले भने । डा. महेश मास्के र डा. समीरमणि दीक्षितले पनि लकडाउन आवश्यक नभएको सुझाब दिएका थिए । नाकामा कडाइ गर्नुपर्ने उनीहरूको तर्क थियो ।

जनताको स्वास्थ्य पैसासँग दाँज्न हुन्न : देउवा

छलफलमा पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले जनताको स्वास्थ्यलाई पैसासँग दाँज्न नहुने बताए । यो वेला राज्यले गर्नुपर्ने विकल्पजति सबै गर्न सुझाब दिए । उनले लिखित रूपमा सात बुँदे सुझाब राखेका थिए ।

देउवाले हालसम्मका कमजोरी र प्रगतिको गहिरो समीक्षा गर्न पनि आग्रह गरेका थिए । ‘स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता र भ्रष्टाचारमा ढाकछोप होइन, छानबिन र कारबाही गरियोस्,’ देउवाले भनेका थिए । उनले एक प्रदेश एक लाख नयाँ पिसिआर परीक्षण तत्काल गर्ने गरी आवश्यक बन्दोबस्त मिलाउन पनि सुझाब दिए ।

त्यस्तै, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले लकडाउनलाई व्यवस्थित बनाउनुपर्ने र लकडाउनका कारण मारमा परेका जनतालाई राज्यले भरणपोषण गर्नुपर्ने सुझाब दिए । उनले विरोध नगरे पनि अहिलेको कामको समर्थन गरेको नठान्न आग्रह गरेका थिए ।

लकडाउनबारे उपयुक्त निर्णय लिन्छौं : ओली

विज्ञहरूबाट एकै प्रकारका सुझाब नआएपछि कसरी अगाडि बढ्ने भन्ने निर्णय सरकारले नै गर्ने भएको छ । मंगलबारको छलफलमा प्रधानमन्त्री ओलीले विज्ञहरूका सबै सुझाबलाई अध्ययन गरेर निर्णय लिने बताए ।

उनले यस विषयमा सिसिएमसीमा पनि छलफल गरेर अघि बढ्ने बताए । ‘जनजीवन सामान्यीकरण गर्न र संक्रमण फैलिन नदिन के उपाय हुन्छ, त्यसमा उपयुक्त निर्णय लिन्छौँ,’ ओलीले भने ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies