Ntc summer Offer
Khabar Dabali ६ चैत्र २०८० मंगलवार | 19th March, 2024 Tue
NIMB

लगानी बोर्डको सिइओमा भट्टको नियुक्तिले नेकपामा विवाद, कांग्रेस मौन

ओलीलाई नेकपाकै नेताहरूले भने, ‘दुर्गन्धित कमिसन एजेन्टको नियुक्तिबाट पार्टी र सरकार बदनाम’

काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा विवादास्पद एजेन्ट सुशील भट्टको नियुक्तिबाट पार्टी र सरकार बदनाम भएको भन्दै सत्तारुढ नेकपाभित्र गम्भीर प्रश्न उठेको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओलीसँग दुर्गन्धित पात्र भट्टको नियुक्तिबाट पार्टी र सरकार थप बदनाम भएको भन्दै मंगलबार गम्भीर प्रश्न उठाएका हुन् ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार भएको छलफलमा प्रधानमन्त्री ओलीले भने मिडियाले लेखेकै आधारमा प्रश्न उठाउनुको औचित्य नहुने भन्दै सरकारले योग्य व्यक्तिलाई नै नियुक्ति गरेको भन्दै भट्टको पक्षमा बचाउ गरेका थिए ।

छलफलमा संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभगी थिए । पार्टीभित्रको विवाद समाधानका लागि भनिएको छलफल भट्टकै नियुक्तिको विषयमा गम्भीर प्रश्न उठेपछि दोहोरो सवाल–जवाफका कारण केहीबेर तनावको स्थिति बनेको उच्च स्रोतले जनाएको छ ।

‘सुशील भट्ट जस्तो कमिसन एजेन्टका रूपमा दुर्गन्धित व्यक्ति, जसका बारेमा पत्रपत्रिकामा सारा कर्तुतहरू आइरहेका छन्, त्यही व्यक्तिलाई तपाईंले लगानी बोर्डमा नियुक्त गर्ने ?’ प्रचण्ड र खनालको आपत्ति उद्धृत गर्दै स्रोतले भन्यो, ‘त्यसबाट पार्टी र सरकार बदनाम भएको छ, यस्ता खालका नियुक्ति तुरुन्त बन्द गर्नुस् ।’

पार्टीको परामर्श र निर्णयमा मात्र महत्वपूर्ण सरकारी नियुक्ति गर्ने विषयमा बैठकहरूमा गम्भीर छलफल चलिरहेका वेला बाइपास गरेर मनलाग्दी नियुक्ति गरेको उनीहरूको भनाइ थियो । ‘पार्टीमा विधि र प्रक्रियाबारे गम्भीर बहस र छलफल चलिरहेको छ, तपाईंले चाहिँ गन्हाएको मान्छेलाई मनलाग्दी नियुक्ति गर्ने ? कि त गनाएको मान्छे, कि झापाकै मान्छेलाई नियुक्ति गर्नुपर्ने के कारण छ ?’ प्रधानमन्त्री ओलीसँग वरिष्ठ नेता खनालको प्रश्न थियो ।

तर, ओलीले भने राष्ट्रिय योजना आयोगको सदस्यका रूपमा काम गरिसकेको योग्य व्यक्तिलाई नै सरकारले नियुक्ति गरेको भन्दै मिडियाको समाचारका आधारमा प्रश्न उठाउनुको औचित्य नहुने जवाफ फर्काएका थिए ।

‘उनी राष्ट्रिय योजना आयोगको सदस्यका रूपमा काम गरिसकेका बोर्डमा नियुक्ति गर्न योग्य व्यक्ति नै हुन्, मिडियाले गरेका अनेक प्रचारबाजीका आधारमा किन प्रश्न उठाउनुहुन्छ ?’ ओलीको भनाइ उद्धृत गर्दै एक शीर्ष नेताले भने ।

प्रचण्ड र खनालले भने राष्ट्रिय गौरवसहित पूर्वाधार विकासका परियोजनालाई अलपत्र पार्ने, अन्तर्राष्ट्रिय कमिसन एजेन्टलाई राष्ट्रिय योजना आयोगको सदस्य बनाउने काम पनि गलत रहेको भन्दै त्यस आधारमा योग्य भन्नुको कुनै औचित्य नरहेको भनाइ पनि राखेका थिए ।

नेकपाभित्र सरकारका नियुक्तिमाथि यसअघि पनि प्रश्न उठेको थियो । माघमा केन्द्रीय कमिटीको बैठकमा पेस भएको राजनीतिक प्रतिवेदनमा छ ‘राज्य सञ्चालनका निमित्त आवश्यक र संवेदनशील कैयौँ संवैधानिक र राजनीतिक नियुक्तिको ढिलाइले समस्या उत्पन्न भइरहेको तथ्यमा सरकार गम्भीर हुन जरुरी छ ।’

योसँगै ‘कुनै पनि संवैधानिक र राजनीतिक नियुक्ति गर्दा समावेशी र समानुपातिक मान्यताका आधारमा सन्तुलन मिलाउने कुरामा अझ बढी ध्यान दिन जरुरी रहेको’ पनि प्रतिवेदनमा छ । तर, सरकार र पार्टीबीचको तालमेल नहुँदा हरेक नियुक्तिलाई लिएर नेकपामा विवाद हुने गरेको छ ।

पार्टीभित्र उत्कर्षमा पुगेको विवाद समाधानका लागि पहिले सचिवालय कि स्थायी कमिटी बैठक भन्ने विषयमा मंगलबार पनि ओली र प्रचण्ड दुवैले आ–आफ्नै अडान राखेका छन् । यद्यपि, छलफलको अन्त्यतिर पहिले जुनकुनै बैठक राखेर भए पनि विवाद समाधान गर्ने विषयमा भने प्रधानमन्त्री ओली लचक बनेका छन् ।

‘हामीले स्थायी कमिटी बैठक जारी रहेकाले सुचारु गर्न तत्काल मिति तोक्न जोड ग¥यौं, उहाँले केही आनाकानी गरेर पहिला सचिवालय बैठक राखौं भन्नुभो,’ छलफलमा सहभागी एक नेताले भने, ‘हामीलाई आपत्ति छैन, तर पहिले जारी बैठकमा छलफल गरेर त्यहीँ फेरि सहमति गरेर सचिवालय राख्न पनि सकिन्छ भनेका छौँ, अन्तिमतिर अलि लचिलो ढंगले नै कुरा भयो । तर, टुंगो नलागेकाले फेरि बुधबार बेलुकी ५ बजे बस्ने सहमति भएको छ ।’

बैठक राख्ने विषयमा छलफल सहमति नजिक

पार्टीभित्र उत्कर्षमा पुगेको विवाद समाधानका लागि पहिले सचिवालय कि स्थायी कमिटी बैठक भन्ने विषयमा मंगलबार पनि ओली र प्रचण्ड दुवैले आ–आफ्नै अडान राखेका छन् । यद्यपि, छलफलको अन्त्यतिर पहिले जुनकुनै बैठक राखेर भए पनि विवाद समाधान गर्ने विषयमा भने प्रधानमन्त्री ओली लचक बनेका छन् ।

‘हामीले स्थायी कमिटी बैठक जारी रहेकाले सुचारु गर्न तत्काल मिति तोक्न जोड ग¥यौँ, उहाँले केही आनाकानी गरेर पहिला सचिवालय बैठक राखौँ भन्नुभो,’ छलफलमा सहभागी एक नेताले भने, ‘हामीलाई आपत्ति छैन, तर पहिले जारी बैठकमा छलफल गरेर त्यहीँ फेरि सहमति गरेर सचिवालय राख्न पनि सकिन्छ भनेका छौँ, अन्तिमतिर अलि लचिलो ढंगले नै कुरा भयो । तर, टुंगो नलागेकाले फेरि बुधबार बेलुकी ५ बजे बस्ने सहमति भएको छ ।’

आइतबारदेखि ओली र प्रचण्ड हरेक दिन छलफलमा छन् । छलफलमा झलनाथ खनाल र सुवास नेम्वाङ सहभागी हुँदै आएका छन् । १० असारदेखि जारी नेकपा बैठक पटक–पटक स्थगित हुँदै आएको छ । यसबाहेक नेकपाका एक सय ५२ केन्द्रीय सदस्यले केन्द्रीय कमिटीको बैठक बोलाउन माग गर्दै केन्द्रीय कार्यालयमा लिखित पत्र बुझाएका छन् ।

भैंसेपाटीमा प्रचण्ड–गौतम छलफल

पार्टीभित्रको विवाद तत्काल साम्य हुने कुनै संकेत नदेखिएका वेला अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष वामदेव गौतमबीच भैंसेपाटीस्थित गौतमनिवासमा भेटवार्ता भएको छ । मंगलबार बिहान ११ बजेपछि करिब ४० मिनेट भएको भेटवार्तामा पार्टीमा देखिएको विवाद समाधानबारे छलफल भएको छ ।

प्रधानमन्त्रीले बोलाएको छलफलका लागि बालुवाटार प्रस्थान गर्नै लाग्दा अकस्मात् प्रचण्ड भैँसेपाटी पुगेपछि गौतम रोकिएका थिए । स्रोतका अनुसार गौतमले अहिले ६ बुँदे कार्यान्वयन बाहेक अरू विकल्प नभएको बताएका थिए । 

प्रचण्डसँगको भेटमा पनि गौतमले आफ्नो प्रस्ताव पार्टी एकतालाई थप मजबुत बनाउन ल्याएको भन्दै त्यसबाटै निकास खोज्नुपर्नेमा जोड दिएको उनीनिकट स्रोतले जनाएको छ । भेटवार्तामा गौतमले राखेको ६ बुँदे प्रस्तावका विषयमा छलफल भएको उनका प्रेस सहयोगी विश्वमणि सुवेदीले जानकारी दिए ।

गौतमसँगको भेटपछि प्रचण्ड बेलुकी प्रधानमन्त्री ओलीसँग छलफलका लागि बालुवाटार पुगेका थिए । गत १३ साउनमा ६बुँदे प्रस्ताव सार्वजनिक गरेपछि गौतमले त्यसअनुसार सहमति हुनुपर्नेमा जोड दिँदै आएका छन् । १३ साउनको साँझ प्रधानमन्त्री ओली पनि गौतमनिवास गएका थिए ।

प्रमुख प्रतिपक्षी दल मौन

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा विवादास्पद एजेन्ट सुशील भट्टको नियुक्तिमा सत्तारुढ नेकपाभित्रै प्रश्न उठे पनि विपक्षी कांग्रेसले भने आश्चर्यजनक मौनता साँधेको छ ।

सरकारले सोमबार कालोसूचीका विदेशी कम्पनीका एजेन्ट भट्टलाई लगानी बोर्डको सिइओमा नियुक्त गरे पनि विपक्षीले यसबारे कुनै प्रतिक्रिया जनाएको छैन् । कांग्रेस सभापति, प्रवक्ता र केन्द्रीय कार्यालय कतैबाट पनि भट्टको नियुक्तिबारे मंगलबार रातिसम्म कुनै धारणा आएको छैन । चौतर्फी आलोचना हुँदा पनि भट्टबारे विपक्षीको मौनतालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies