Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

अब कोरोनालाई लापरवाही गरे सरकारले जेल हाल्ने

काठमाडौ । विश्वव्यापी महामारीरुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण विस्तार नहोस् भन्ने मनसायका साथ काठमाडौँ जिल्ला प्रशासन तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगर्नेविरुद्ध कडारुपमा प्रस्तुत हुन थालेको छ । तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड प्रयोग नगरी कोरोनालाई सामान्ने ढङ्गले हेर्न थालिएकाले कारवाहीको दायरा फराकिलो बनाउन लागिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ । “कोरोना सकिए झै गरेर लापरवाही गर्ने बढेको पाइयो, अहिलेसम्म जरिवानालाई प्राथमिकता दिइएको थियो, अब कैद नै गर्ने मनस्थितिमा पुगेका छौँ”, काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने ।

सङ्क्रामक रोग ऐन, २०२० अनुसार राज्यको आदेशलाई अपहेलना गर्ने व्यक्ति उपर १ महिनासम्म कैद वा रु १०० सम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । उक्त ऐनमा सरकारले खटाएका अधिकृतको काममा बाधा पुर्याउनेलाई ६ महिनासम्म कैद वा रु ६०० सम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ । त्यो अधिकार प्रमुख जिल्ला अधिकारीलाई छ ।

आज मात्रै मुलुकभर २५९ जनाका कोभिड–१९ देखियो । त्यसमा उपत्यकाको मात्रै ६२ जना छन् । दैनिक जसो नै काठमाडौँमा सङ्क्रमण देखिन थालेको छ । उपत्यकाको नाका प्रवेश गर्नेहरुको परीक्षणमा बढी सङ्क्रमण देखिएको छ । अहिलेसम्म मुलुकमा भयावह भइसकेको छैन तर परीक्षणको नतिजाले जोखिम बढ्दै गएको स्थिति प्रष्ट छ ।

पछिल्लो समयमा मानिसको लापरवाही बढ्दो छ । मास्क नलगाई हिँड्ने जमात देखिन थालेको छ । काठमाडौँ प्रशासनले सुरक्षा मापदण्ड अपनाएको छ छैन भन्ने बारेमा नियमित अनुगमन गरिरहेको छ । अनुगमनका क्रममा व्यवसाय सञ्चालकले मापदण्ड प्रयोग गरेको पाइएको छैन । नागरिक पनि कोरोना सकिएको जसरी खुलमखुला हिँडिरहेका छन् । सामान्य रुघाखोकी जसरी मानिसले कोभिड–१९ लाई हेल्चेक्र्याइँ गरेको पाइएको प्रजिअ दाहालले बताए । उनले अब प्रशासन चुप लागेर नबस्ने भन्दै मापदण्ड नमान्ने व्यावसायिक प्रतिष्ठान बन्द गराउने निष्कर्षमा पुगेको बताए । अनुगमनमा भाटभटेनीले पनि मापदण्ड नमानेको पाइएको छ ।

सङ्क्रामक रोग ऐन, २०२० अनुसार नेपाल सरकारले मानिसमा उब्जेको वा फैलिएको वा फैलिने सम्भावना भएको कुनै सङ्क्रामक रोग नेपालभर वा त्यसको कुनै भागमा रोग उब्जेमा वा फैलिएमा वा फैलिने सम्भावना देखिएमा त्यसको रोकथाम गर्न आवश्यक कारवाही गर्न सक्ने व्यवस्था छ । ऐनमा सर्वसाधारण जनता वा कुनै व्यक्तिको समूह उपर लागू हुने गरी आवश्यक आदेश जारी गर्न सक्ने उल्लेख छ । निर्मूल गर्न वा रोग रोकथाम गर्नको लागि आवश्यक व्यवस्था मिलाउन कुनै अधिकारीलाई मुकरर गरी आवश्यक अधिकार सुम्पन सक्ने व्यवस्था पनि छ ।

ऐनमा सर्वसामान्यतामा प्रतिकूल असर नपर्ने गरी नेपाल सरकारले पैदल वा जुनसुकै सवारीको साधनबाट लगिने वा ल्याइने यात्रुको जाँचबुझ गर्न र त्यस्ता पशुपंक्षी वा यात्रुलाई कुनै सङ्क्रामक रोग लागेको छ भन्ने शङ्का लागेमा अस्पताल तथा अन्य स्थानमा अलग गरी राख्न वा कुनै किसिमबाट ल्याउन लैजान आवश्यक आदेश जारी गर्न सक्ने व्यवस्था छ ।

सोही व्यवस्थाअनुसार सरकारले गत चैत ११ गतेदेखि मुलुकभर लागू हुने गरी बन्दाबन्दीको आदेश जारी गरेको थियो । झण्डै चार महिनापछि साउन ५ गतेदेखि सरकारले बन्दाबन्दी हटाएको थियो । बन्दाबन्दीको अन्त्य भएको जानकारी गराउँदै गर्दा सरकारका प्रवक्ता डा युवराज खतिवडाले जोखिम घटेर नभई दैनिक जनजीवन सामान्य पार्नका लागि मात्रै बन्दाबन्दी हटाएको बताए । अहिले सरकारले जनजीवनलाई सामान्यीकरण गर्दा त्यसको दुरुपयोग बढ्दै गएको पाइएको छ । त्यसैले अहिले उपत्यकालगायत केही स्थानमा कोभिड–१९ को सङ्क्रमण बढिरहेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतम आफूबाहेक अरु सबै कोभिड–१९का बिरामी हुन् भन्ने सोचेर आवश्यक स्वास्थ्य मापदण्ड अपनाए यसबाट जोगिन सक्ने बताउछन् । अफिस मै काम गर्दा पनि मापदण्ड अनुशरण गर्नुपर्छ । एकै कोठामा धेरै मानिस नबस्ने, टेबल टाढाटाढा राख्ने, अफिसमा बसिरहेका बेला मास्क अनिवार्य लगाउने, कम जनशक्ति प्रयोग गर्ने, नियमित साबुन पानीले हात धोइराख्ने, आवश्यक सरसफाइ गर्ने सेनिटाइजर लगाउनेजस्ता स्वास्थ्य मापदण्डका काम छाड्न नहुने चिकित्सको सुझाव छ ।

प्रजिअ दाहाल केही दिनदेखि उपत्यकामा सङ्क्रमण देखिन थालेकाले प्रशासनको तर्फबाट उपत्यकामा कडाइ गरिएको बताउछन् । उनका अनुसार पास प्रणालीमा थप कडाइ गरी अत्यावश्यकलाई मात्रै प्रवेश दिइएको छ । रातिमा प्रवेश रोकिएको छ । मास्क नलगाउनेलाई कारवाही गर्न थालिएको छ ।

प्रहरीमार्फत माईकिङ गरेर सचेतनामूलक प्रचारप्रसार गर्न थालिएको छ । जात्रा पर्व नगर्र्न अनुरोध गरिएको छ तर पनि मानिसको हेपाहा प्रवृत्ति कायमै छ । अनुगमनमा डिपार्टमेन्टल स्टोर्समा समेत सुरक्षा मापदण्ड नअपनाएकाले प्रशासनले मापदण्ड पूरा नगर्नेलाई बन्द गर्ने योजना बनाइएको छ । भाटभटेनीमा अनुगमन गर्दा पनि मापदण्ड पूरा गरेको देखिएन । “कोभिड सकियो भन्ने ढङ्गले आवागमन र व्यापार व्यवसाय गरेको देखियो, सबैले के बुझ्नु पुर्यो भने कोभिड हाम्रो अगाडि छ, सबैलाई दुःख दिइरहेको छ”, प्रजिअ दाहालले थपे, “प्रशासनले कारवाही गरेन भनेर खुसी नहुनुस्, कोभिडले कारवाही गर्न सक्छ ।”

स्वास्थ्य विज्ञका अनुसार भौतिक (सामाजिक) दूरी कायम गर्ने, साबुन पानीले हात धुने र मास्क लगाउनु नै त्यसको अचुक दबाइ हो । पछिल्लो समयमा उपत्यकामा प्रहरीसहित स्थानीयलाई कोभिड–१९ देखिन थालेकाले अहिले उपत्यका भित्रिने नाकामा समेत थप कडाइ गरिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुँवेर कडायतले बताए । प्रहरीको आँखा छलेर भित्रिने क्रम भने रोकिएको छैन । नाकामा गाडीमा ओर्लिएर पैदल हिँड्न र नाका कटेपछि पुनः गाडी चढेर जाने यात्रुको सङ्ख्या बढी देखिएको छ । आज दिउँसो सयौँ मानिस त्यसैगरी नागढुङ्गा नाका पार गरिरहेका देखिन्थ्यो ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies