Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

पहिरो पीडितको बास पालमुनि, बालबालिका जोखिममा

डोटी । जिल्लाको पश्चिमी क्षेत्रस्थित सायल गाउँपालिका–२ भुर्केला गाउँ पहिरोको उच्च जोखिममा रहेको छ ।

गाउँमाथि र तलबाट पहिरा आउन थालेपछि सिङ्गो गाउँका ३९० जना अहिले गाउँ छोडेर गाउँमाथिको अग्लो डाँडामा पालमुनि बस्नु परेको छ ।

गएको शनिबार आएको ठूलो पहिरोका कारण उक्त गाउँका ३५ घरपरिवार आफ्नो गाउँ छोडेर विस्थापित भएका छन् । पहिराका कारण गाउँ छोडेर गएकाहरु अहिले साउन महिनाको झरीमा पालमुनि रात बिताउन बाध्य भएका छन् । पालमुनि बास भएका कारण उनीहरुलाई राति सुत्दा सर्प, मच्छर र जङ्गली जनावरले सताउने गरेको सायल गाउँपालिकाका स्थानीयवासी धर्मराज जोशीले बताए ।

उनले भने, “पूरै गाउँले पहिराको डरले गाउँ छोडेर जङ्गलको अग्लो डाँडामा पाल टाँगेर बसेका छन्, त्यहाँ सर्प, मच्छर र जङ्गली जनावरले उनीहरुलाई सताउने गरेको छ ।”

त्यसैगरी शौचालय, खानेपानी तथा उज्यालोका लागि बत्तीसमेत नहुँदा उनीहरुलाई दिनहुँ सास्ती हुने गरेको सायल गाउँपालिका तोलेनीका अर्का स्थानीय तथा व्यापारी हिमाल बोहराले बताए । उनले भने, “विस्थापितलाई खानेकुरो त छोडौँ, शौचालय गर्ने ठाउँ र शुद्ध पानी नहुँदा समस्या भएको छ, फोहर पानी प्रयोग गरेकाले पखाला हुने सम्भावना बढेको छ ।”

विस्थापित भएका परिवारहरुसँग केटा केटी भएका कारण बस्न, खानदेखि अन्य कामका लागि पनि निकै समस्या हुँदै आएको स्थानीयवासी बताउँछन् । पहिरोले विस्थापित भएको तीन दिन भइसक्दासमेत कुनै पनि निकायबाट राहत उपलब्ध नभएको भन्दै पीडितहरुले गुनासो गरेका छन् । उनीहरु भन्छन्, “पहिरोले हाम्रो सम्पत्ति त लग्यो, बाँच्नलाई भए पनि एक छाक खाने कुरो त देऊ ।”

गाउँमा बर्सेनी रुपमा वर्षायाम लागेपछि डर त्रासमा बस्नु परिरहेका बेला लगातार पानी पर्दा गाउँको छेउछाउमा पहिरा जान थालेपछि सुरक्षित बासका लागि गाउँ छोडेर पालमुनि बस्नु परेको पहिरा पीडितको भनाइ छ । सायल गाउँपालिकाका उपाध्यक्ष विष्ना सिंहले गाउँको तल र माथिबाट पहिरो जान थालेपछि भुर्केला गाउँवासी केही दिन पहिलेदेखि विस्थापित भएर पालमुनि बसेको बताए । उनले भने, “पहिरोका कारण भुर्केलाका नागरिक विस्थापित भएका छन्, उनीहरुलाई आरभिआरएम्पी संस्थाको सहयोगमा पाल, पानी राख्ने भाडाको व्यवस्था गरेका छौँ, अब अन्य व्यवस्थापनका लागि पहल भइरहेको छ, चाँडै खाद्यान्नलगायत अन्य राहत वितरण गर्नेछौँ ।”

विस्थापित भएकाहरुसँग खानलाई अन्नको एक दानासमेत नभएका कारण भोकभोकै बस्नुपर्ने अवस्था सिर्जना भएको पहिरा पीडितमध्येका एकजना धनबहादुर थापाले बताए । उनले भने, “खानेकुरो सबै गाउँमै छुट्यो हामीसँग खानलाई पनि केही पनि छैन, आफू त भोक सहन गर्न सक्छौँ, केटाकेटीलाई खान के दिऊँ समस्या भयो ।”

उक्त गाउँमा प्रायः जसो थापा जातिको बढी बसोबास रहँदै आएको छ । अहिले दैनिक बर्सात भइरहेका कारण पहिराको डरले ३५ घरधुरीका गाउँले गाउँ छोडेर डाँडामा बास बसिरहेका छन् । उनीहरु घाम लागे घर फर्किने तथा पानी पर्दा डाँडातिर बसाइँ सर्ने गरेको स्थानीय हर्क थापाले जानकारी दिए ।

पहिरोको समस्या वर्षौंदेखि हुँदै आए पनि आफूहरुको समस्या समाधानका लागि कसैले पनि उचित पहल नगरेको पीडितहरुको गुनासो छ । विस्थापित भएकाहरुको सुरक्षित बासको व्यवस्था चाँडो नभए पहिराले कुनै दिन गाउँ नै सामूहिक चिहान बन्ने खतरा बढेको स्थानीयवासी डम्मर सार्कीले बताए । उनले भने, “पहिराले पूरै गाउँ खतरामा परेको छ, गाउँलेको सुरक्षित बासस्थानको व्यवस्थापन नगरिए सामूहिक चिहान हुने पक्कापक्की छ ।”

गाउँपालिले दिएका पाल पनि झरी र हावाहुरीले च्यातिएका कारण पानी पालभित्र पस्दा राति सुत्ने समयमा झनै समस्या हुने गरेको पीडितहरुको गुनासो छ । वर्षातका कारण पालमुनि रहेका बालबालिकामा ज्वरो आउने, रुघाखोकी लाग्ने जस्ता समस्या देखिएको बताइएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies