Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

यसरी सल्किँदैछ देशभर संक्रमण

काठमाडौं । नेपालमा लकडाउन गर्दा कोरोना संक्रमित दुई जना मात्र थिए । झण्डै चार महिनामा लकडाउन हटे पनि संक्रमण भने बढेको बढ्यै छ । सोमबारसम्म संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - पछिल्लो दुई महिनाको तथ्यांकले स्थिति भयावह देखाउँछ । वैशाख २० गतेसम्म संक्रमितको संख्या ५९ मा सीमित थियो। जेठ १९ मा कुल संक्रमित १ हजार ८ सय ११ जना थिए ।

त्यसपछि हालसम्म झण्डै १९ हजार संक्रमित थपिएका छन्। जेठ १९ मा मात्रै २ सय ३७ जनामा संक्रमण फेला परेको थियो। असार १९ मा एकै दिन ४ सय ७० जनामा संक्रमण देखियो। त्यसको ठीक एक महिनापछि सोमबार ४ सय १८ जना संक्रमित भेटिए ।

यो तथ्यांकमा काठमाडौं उपत्यकाको संख्या ५१ छ । तब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, ‘बालबालिका र वृद्धवृद्धा बाहिर ननिस्कनुहोला, संक्रमणबाट जोगिन गाह्रो हुन्छ ।’

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले संक्रमण पुष्टिपछि सम्पर्कविहीन हुने प्रवृत्तिले जोखिम बढाएको बताए । भारतबाट स्वदेश फर्कने नेपालीको भीड बढेपछि संक्रमितको संख्या वृद्धि भएको उनको भनाइ छ ।

कोरोनाको पहिलो चरणमा नेपालमा विदेशबाट आएका नेपालीमा संक्रमण देखिएको थियो । त्यसको दोस्रो चरणमा कैलालीकी महिलामा विदेशबाट आएका संक्रमितबाट कोरोना सरेको पाइएको थियो । मन्त्रालयका पूर्वविशेषज्ञ डा. सुशीलनाथ प्याकुरेलका अनुसार यात्रा नगरेको स्थानीयमा संक्रमण देखिनु दोस्रो चरण हो । कोरोनाको तेस्रो चरण भनेको समुदायमा फैलिएको अवस्था हो ।

कोरोना जेठ १९ गतेसम्म विभिन्न जिल्लामा देखा परेको थियो । त्यसबेला ५६ जिल्लामा संक्रमित फेला परेका थिए । जनस्वास्थ्यविज्ञ डा. समीरमणि दीक्षितले भने, ‘लकडाउन अवधिमा आवतजावत भइरह्यो । पीसीआर परीक्षण क्वारेन्टाइनमा मात्र सीमित रह्यो । पीसीआर परीक्षण विस्तार हुन सकेन । संक्रमित भित्रभित्रै बढे ।’

मन्त्रालयको तथ्यांकअनुसार असार १९ गते एकै दिन सबैभन्दा बढी ४ सय ७० जना संक्रमित भए । ४ हजार ४ सय ८३ पीसीआर परीक्षण गर्दा सो संक्रमित फेला परेका हुन् । कुल संक्रमित संख्या १५ हजार २ सय ५९ थियो । त्यसबेलासम्म ३२ जनाको मृत्यु भएको थियो । त्यो संख्या बढेर ५७ पुगेको छ । एक महिना अवधिमा झण्डै ५ हजार संक्रमित थपिएका छन् । निको हुनेको संख्या १४ हजार नाघेको छ ।

पीसीआर परीक्षण गर्ने प्रयोगशालाको संख्या २९ पुगेको छ । ‘त्यसले गर्दा पनि धेरै संख्यामा पहिचान हुन थालेका हुन् । अहिलेको संक्रमण ठाउँमा लोकलाइज ट्रान्समिसन नै हो । समुदायमा संक्रमण फैलिसकेको भन्न मिल्दैन’, डा. दीक्षितले भने ।

विज्ञका अनुसार कोरोना संक्रमितको संख्या बढ्नुमा सरकारका साथै नागरिक पनि जिम्मेवार छन् । डा. दीक्षितले भने, ‘पीसीआर परीक्षण नबढाएका राज्यलाई दोष दिन सकिन्छ । त्यस्तै हामी नागरिक पनि दोषी छौं । हेलचेक्र्याइँ गर्छौं ।’

अव्यवस्थित नाकाका साथै क्वारेन्टाइन खचाखच हुँदा संक्रमण एकबाट अर्को सर्न पुगेको डा. प्याकुरेलको भनाइ छ । संघ, प्रदेश र स्थानीय तहबीच समन्वय पनि प्रभावकारी हुन सकेन । ‘सुरुमै पीसीआर परीक्षण गरेको भए संक्रमण यसरी फैलने थिएन ।

आवश्यक नै नभएको आरएटी (र्‍यापिड एन्टिबडी टेस्ट) गरियो’, अमेरिकाको टेक्सासस्थित सोनिक रेफरेन्स ल्याबको क्लिनिकल मोलिकुर बायोलोजी विभागका निर्देशक डा. विजय ढकालले भने । द्रुत परीक्षण रोक्न मन्त्रालयले आइतबार निर्देशन दिएको छ ।

कोरोना फैलिरहे पनि भौतिक दूरी कायम गरिएको छैन । मास्क लगाउन ध्यान दिएको पाइँदैन । स्यानिटाइजर प्रयोग गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरे पनि अटेर गर्ने प्रवृत्ति देखिएको छ । अर्कोतर्फ कोरोेना संक्रमणमा केन्द्रित हुने बेला स्वास्थ्य मन्त्रालयको नेतृत्व सक्षम देखिएन । डा. प्याकुरेलले भने, ‘टेबलटेनिसको क्याप्टेनलाई फुुटबल मैदानमा उतारेजस्तो भयो ।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies