Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

१ भदौदेखि घलेगाउँ घुम्न पाइने

लमजुङ । कोभिड–१९ सङ्क्रमणका कारण बन्दाबन्दी भएपछि पर्यटकलाई प्रवेशमा रोक लगाएको पर्यटकीय घलेगाउँ भदौ १ देखि घुम्न सकिने भएको छ । 

आजको गोरखापत्र दैनिकमा खबर छ - लमजुङको क्व्होँलासोंथर गाउँपालिका– ३ मा पर्ने स्मार्ट भिलेज घलेगाउँमा भदौ १ बाट पर्यटक प्रवेशमा खुला गरिएको हो ।

पर्यटन व्यवस्थापन समिति, ग्रामीण पर्यटन घलेगाउँका अध्यक्ष एवं क्व्हाँलोसोंथर गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेका अनुसार सुस्ताएको पर्यटनलाई अघि बढाउन पर्यटकलाई प्रवेश खुला गएिको हो । घलेगाउँमा पहिलो प्राथमिकता जिल्लाभित्रका पर्यटक र त्यसपछि गण्डकी प्रदेशभित्रका जिल्लाका पर्यटकलाई दिइनेछ ।

बन्दाबन्दीसँगै घरबास व्यवसाय सङ्कटमा परेको र बन्दाबन्दीले मात्र निकासा नहुने भएकाले पर्यटक व्यवसायलाई खुला गरिने निर्णय भएको उनले बताए । ‘लकडाउन सुरु भएसँगै घलेगाउँमा पर्यटक आउन रोकेका थियौँ । विभिन्न ठाउँबाट पर्यटक आउँदा सङ्क्रमणको जोखिम हुन्छ भनेर आउन दिएनौँ,’ उनले भने, ‘लामो समयसम्म पर्यटन व्यवसाय ठप्प भयो । आम्दानीको आधार पर्यटन भएकाले पर्यटकलाई रोक्दा व्यवसाय सङ्कटमा पर्ने देखियो । अब बिस्तारै जिल्लाभित्रका पर्यटकलाई आउन दिने भनेका छौँ तर उच्च स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर मात्र पर्यटकलाई प्रवेश गर्न दिन्छौँ ।’ 

पर्यटन समितिका सचिव उमलबहादुर विकका अनुसार पर्यटक सम्पर्क कार्यालय अगाडि साबुन पानीले हात धुने व्यवस्था गरिनेछ र सेनिटाइजर पनि राखिनेछ । 

सुरक्षा सतर्कता अपनाएर मात्र पर्यटकलाई प्रवेश गराइने विकले बताए । एउटा कोठामा दुई जनालाई मात्र राख्ने र सकेसम्म खाना खाजा पनि कोठामै लगिने व्यवस्था गरिने उनले बताए ।

पर्यटकीय घलेगाउँमा २०५६ सालबाट पर्यटन प्रवद्र्धनका कार्यक्रमसहित २०५७ बाट होमस्टे सञ्चालनमा ल्याइएको थियो । १२ घरबाट सुरु गरिएको होमस्टे अहिले ३४ घरमा सञ्चालन गरिएको छ ।  

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies