Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

चीनतर्फका सीमा स्तम्भ पहिचान

हुम्ला । उत्तरी चीन सँगको सिमाना हिल्सा नाकामा स्थापना भएको सीमा सुरक्षा चौकी (बीओपी) हुम्ला खण्डअन्तर्गत सबै सीमा स्तम्भ पहिचान गर्न सफल भएको छ ।

आजको गोरखापत्र दैनिकमा खबर छ - सीमा सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर स्थापना भएको चौकीले एक महिनामा सबै सीमा स्तम्भ पहिचान गर्न सफल भएको हो । चौकी स्थापना भएको छोटो अवधिमा तिब्बततर्फ मरुभूमि खण्डमा सीमा स्तम्भ पहिचान गर्ने कार्य सम्पन्न गर्न टोली सफल भएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले बताए ।

गत असार ६ गते हुम्लाको हिल्सामा सीमा सुरक्षा चौकी स्थापना भएको थियो । चौकी स्थापना भएदेखि दैनिक रूपमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले पहिलो पटक सीमामा गस्ती सुरु गरेको थियो । हाल सबै स्तम्भ पहिचान गर्ने कार्य भएको उनले बताए । 

नेपाल र चीनको सीमाअन्तर्गत हुम्ला खण्डको २६२ दशमलव तीन किलोमिटर क्षेत्रमा कुल १५ वटा सीमा स्तम्भ रहेको बताउँदै प्रजिअ गिरीले पिल्लर नम्बर ११ मात्र नभेटिएको र अन्य सबैको पहिचान भएको बताए । कुल सीमा स्तम्भमध्ये १० वटा मुख्य र पाँचवटा सहायक पिल्लर हुम्ला खण्डमा छन् ।

चीनको स्वशासित क्षेत्र तिब्बतसँगको पठार क्षेत्र भएका कारण सीमा सुरक्षा चौकीलाई स्तम्भ पहिचान गर्न निकै कठिन भए पनि त्यसमा सफलता मिलेको उनले बताए ।

पत्ता नलागेको एउटाबाहेक अन्य सबै सीमा स्तम्भको अवस्था मिश्रित रहेको सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन विष्टले बताए । 

 केही पिल्लर ढलेका र केहीको अवस्था राम्रो छ । पिल्लर ढले पनि सीमामा कतै तलमाथि भएको छैन । हुम्लामा पर्ने सबै सीमा स्तम्भको अवस्थाबारे कार्ययोजना निर्माण गर्न सीमा सुरक्षा चौकी हिल्साका इन्चार्ज तथा सशस्त्र प्रहरी निरीक्षक सुरज केसीको टोली लागेको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies