Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

रूसले २०२१ सम्ममा कोरोना नियन्त्रणका लागि खोपको लाखौँ मात्रा उत्पादन गर्ने दावी

मस्को । रूसले कोरोनाभाइरस खोपको ठूलो मात्रामा उत्पादन अर्को महिना सुरु गर्ने र सन् २०२१ को सुरूसम्ममा प्रतिमहिना लाखौँ मात्रामा खोपको उत्पादन गर्ने दावी गरेको छ ।

रूसले खोपका धेरै नमूनाहरूको अनुसन्धानहरूलाई अगाडि बढिरहेको बताएको छ । मस्कोको गमलेया इन्स्टिच्युटमा तयार गरिएको खोपको विकास उन्नत चरणमा पुगेको रूसले दावी गरेको छ ।

“हामी सेप्टेम्बरसम्ममा सामूहिक उत्पादन सुरु गर्नेमा विश्वस्त छौँ,” उद्योगमन्त्री डेनिस मन्तुरोभले रूसी समाचार संस्था तास न्यूज एजेन्सीसँगको साक्षात्कारमा बताए ।

उनले भने, “हामी एक महिनाका लाखौं मात्रा उत्पादन गर्नसक्नेछौँ र आगामी सेप्टेम्बरदेखि खोपलाई अत्यधिक उत्पादन गर्ने सुनिश्चित गर्न सक्षम हुनेछौ । अर्को बर्षको शुरूसम्ममा करोडौँको खोपको मात्रा उत्पादन गर्नेछौँ ।” खोप विकासमा लागेको उक्त संस्थाले मध्य रूसका तीन स्थानमा उत्पादन टेक्नोलोजी तयार गरिरहेको पनि रूसी समाचार संस्थाहरूले बताएका छन् ।

स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले सोमबार भने, “गमलेयाले तयार पारेको खोपको क्लिनिकल परीक्षणहरू सम्पन्न भइसकेको र राज्यमा दर्ताकालागि आवश्यकप्रक्रिया सुरू भइरहेको छ ।”

“साइबेरियामा रहेको भेक्टोर प्रयोगशालाले विकसित गरेको अर्को खोप हाल क्लिनिकल परीक्षणमा रहेको छ र अर्को दुई महिनामा मानव परीक्षण सुरु हुनेछ,” मुराश्कोले भने ।

गमलेयाको खोप ‘भेक्टर भ्याक्सिन’ हो । यसको मतलब यसले अन्य भाइरसहरूलाई प्रयोग गरी डीएनए एन्कोडिंगमार्फत आवश्यक प्रतिरक्षा कोशिका उत्पादन गरी उपचारमा सहयोग गर्छ ।

गमालेयाको खोपले ‘एडेनोभाइरस’ उत्पादन प्रविधि हो जुन चीनको क्यानसिनोले उत्पादन गरेको खोपको लाई काममा लिएको छ, चीनको क्यान्सिनोले विकास गरेको कोरोनाभाइरस खोपको प्रविधिसँग मिल्दोजुल्दो रहेको छ । क्यान्सिनोको खोपको पनि क्लिनिकल परीक्षणको अन्तिम चरणको परीक्षण भइरहेको छ ।

अनुसन्धानकर्ता र निर्देशकहरूले केही महिना अघि खोपको प्रोटोटाइपलाई अनधिकृतरूपमा आँफूमा प्रयोग गरेपछि गमलेया इन्स्टिच्यूट आलोचनाको शिकार बनेको थियो । विशेषज्ञहरूले यस कदमलाई अपरम्परागत शैलीको रूपमा आलोचना गरेपछि मानव परीक्षण सुरु गरिएको थियो ।

वैज्ञानिकहरूले एएफपीलाई भनेका छन कि रूसले यसको खोपलाई ठूलो उत्पादनमा अनुकूलन गर्न सङ्घर्ष गर्नेछ किनकि रूसमा भाइरल भेक्टर जस्ता उन्नत टेक्नोलोजी, कच्चा पदार्थ, पर्याप्त सुविधा र अनुभवको अभाव छ ।

केही रूसी अधिकारीहरूले सोभियत युगमा पहिलो स्याटेलाइट उत्पादन गर्ने अन्तरिक्ष दौडसँग दाँजेर यसको भ्याक्सिन ल्याउने देश पहिलो हुने बताएका छन् ।

यसैबीच रूसी गुप्तचर सेवासँग सम्बन्धित ह्याकर समूहले पश्चिमी प्रयोगशालाबाट कोरोनाभाइरस खोपको बारेमा जानकारी चोरी गर्न खोजेको भन्ने बेलायत, संयुक्त राज्य र क्यानडाका आरोपहरू खारेज गरेको छ ।

रूस कोरोनाभाइरस सङ्क्रमणका हिसाबले संयुक्त राज्य अमेरिका, ब्राजिल र भारत पछि विश्वमा चौथो स्थानमा रहेको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies