Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

कोरोनाको कारण ७ प्रतिशत पत्रकारको गुम्यो रोजगारी

काठमाडौं । नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले कोरोना सङ्क्रमणका कारण हालसम्म सात प्रतिशत पत्रकारको रोजगारी गुमेको बताएका छन्। नेपालका सञ्चारगृह व्यावसायिक हुन नसक्दा कोरोना सङ्क्रमणको छोटो अवधिमा धेरै नोक्सान भएको उहाँले बताए ।

कोरोना सङ्क्रमणले देशैभरका पत्रकार र सञ्चारगृह प्रभावित भएपछि महासङ्घको मिसन टोली देशव्यापी रूपमा परिचालन भएको छ । सोही क्रममा यहाँ आइपुग्नुभएका आचार्यले आज कुराकानी गर्दै कोरोना सङ्क्रमणपछि पाँच वटा रेडियो बन्द भएको जानकारी दिए।

बीस पत्रकारमा कोरोना सङ्क्रमण देखिएकोमा १८ जना सङ्क्रमणमुक्त भइसकेको उनले जानकारी दिए। लकडाउनको अवधिमा देशभरका ७०० छापा माध्यम बन्द भएको भन्दै उनले कोरोनाको प्रभावका कारण पत्रकार र सञ्चार गृह प्रभावित हुने क्रम बढ्दो रहेको बताए । “स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसँगै सञ्चारकर्मी अग्र मोर्चामा रहेका छन्”, रोग नियन्त्रणका लागि जनतालाई शिक्षा र सूचना दिने काममा पत्रकार खटिइरहेको भन्दै उनले भने, “हामी आम जनताका समस्याका बारे बोलिरहेका छौँ भने जनतालाई सही सूचना के हो भनेर पनि प्रवाह गरिरहेका छौँ ।” यस्तो अवस्थामा सञ्चार क्षेत्र आफैँ अग्रपङ्क्तिमा रहँदा आफैँ प्रभावित हुनुपरेको उनको भनाइ थियो ।

आचार्यले दुईथरी सञ्चारकर्मी रहेको भन्दै एक थरीले स्वरोजगारमूलक ढङ्गले पत्रकारिता गरिरहेको र अर्को थरी ठूला सञ्चार गृहमा काम गरिरहेको बताए । पचास प्रतिशतभन्दा बढी पत्रकार आफैँले अनलाइन, रेडियो, टेलिभिजन, पत्रिका चलाएको भन्दै उहाँले ती मिडिया चलाएका पत्रकारमा थोरै समस्या देखिए पनि ठूला मिडियामा धेरै समस्या देखिएको बताए ।

उनले भने, “ठूला मिडियामा काम गर्ने कतिपय पत्रकारले तलब भत्ता नपाएको, कामबााट निष्कासित हुनुपरेको, आधा तलबमा काम गर्नुपरेको, ‘अहिलेलाई बिदामा बस्नुस् है’ भनिएको छ ।” यसबाट सदरमुकाममा बसेर काम गर्ने र वैकल्पिक पेशा नभएका प्रभावित भएको उहाँको भनाइ छ । पत्रकार विस्थापित हुनु भनेको धेरै ठूलो क्षति हो भन्दै उनले भने, “मिडिया बन्द हुनु र पत्रकार पलायन हुनु भनेको जनताको अधिकार, लोकतन्त्र, मानवअधिकार, विधिको शासनलाई वकालत गर्ने मानिस पलायन हुनु हो ।”

पत्रकारलाई पलायन हुनबाट रोक्न सबैले साथ र सहयोग गर्नुपर्ने भन्दै उहाँले महासङ्घ र जिल्ला शाखाले आपतकालीन कोष खडा गरेको बताए। यो विषम परिस्थितिमा राज्यले सम्बोधन गर्नुपर्ने बताए । उनले भने, “आपतकालीन, अल्पकालीन र दीर्घकालीनरूपमा सम्बोधन गर्नुपर्छ ।” मिडियालाई व्यवस्थित बनाउन व्यावसायिक चरित्र अङ्गीकार गर्न राज्यले पहल गर्नुपर्ने उहाँको भनाइ छ । राज्यले मिडियालाई परेको समस्या र पेशागतरूपमा पत्रकारलाई परेको समस्या समाधानका लागि श्रमजीवी पत्रकार ऐनको पूर्ण पालना भए नभएको अनुगमन गरेर पालना गराउनुपर्ने उनले बताए ।

उनले भने, “मिडिया हाउसलाई पनि सहुलियत पूर्ण ऋण दिनुप¥यो । सन्देशमूलक सामग्री प्रसारण तथा प्रकाशन गर्न दिनुप¥यो ।” नेपाल पत्रकार महासङ्घका अध्यक्ष आचार्य र महासचिव रमेश विष्टको टोली गण्डकी प्रदेशबाट प्रदेश नं १ सम्म र उपाध्यक्ष विपुल पोखरेलको टोली प्रदेश नं बाट ५ बाट सुदूरपश्चिम प्रदेशसम्म अनुगमनमा निस्किएको छ ।

टोलीले जिल्लाका पत्रकारसँग अहिलेको अवस्थाको बारेमा जानकारी लिँदै सरोकारवालासँग छलफल गरिरहेको छ । प्रदेश राजधानीमा कार्यक्रम गरी सरोकारवालालाई आफ्नो सुझावसमेत दिने गरेको छ ।

महासङ्घले दुई हजार भन्दा बढी पत्रकारलाई प्रत्यक्ष टेलिफोन गरी उनीहरुको अवस्थाको बारेमा सर्वेक्षण गरिरहेको महासचिव विष्टले जानकारी दिए । यस्तै शाखा अध्यक्षलाई २५ वटा प्रश्न पठाएर जवाफ माग्ने काम महासङ्घले गरिरहेको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies