Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

इरानले कोरोनाबाट मृत्यु भएकाको तथ्याङ्क लुकाएको दस्तावेज सार्वजनिक, आखिर किन लुकाइयो तथ्याङ्क ?

\"\"

एजेन्सी । इरानमा कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भएका नागरिकको सङ्ख्या सरकारले दाबी गरेकोभन्दा झन्डै तीन गुणा बढी भएको बीबीसी पर्सियन भाषा सेवाले पत्ता लगाएको छ।

इरानको स्वास्थ्य मन्त्रालयले जुलाई २० सम्म १४,४०५ जनाको कोभिड-१९ का कारण मृत्यु भएको बताए पनि सरकारी दस्तावेजमा त्यो सङ्ख्या झन्डै ४२,००० भएको देखिएको छ।

सङ्क्रमितको सङ्ख्या पनि मन्त्रालयले भनेको २७८,८२७ नभई ४५१,०२४ भएको देखिएको छ।

इरान कोरोनाभाइरसको प्रकोप चर्को भएको देश हो र हालैका साताहरूमा त्यहाँ सङ्क्रमण उच्च देखिएको छ।

बीबीसीलाई उपलब्ध गराइएको सरकारी स्वास्थ्य तथ्याङ्कका दस्तावेजमा त्यहाँ पहिलो मृत्यु ज्यानुअरी २२ मा भएको देखिन्छ जुन इरानले पहिलो सङ्क्रमण भएको जनाएको मितिभन्दा एक महिना अगाडि हो।

इरानको आधिकारिक तथ्याङ्कमा धेरैले शङ्का गरेका थिए।

राष्ट्रिय र प्रान्तीय तथ्याङ्कमा देखिएको फरक र केही स्थानीय स्वास्थ्य अधिकारीहरूको भनाइका आधारमा त्यहाँ सङ्क्रमणको अवस्थाबारे फरक तथ्याङ्क दिने प्रयास गर्नेहरू पनि थिए।

संसारभरि नै कम परीक्षणका कारण कोभिड-१९ को कम तथ्याङ्क उपलब्ध हुने मानिए पनि इरानले उपलब्ध भएकै तथ्याङ्कहरू पनि सार्वजनिक नगरेको देखिएको छ।

ती तथ्याङ्क बीबीसीलाई बेनामे स्रोतबाट प्राप्त भएका हुन्।

प्राप्त भएका विवरणमा इरानभरि अस्पतालमा दैनिक बिरामी भर्ना, बिरामीको नाम, उमेर, लिङ्ग, लक्षण, मिति र अस्पताल बसाइको जानकारीहरूको तथ्याङ्क छ।

बीबीसीले आफ्नो स्रोत सरकारी निकायमा काम गर्ने कोही हो वा स्रोतले कसरी दस्तावेज प्राप्त गर्यो भन्ने पुष्टि गर्न सकेको छैन।

तर सो सूचीमा भएका तथ्याङ्कका अंशहरू बीबीसीलाई पहिले नै थाहा भएका मृत र जीवित बिरामीहरूको तथ्याङ्कहरूसँग मिल्छ।

तथ्याङ्कले के देखाउँछ ?
इरानको राजधानी तेहरानमा सबैभन्दा बढी ८,१२० जना मानिसहरूको कोभिड(१९ को लक्षण सहित मृत्यु भैसकेको छ।

इरानमा कोरोनाभाइरस सङ्क्रमण सुरु भएको कोम शहरमा प्रति १,००० मा एक जनाको दरले मृत्यु भएको छ। त्यहाँ १,४१९ जनाले ज्यान गुमाएका छन्।

इरानभर मृत्यु भएका १,९१२ जना विदेशी रहेका छन्। तीमध्ये धेरै अफगानिस्तानबाट आएका शरणार्थीहरू रहेका छन्।

किन तथ्याङ्क लुकाइयो ?
जानकार चिकित्सकहरूका अनुसार स्वास्थ्य मन्त्रालयलाई सुरक्षा तथा जासुसी निकायहरूको दबाव छ।

एक चिकित्सकले भने, \'सुरुमा परीक्षण किट थिएन, जतिबेला आयो त्यसपछि त्यसको प्रयोग गरिएन। सुरक्षा निकायले इरानमा कोरोनाभाइरस नभएको देखाउन चाहन्थ्यो।\'

कोमका दुई चिकित्सक दाजुभाईको अडानका कारण मन्त्रालयले पहिलो सङ्क्रमण भएको सार्वजनिक गरेको थियो। तर प्राप्त कागजातमा त्यति बेलासम्म त्यहाँ ५२ जनाको मृत्यु भइसकेको देखिन्छ।

डा. मोहम्मद मोलायी र डा. अलि मोलायीले आफ्नो अर्को भाईको मृत्यु भएपछि कोरोनाभाइरस परीक्षण गर्ने अडान लिए र त्यसको नतिजा पोजेटिभ आएको थियो।

ती व्यक्तिको मृत्यु भएको कामकर अस्पतालमा अरू थुप्रै बिरामी उस्तै लक्षणहरूसहित भर्ना गरिएको तर उनीहरूको कहिल्यै परीक्षण नगरिएको देखिन्छ।

डा. मोलायीले सामाजिक सञ्जालमा भिडिओ हालेपछि मात्रै स्वास्थ्य मन्त्रालयले सङ्क्रमण भएको पुष्टि गरेको थियो।

इरानको स्वास्थ्य मन्त्रालयले आफूले विश्व स्वास्थ्य सङ्गठनलाई पठाउने सङ्ख्या पारदर्शी र सही हुने गरेको बताएको छ। बीबीसी

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies