Khabar Dabali Logo
  September 21, Mon

नासाका अन्तरिक्ष यात्रीहरु सकुशल पृथ्वीमा अवतरण, राष्ट्रपति ट्रम्पद्वारा बधाई

वासिङ्टन । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट दुई अन्तरिक्ष यात्रीलाई लिएर अमेरिकी अन्तरिक्ष यान आइतबार पृथ्वीमा सकुशल अवतरण गरेको छ ।

अमेरिकाले झण्डै दुई दशकपछि पहिलो पटक मानव सहितको अन्तरिक्ष यान अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पठाएको थियो ।

यो अभियान अमेरिकी अन्तरिक्ष केन्द्र ९नासा० र अमेरिकी धनाढ्य एलन मस्कले स्थापना गरेको निजी कम्पनी स्पेसएक्सद्वारा संयुक्त रुपमा संचालन गरिएको थियो । पछिल्लो उपलब्धिले अमेरिकाले अहिले पनि सुरक्षित रुपमा मानवलाई अन्तरिक्षमा पु¥याएर सुरक्षित रुपमा पृथ्वीमा अवतरण गराउने क्षमता रहेको देखाएको छ ।

स्पेसएक्समा यात्रारत दुई अन्तरिक्ष यात्री फ्लोरिडा नजिकको समुद्री क्षेत्रमा प्यारासुट मार्फत अवतरण गरेका थिए ।

अमेरिकाले सन् १९७५ मा अपोलो–सोयुज मिसन पश्चात् पहिलो पटक समुद्री इलाकामा अन्तरिक्ष यात्रीलाई ओरालेको हो । यस मिसनमा कमान्डर बब बेनकिन र डघ हर्ली सहभागी थिए ।

अन्तरिक्ष अभियान सफल भएकामा नासाका वैज्ञानिकहरुले सन्तोष व्यक्त गरेका छन् । लागत बढेको भन्दै अमेरिकाले केही वर्षदेखि मानव अन्तरिक्ष अभियान स्थगित गरेको थियो ।

दुई महिनाअघि अन्तरिक्ष यान प्रक्षेपणको अवलोकन गर्न फ्लोरिडा पुगेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अभियान सफल र सुरक्षित रुपमा सम्पन्न भएकामा बधाई दिएका छन् ।

सन् २०११ मा अन्तिम अन्तरिक्ष यान प्रक्षेपण गरेको अमेरिकाले अन्तरिक्ष यात्रीलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पठाउन रुसको सहायता लिन थालेको थियो । एएफपी

साउन १९ गते, २०७७ - १३:३४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राप्रपालाई बलियो शक्तिका रुपमा स्थापित गर्छौँ : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीलाई बलियो शक्तिका रुपमा स्थापित...   

चितवन मेडिकल कलेजमा दुई जना कोरोना सङ्क्रमितको मृत्यु

चितवन । चितवन मेडिकल कलेजमा उपचारका क्रममा दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । कलेजका अनुसार...   
काठमाडौं उपत्यकामा सर्वाधिक कोरोना संक्रमित फेला : अरु कुन जिल्लामा कति ?(विवरणसहित)

काठमाडौं उपत्यकामा सर्वाधिक कोरोना संक्रमित फेला : अरु कुन जिल्लामा कति ?(विवरणसहित)

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये...   

थप १० जनाको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं । आइतबार थप १० जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएकने छ । यीसहित हालसम्म मृतक ४ सय ११ जनामा...   

आइतबार देशभर १३२५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । आइतबार देशभर १३२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...   

नेकपा सचिवालय बैठक सकियो, मन्त्री हेरफेरबारे छलफल

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकमा मन्त्रीहरु हेरफेर गर्ने एजेन्डामाथि...   

नेकपा निकट वडाध्यक्षद्वारा गाउँपालिकामा १० दिनदेखि तालाबन्दी

दार्चुला । व्यास गाउँपालिका कार्यालय सुनसेरामा १० दिनदेखि तालाबन्दी हुँदा कामकाज ठप्प भएको छ । गाउँपालिकामा...   

अमेरिकामा न्यायाधीश नियुक्तिमा विवाद, चुनावी मुद्दा फेरिने सम्भावना

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वोच्च अदालतको रिक्त न्यायाधीश पदमा आगामी साता...   

अझै रोकिएनन् सभा समारोह, बढाउँदैछ कोरोनाको जोखिम

पाँचथर । यहाँ निर्बाध रुपमा चलिरहेका ठूलो सङ्ख्यामा मानिस भेला हुने सभा तथा समारोहले कोभिड–१९ सङ्क्रमणको...   

बिओपी राख्न सशस्त्र प्रहरीलाई पाँच कट्ठा जग्गा दान

कञ्चनपुर । महाकाली नगरपालिका–१० का खडकबहादुर बस्नेतले सशस्त्र प्रहरीलाई पाँच कट्ठा जग्गा दान गरेका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top