Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

भारतबाट आएका हजारौं नेपाली सिधै घर जान थाले

काठमाडौं । भारतबाट हजारौं नेपाली स्वदेश आइरहेका बेला स्थानीय तहले सकेसम्म क्वारेन्टाइनमा राखेका थिए। तर, अहिले दैनिक ५ सय जना आइरहेका बेला होम क्वारेन्टाइनमा बस्न भन्दै घर जान दिइएको छ। जसले गर्दा हजारौं नेपाली फर्केको बेलाको तुलनामा अहिले गाउँगाउँमा कोरोना जोखिम बढेको छ। ‘गाउँका स्कुल भदौदेखि सञ्चालन हुने भनिएपछि त्यहाँ राखिएका क्वारेन्टाइन बन्द भए। त्यसपछि होम क्वारेन्टाइन गरिन थालिएको रहेछ’, बैतडीका नरेश सिहले भने, ‘विद्यालयहरूले अब क्वारेन्टाइन बनाउन नदिने भनिरहेका छन।’

आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ - बागलुङको बडिगाउँ गाउँपालिका–७ का हीराबहादुर खत्री, उनका छोरा तारा, भतिजा प्रेम र नाति प्रकाशसहित ६ जनाको टोली पनि आइतबारै गौरीफन्टा नाका भएर भित्रियो। तर, उनीहरूले पनि न स्थानीय जनप्रतिनिधिसँग समन्वय गरेका छन् न त घर जाने गाडीको टुंगो छ।

‘गाउँपालिका अध्यक्ष र वडाध्यक्ष दुवै जना चिनजानकै हुन तर कुरा भएको छैन’, ताराले भने, ‘घर कसरी जाने भन्ने चिन्ता भइरहेको छ। हामी त सीधै घर जाने होइन, हामीलाई स्कुल वा खाली घर खोजेरै भए पनि क्वारेन्टाइनमा राखिदिनुपर्छ।’ घरमा बाजे बज्यै, ससाना नानीबाबु पनि रहेको उनले सुनाए। ‘घरमा लसपस भइहाल्छ’, उनले भने, ‘गाउँमा खाली घर खोजी १४ दिन त्यहाँ बसेर मात्रै घर जाने हो।’

लकडाउनकै बेला नाका खुला गरिएपछि स्थानीय तहले गाडी पठाएर आआफ्ना नागरिकलाई लगेका थिए। त्यसपछि उनीहरूलाई क्वारेन्टाइनमा बसाइने गरिएको थियो। तर, अहिले थोरै आउँदा पनि वास्ता गर्न छोडिदिएका छन।

‘दिनभरिमा एक वडाका दुई–तीन जना आउने गरेका छन। पालिकाहरूले पनि सधै सीमा क्षेत्रमा सवारीसाधन कसरी राखी राखोस्। त्यसैले अहिले भारतबाट फर्केका मानिसहरू आआफ्नो तरिकाले सीधै घर जाने गरेका छन्’, धनगढी उपमहानगरपालिका क्वारेन्टाइन व्यवस्थापन समितिका संयोजक नारायण बरालले भने। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा भारतबाट हजारौं नेपाली स्वदेश आइरहेका बेला स्थानीय तहले सकेसम्म क्वारेन्टाइनमा राखेका थिए। तर, अहिले दैनिक ५ सय जना आइरहेका बेला होम क्वारेन्टाइनमा बस्न भन्दै घर जान दिइएको छ। जसले गर्दा हजारौं नेपाली फर्केको बेलाको तुलनामा अहिले गाउँगाउँमा कोरोना जोखिम बढेको छ। ‘गाउँका स्कुल भदौदेखि सञ्चालन हुने भनिएपछि त्यहाँ राखिएका क्वारेन्टाइन बन्द भए। त्यसपछि होम क्वारेन्टाइन गरिन थालिएको रहेछ’, बैतडीका नरेश सिहले भने, ‘विद्यालयहरूले अब क्वारेन्टाइन बनाउन नदिने भनिरहेका छन।’

बागलुङको बडिगाउँ गाउँपालिका–७ का हीराबहादुर खत्री, उनका छोरा तारा, भतिजा प्रेम र नाति प्रकाशसहित ६ जनाको टोली पनि आइतबारै गौरीफन्टा नाका भएर भित्रियो। तर, उनीहरूले पनि न स्थानीय जनप्रतिनिधिसँग समन्वय गरेका छन् न त घर जाने गाडीको टुंगो छ।

‘गाउँपालिका अध्यक्ष र वडाध्यक्ष दुवै जना चिनजानकै हुन तर कुरा भएको छैन’, ताराले भने, ‘घर कसरी जाने भन्ने चिन्ता भइरहेको छ। हामी त सीधै घर जाने होइन, हामीलाई स्कुल वा खाली घर खोजेरै भए पनि क्वारेन्टाइनमा राखिदिनुपर्छ।’ घरमा बाजे बज्यै, ससाना नानीबाबु पनि रहेको उनले सुनाए। ‘घरमा लसपस भइहाल्छ’, उनले भने, ‘गाउँमा खाली घर खोजी १४ दिन त्यहाँ बसेर मात्रै घर जाने हो।’

लकडाउनकै बेला नाका खुला गरिएपछि स्थानीय तहले गाडी पठाएर आआफ्ना नागरिकलाई लगेका थिए। त्यसपछि उनीहरूलाई क्वारेन्टाइनमा बसाइने गरिएको थियो। तर, अहिले थोरै आउँदा पनि वास्ता गर्न छोडिदिएका छन।

‘दिनभरिमा एक वडाका दुई–तीन जना आउने गरेका छन। पालिकाहरूले पनि सधै सीमा क्षेत्रमा सवारीसाधन कसरी राखी राखोस्। त्यसैले अहिले भारतबाट फर्केका मानिसहरू आआफ्नो तरिकाले सीधै घर जाने गरेका छन्’, धनगढी उपमहानगरपालिका क्वारेन्टाइन व्यवस्थापन समितिका संयोजक नारायण बरालले भने।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies