Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

कसरी फैलियो प्रहरी प्रधान कार्यालयभित्रै कोरोना ?

काठमाडौं । प्रहरी प्रधान कार्यालयभित्रै विगत नौ दिनमा ७२ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । तर, संक्रमणको स्रोत के हो भन्नेबारे प्रधान कार्यालय अहिलेसम्म अनभिज्ञ छ ।

आजको राजधानी दैनिकमा खबर छ- प्रधान कार्यालयमा सुरुमा ११ साउनमा चार जना प्रहरीमा संक्रमण पुष्टि भएकामा आइतबारसम्म (नौ दिनको अवधिमा) संक्रमितको संख्या ७२ पुगेको छ । सुरुमा संक्रमण पुष्टि भएका प्रहरीमध्ये तीन जना सवारी र एक जना सञ्चार शाखामा कार्यरत थिए ।

उनीहरूलाई सामान्य ज्वरो आएपछि उपचारका लागि प्रहरी अस्पताल पठाइएको थियो । प्रहरी अस्पतालले भने कोरोनाको आशंकामा उनीहरूलाई परीक्षणका लागि टेकुस्थित प्रयोगशाला पठाएको थियो । सो क्रममा प्रहरी प्रधान कार्यालयका प्रहरीमा पहिलो पटक संक्रमण पुष्टि भएको थियो ।

प्रधान कार्यालयले हालसम्म संक्रमण पुष्टि भएका प्रहरीहरूसँग सम्पर्कमा रहेका ५६ जना प्रहरीलाई प्रधान कार्यालयभित्रै क्वारेन्टिनमा राखेको छ ।

प्रधान कार्यालयले सुरुमा संक्रमण पुष्टि भएकाहरूबाटै संक्रमणको स्रोत खोजी गरिरहेको छ । प्रहरीले राजधानीमा भइरहेका प्रदर्शनहरूबाट समेत संक्रमण सरेको हुन सक्ने आशंका गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतले संक्रमणको स्रोत यही नै हो भनेर भन्ने अवस्था हालसम्म नरहेको बताए ।

‘संक्रमणको स्रोत के हो र कसरी सर्‍यो भन्ने स्वास्थ्यसँग सम्बन्धित विषय होला, हामी समेत संक्रमणको स्रोत के हो भन्नेमा अनभिज्ञ छौं,’ प्रहरी प्रवक्ता कडायतले भने ।

शनिबार मात्रै ट्राफिक प्रहरी महाशाखाका दुई ट्राफिक प्रहरीमा समेत संक्रमण पुष्टि भएको थियो । ट्राफिक महाशाखामा संक्रमण पुष्टि भएसँगै महाशाखा प्रमुख एसएसपी भीम ढकालसहित ३ सय ४२ जना महाशाखाभित्रै क्वोरेन्टिनमा छन् ।

महाशाखा प्रमुख ढकालका अनुसार महाशाखामा पहिलेबाटै क्वारेन्टिनमा बसेका ६१ जनाबाहेक २ सय ८१ जनाको कोरोना परीक्षणको तयारी महाशाखाले गरिरहेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार उपत्यकासहित देशभर आइतबारसम्म २ सय ५३ जना प्रहरीमा संक्रमण पुष्टि भइसकेको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies