Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

बाबुको हत्या गरी हतार–हतार शव जलाउन खोज्दा …

काठमाडौं। कुटपिटपछि हत्या गरी पशुपति आर्यघाटमा लगेर हतार हतार दाहसंस्कारको तयारी गरिएको शवलाई प्रहरीले आर्यघाटबाटै नियन्त्रणमा लिएको छ ।

आजको राजधानी दैनिकमा खबर छ - महानगरीय प्रहरी परिसर ललितपुरले गोदावरी नगरपालिका–९ का ५० वर्षीय रामकृष्ण नेपालीको शव पशुपति आर्यघाटमा हतार हतार जलाउने तयारी हुँदै गर्दा नियन्त्रणमा लिएको हो ।

महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी सन्तोष तामाङका अनुसार गत १५ गते साँझ कान्छा छोरा सन्तोष नेपालीले मादकपदार्थ सेवन गरी बाबु रामकृष्णलाई कुटपिट गरेका थिए । सो क्रममा लडेर घाइते भएका उनी १६ गते बिहानसम्म पनि बेहोस अवस्थामा रहेको देखेपछि पाटन अस्पताल पुर्‍याइएको थियो ।

तर, रामकृष्णका जेठा छोरा नेपाली सेनामा कार्यरत रहेकाले उनकै सुझावअनुसार घाइते रामकृष्णलाई पाटन अस्पतालबाट सैनिक अस्पताल छाउनी लगिएको थियो । छाउनी अस्पतालमा नै उनको शनिबार बिहान निधन भएको थियो ।

कुटपिटपछि घाइते भएका बुबा बिहानसम्म नै बेहोस भएपछि सन्तोषले बुबा अनियन्त्रित भई लडेर घाइते भएको भन्दै आफन्तलाई खबर गरेका थिए । तर, आफन्तहरूले भने लडेर नभई गम्भीर चोट भएकाले हत्याकै नियतले आक्रमण भएको आशंका गरेका थिए ।

सो क्रममा छाउनीमा उपचारमा संलग्न चिकित्सकले समेत टाउकामा गम्भीर चोट रहेको बताएका थिए । डिएसपी तामाङले अस्पतालसँगको सोधपुछका क्रममा टाउकामा गम्भीर चोट रहेको र आफन्तले समेत हत्याकै नियतले आक्रमण गरेको भन्दै प्रहरीमा जानकारी गराएपछि पशुपति आर्यघाटबाट शव नियन्त्रणमा लिइएको जानकारी दिए ।

प्रहरीले हत्याको आशंकामा रामकृष्णका कान्छा छोरा सन्तोष नेपालीलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies