Khabar Dabali Logo
  August 12, Wed

नेप्सेमा ४३ अङ्कको गिरावट

काठमाडौ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज झण्डै ४३ अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४२.७८ अङ्कले घटेर एक हजार ३९६.७८ मा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक ८.१९ ले घटेर २९२.७७ मा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कूूल १८९ कम्पनीको ४६ लाख ६१ हजार ६०८ कित्ता शेयर रु एक अर्ब ८४ करोड १२ लाख ४२ हजार ३३२ मूल्यमा खरिद बिक्री भए ।

आज कारोवार भएका सबै उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ४१.४८, व्यापार १६.७, होटल ७१.४३, विकास बैंक ५४.४, जलविद्युत् १४.४१, वित्त १४.२५, निर्जीवन बीमा २३१.६६, उत्पादन ६६.६२, अन्य १२.२६, लघुवित्त ७४.७७, जीवन बीमा २८३ र सामूहिक लगानी कोष ०.०७ ले घटेको छ ।

कारोवारका आधारमा आज पनि पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको कूल रु २२ करोड ६५ लाख १७ हजार ७५ बराबरको कारोवार भयो । यस्तै नेपाल लाइफ इन्स्योरेन्स रु १४ करोड ५६ लाख ८२ हजार ५४३, एनएमबी बैंक रु आठ करोड ४१ लाख ७२ हजार ८६५, हिमालयन डिस्टिलरी रु सात करोड ३५ लाख १२ हजार २५६, एनआइसी एशिया बैंक रु छ करोड ९९ लाख २६ हजार ३५०, र शिखर इन्स्योरेन्स कम्पनीको रु छ करोड ४१ लाख चार हजार १५६ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

कारोवारका आधारमा आज चौतारी लघुवित्त ९.९८, अजोड इन्स्योरेन्स ९.९७, नेपाल फाइनान्स ९.६३, छ्याङदी हाइड्रोपावरका शेयरधनीले ९.४१ प्रतिशतले कमाए । त्यस्तै, जोशी हाइड्रो पावर ९.७२, ओरियन्टल होटल ७.८८, हिमालन ऊर्जा ७.८४, खानीखोला हाइड्रोपावर ७.२७, तारागाँउ रिजेन्सी होटलका लगानीकर्ताले ६.४९ प्रतिशतले कमाए ।

साउन १८ गते, २०७७ - १८:३० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रचण्ड निवासका थप दुई जनामा कोरोना पुष्टि

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासका थप दुई जनामा कोरोना...   

युवाहरू साझा प्रतिबद्धताका साथ राष्ट्र निर्माणमा जुट्नुपर्छ : मन्त्री दुलाल

वाग्मती । वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले युवाहरूले साझा प्रतिबद्धताका साथ...   
डोटी बस दुर्घटना अपडेट : मृतक तीन जनाको सनाखत, ३३ घाइते

डोटी बस दुर्घटना अपडेट : मृतक तीन जनाको सनाखत, ३३ घाइते

डोटी । पूर्वीचौँकी गाउँपालिका–१ फुलौटमा आज बिहान करिब ६ बजे भएको बस दुर्घटनामा परी निधन भएका तीन जनाको...   

यी हुन् सरकारले कोरोनाबारे गरेका ८ नयाँ निर्णय (सूचीसहित)

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढेसँगै सरकारले केही प्रतिबन्धसहित नयाँ नियम लागू गरेको...   

सेवाग्राहीसंँग घुस लिएको अभियोगमा ६ जना प्रहरी निलम्बित

सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीअन्तर्गतका कार्यालयमा कार्यरत पाँच प्रहरी निलम्बनमा...   

कोरोना त्रास : अस्पताल डुलाउँदा डुलाउँदै दुई जनाको मृत्यु

झापा । कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण देखिएकोे जनाउँदै स्थानीय अस्पतालहरु उपचारमा पन्छिएपछि झापामा...   

सरकारले रुकुम घटनाका मृतक परिवारलाई १०/१० लाख राहत दिने

काठमाडौ । सरकारले रुकुम घटनाका मृतक परिवारलाई राहतस्वरुप १०/१० लाख उपलब्ध गराउने भएको छ । सोमबार बसेको...   
पहिलो पुस्ताका फुटबल खेलाडी सुब्बाको निधन

पहिलो पुस्ताका फुटबल खेलाडी सुब्बाको निधन

काठमाडौ । नेपाली फुटबल टोलीका पहिलो पुस्ताका खेलाडी इन्द्रसिंह सुब्बाको निधन भएको छ । सुब्बाको ८४...   

मध्यपुरथिमिको स्यानेटाइजर बनाउने उद्योगमा आगलागी

भक्तपुर । स्यानेटाइजरलगायत विभिन्न रसायन बनाउने एक उद्योगमा आज साँझ आगलागी भएको छ । मध्यपुरथिमि नगरपालिका–६...   

चीनद्वारा हङकङमा अनावश्यक गतिविधि गरेको आरोपमा ११ जना अमेरिकीमाथि प्रतिबन्धको घोषणा

बेइजिङ । अगस्ट १० तारिखदेखि हङकङ सम्बन्धमा समस्या उत्पन्न गर्ने खालका शङ्कास्पद गतिविधि गरेको आरोपमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top