Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

जसलाई सुख भन्ने थाहै छैन, सुन्दा जो कोहीको पनि आँखा रसाउँछ !

इलाम । “मेरो भाग्यमा सुख भन्ने लेखेकै छैन जस्तो लाग्छ । सधैँ पीडामाथि पीडा आइलाग्छ”, माई नगरपालिका– ९ चिसापानीका रञ्जीत कार्कीकोे जीवनी सुन्दा जो कोहीको पनि आँखा रसाउँछ, मन कुँडिन्छ र भावविह्वल भइन्छ । साँच्चिकै रञ्जीतको हालसम्मको जीवन एउटा दुःखद् कथा जस्तो छ ।

माई नगरपालिकाकै चिसापानीमा जन्मनुभएका रञ्जीतलाई सानैमा आमाले संसार छाडिन् भने बाबुले अर्की आमा ल्याएपछि घरै छाड्नुप¥यो । दुःख गरेर पाँच कक्षा पढ्नुभएका रञ्जीतको बाल्यकाल पनि मावली घरमा दुुःख गर्दैमा बित्यो । बाबुआमाको माया नपाएपछि अन्य आफन्त र छिमेकीले पनि चासो दिएनन् । खोलाको किनार छेउमा झोडा फाँडेर दुःख गर्दै रहनुभएका रञ्जीतलाई बोलाएर ‘एक छाक भात’ समेत कसैले दिएन ।

हुर्कँदै गए पनि उनको कर्म भने फेरिएन । सधैँ दुःखको दुःखै रह्यो । बाबुआमाको माया नभएपछि अर्काका घरमा दुःख गरेकै भरमा जीवन चल्दै गयो ।

आफ्नै बाबुले छोरा होइन भनेपछि

उमेर पुगेपछि (१८ वर्ष) उनले पनि नागरिकता बनाउनुपर्यो । नागरिकता बनाउन जाँदा बाबुआमाको प्रमाण सोधेपछि उनी खाली हात घर फर्किए । कतैबाट उनले आमालाई फेला पार्न सकेनन् भने बाबुले आफ्नो छोरो होइन भने । त्यस घटनाले त उनलाई झनै निराश बनायो । जसोतसो छरछिमेकी र आफन्तले सनाखत गरेपछि नागरिकता बन्यो ।

आफ्ना नाममा टेकेको भूइँ पनि नभएपछि रञ्जीतले ऐलानी जग्गाको झोडा फाँडेर घर बनाए । जेनतेन गरेर जीवन चलाइरहेका उनलाई विवाहपछि चाहिँ जीवन सुध्रिन्छ जस्तो लाग्यो । रञ्जीतको सोचाइ ठीक विपरीत ठहरियो । मागी विवाह गर्न नसकेपछि उनले सिक्किमबाट भगाएर त विवाह गरे तर ससुरालीले पनि ‘गरीबसँग विवाह गरेको’भन्दै श्रीमतीलाई माइत जान दिएनन् ।

“ससुरालीतर्फको पनि आशै हरायो । कहीँबाट पनि सहयोग आएन । हामी दुःखै गरेर चलिरह्यौँ ।’ एक जनाको ठाउँमा दुई जना भएपछि झन् दुःख त गर्नै पर्यो। खेताला गएका पैसाले सानो झुप्रो ठड्याउन भने रञ्जीत सफल भए ।

श्रीमतीको आफ्नै व्यथा

श्रीमती उमाको पनि कथा रञ्जीतकै जस्तो छ । उनले जन्म लिएको डेढ वर्षमै आमाले संसार छाडेपछि रञ्जीतको भन्दा कम पीडा भोग्नु परेन । पुरानो घर चिसापानी नै भए पनि बाध्यताले सिक्किम बसाइँ सर्नु पर्यो । जेनतेन चलिरहेकै थियो जीवन तर श्रीमतीलाई रोगले सताएपछि अस्पताल धाउनु पर्यो रञ्जीतले । धेरै अस्पतालमा उपचार गराउँदा पनि ‘जाती भइहाल्छ नि’ भन्ने आश्वासन पाए पनि रोग ‘बीसको उन्नाइस’ भएन ।

अन्तिममा झापाको एक अस्पतालमा देखाउँदा पाठेघरमा समस्या देखियो । त्यसै त दुःखमा जिइरहेका रञ्जीतलाई अब भने के गर्ने कसो गर्ने भयो । उनले भएभरका ‘लालाबाला’ बेचेर श्रीमतीको उपचार गराए । श्रीमतीको उपचार त भयो तर भएका वस्तुभाउ पनि सकिए भने कमाउने हात पनि घटे । श्रीमती गाह्रो काम गर्न नसक्ने भइन् । “घरमा छोराछोरीलाई खाना पकाउन मात्र सक्छिन् । गहुँँगो चीज उचाल्नै हुँदैन ”, रञ्जीतले भने,“घाँस पनि काट्छिन् तर लिन जानुपर्छ ।”

दुई छोरालाई मोतिबिन्दु र ऐँजेरु

उनको ठूलो छोरालाई मोतिविन्दुले सतायो । पहिले इलाम अस्पतालमै उपचार गराउँदा सामान्य भनेको बिरामी अर्को चोटि ठूलै रोग ठहरियो । जहिल्यै दुःख सहेका रञ्जीत परिवारको यो कुरा सुनेपछि होशहवास नै उड्यो । शल्यक्रियापछि उनको आँखा त बच्यो तर पहिले जस्तो देख्ने चाहिँँ भएन । अहिले पनि उनको आँखा कम्ती देखिन्छ भने चश्मा नलाई हुँदैन ।

रञ्जीतका कान्छा छोरा अर्पणको मूत्रअङ्गमा समस्या देखियो । शुरुमा सामान्य देखिएको समस्याले पछि विकराल रूप लियो । पिसाब फेर्नसमेत गाह्रो भयो भने पीप र रगत जान थाल्यो ।“शुरुमा त अलि अलि दुख्थ्यो अरे । पछि रगतै बग्न थालेपछि मात्र भन्यो ”, रञ्जीतले भने । दश वर्षीय अर्पणको उपचारका लागि रञ्जीतले धेरै अस्पताल घुमाए । यस्तो साह्रो रोग जाती नहुने भन्दै सबै अस्पताल पन्छिए । एकातिर आर्थिक अवस्था ‘अत्यन्त’नाजुक त्यसमाथि पनि छोराको रोग जाती नहुने सुनेपछि कार्की दम्पती के गर्ने कसो गर्ने अवस्थामा पुग्यो । बल्लतल्ल छोराको उपचार त भयो तर अहिले सञ्चो भएको छैन ।

“पिसाब फेर्न पनि साह्रै गाह्रो । सानो धारो मात्र झर्छ ”, रञ्जीतले भने,“कहिले सञ्चो हुने वा नहुने पत्तो छैन ।” एकातिर अहिले रञ्जीतको परिवारमा खाद्य पदार्थ अभाव छ भने अर्कातिर साहुको ऋण तगारो बनेको छ ।

‘साहुको ऋण सम्झँदा डाँको छाडेर रुन मन लाग्छ’

छोराको उपचार त रञ्जीतले गराए तर अब ऋण कसरी तिर्ने समस्या छ । श्रीमतीको उपचार गराउँदा नै रु चार लाख ऋण लागेको रञ्जीतले अझै तिर्न सकेका छैनन् भने बाँकी ऋण त तिर्ने कुरै भएन । “के गर्ने, जसै गरे पनि बाँच्नुपर्दो रहेछ”, रञ्जीतले भने,“दुःख र साहुको ऋण सम्झँदा पनि आँशु छुट्छन् । डाँको छाड्न मन लाग्छ ।” रञ्जीतको जेठा छोराको उपचारका लागि रु १२ हजार र कान्छाको उपचारका लागि रु २५ हजार लाग्यो ।“हुनेका लागि त यो रकम सानो होला तर म जस्ता घर न थरका लागि त विशाल हो ”, रञ्जीतले भने ।

आर्थिक स्थिति एकदमै नाजुक भएपछि रञ्जीतले सबैसमक्ष सहयोगका लागि आग्रह गरेका छन् । परिवारका सबै बिरामी परेपछि यति बेला रञ्जीतको काम गर्ने आत्मबल घटेको छ । “हुन त दुःख सधैँ गर्नैपर्ने रहेछ तर एक चोटिको ऋण तिरे भने चाहिँ केही गरिन्छ कि भन्ने छ ।”

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies