Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

चिनीमा ठूलो झेल, १५ दिनमै साढे २६ करोड भन्सार छली

काठमाडौं । भन्सार कर्मचारीको मिलेमतोमा व्यापारीले साढे २६ करोड रुपैयाँभन्दा बढी भन्सार छली गरेर अवैध रूपमा चिनी आयात गरेको पाइएको छ ।

आजको राजधानी दैनिकमा खबर छ - व्यापारीले गत असार मसान्तदेखि १४ साउनसम्म २६ करोड ६३ लाख २० हजार रुपैयाँ भन्सार छली गरेर अवैध रूपमा चिनी आयात गरेको पाइएको हो । त्यस क्रममा व्यापारीहरूले १ लाख २ हजार मेट्रिक टन चिनी अवैध रूपमा आयात गरेका छन् ।

स्रोतका अनुसार गत असार मसान्तदेखि १४ साउनसम्म व्यापारीले भारतको उत्तर प्रदेशबाट १ लाख ५० हजार मेट्रिक टन चिनी ल्याएका थिए, जसमध्ये ४८ हजार मेट्रिक टनको मात्रै भन्सार महसुल तिरेको पाइएको छ । बाँकी १ लाख २ हजार मेट्रिक टन चिनीको भन्सार तिरेको देखिएको छैन ।

यसरी १ लाख २ हजार मेट्रिक टन चिनी अवैध रूपमा आयात गरेको पाइएपछि राष्ट्रिय उपभोक्ता मञ्चले छानबिन तथा कारबाही गर्न माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी दिएको छ ।

मञ्चले दिएको उजुरीमा १ लाख ५० हजार मेट्रिक टन चिनी ल्याउँदा ४८ हजार मेट्रिक टनको मात्र भन्सार महसुल तिरेको पाइएकोे छ । व्यापारीले भन्सारका कर्मचारीसँगको मिलेमतोमा करोडौंको भन्सार छली गरेको उपभोक्ता मञ्चको दाबी छ ।

सरकारले बाहिरबाट आयात हुने चिनीको प्रतिमेट्रिक टन भन्सार महसुल ५० प्रतिशतभन्दा कम नहुने गरी लिने गरेको छ । तर, व्यापारीहरूले भन्सार छली गर्दै अवैध रूपमा भन्सार नाकाबाट चिनी ल्याउने गरेका छन् ।

हाल प्रतिमेट्रिक टनको मूल्य ४३६ अमेरीकी डरले पर्न जान्छ । हाल अमेरिकी डलर १ रुपैयाँ बराबर नेपाली १ सय २० रुपैयाँ हुन्छ ।

सो मूल्य नेपाली रुपैयाँमा हिसाब गर्दा प्रतिमेट्रिक टन चिनीको मूल्य २५ हजार ३ सय २० रुपैयाँ पर्न जान्छ ।

१ लाख २ हजार मेट्रिक टन चिनीको मूल्यसँग हिसाब गर्दा ५ अर्ब ३३ करोड ६६ लाख ४० हजार हुन जान्छ ।

सो चिनीको मूल्यलाई ५० प्रतिशतका दरले हिसाब गर्दा २६ करोड ६३ लाख २० हजार भन्सार महसुल लिनुपर्ने हुन्छ । तर, त्यसरी सो रकम लिएको नदेखिँदा चिनी आयातमा ठूलै चलखेल भएको हुन सक्ने आशंका गरिएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies