Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

नेपालमा १ महिनामै घटे ९ लाख मोबाइल प्रयोगकर्ता

काठमाडौं । ३ करोड जनसङ्ख्या भएको मुलुकमा ४ करोडभन्दा बढी सिमकार्ड वितरण भएपछि दूरसञ्चार पहुँच तथ्याङ्कमा शत प्रतिशतभन्दा बढी देखिन थालेको धेरै भयो ।

आजको गोरखापत्र दैनिकमा खबर छ - सेवा विस्तारको प्रतिस्पर्धामा सेवा प्रदायकले सिमकार्ड वितरणलाई बजार हिस्सा मान्न थालेपछि पछिल्लो एक वर्षयता मासिक तीन लाखभन्दा बढी सिमकार्ड वितरण हुन थाल्यो ।

तर सिमकार्ड बिक्रीमा दिनानुदिन बढ्दो ग्राफ यतिबेला भने तल झर्न थालेको छ । आश्चर्य त के छ भने दूरसञ्चार सेवा प्रदायकको यसअघि मासिक ग्राहक बढ्ने दरभन्दा घट्ने दर दोब्बरभन्दा बढी छ ।

नियामक नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्कअनुसार पुसपछि जीएसएम ग्राहकको कुल सङ्ख्यामा व्यापक गिरावट आउन थालेको हो । 

पुसमा जीएसएम ग्राहकको सङ्ख्या अहिलेसम्मकै बढी अर्थात् ४ करोड ५ लाख ९२ हजार पुगेपछि माघमा एकैपटक करिब १६ लाखले घटेर ३ करोड ९१ लाख १३ हजार पुग्यो । त्यतिबेला ग्राहक गुमाउने सरकारी लगानीको नेपाल टेलिकम मात्रै थियो ।

माघपछि एकैपटक करिब २८ लाखले जीएसएम ग्राहक घटेर फागुनमा कुल सङ्ख्या तीन करोड ६३ लाख पुग्यो । कुनै एउटा महिनामा दूरसञ्चार सेवा प्रदायकले गुमाएको अहिलेसम्मकै धेरै सङ्ख्यासमेत थियो त्यो । त्यतिबेला पनि ग्राहक गुमाउने नेपाल टेलिकम मात्रै थियो । 

प्रतिस्पर्धी एनसेल र स्मार्ट टेलिकमको ग्राहक सङ्ख्या बिस्तारै उकालो लाग्ने क्रममै थियो । चैतसम्म पुग्दा ठूलो सङ्ख्यामा ग्राहक गुमाउने प्रवृत्तिमा बे्रक लागेर ३ करोड ६२ लाख कायम भयो । त्यतिबेला ग्राहक गुमाउनेमा एनसेल मात्र थियो । एनसेलले करिब एक लाख ग्राहक गुमाएको थियो । टेलिकमले भने सामान्य भए पनि आफ्नो ग्राहक आधार बढायो ।

प्राधिकरणले पछिल्लोपटक जेठसम्म सार्वजनिक गरेको तथ्याङ्कअनुसार जीएसएम ग्राहकको सङ्ख्या तीन करोड ५३ लाख ३५ हजार छ । जुन त्यसअघिको वैशाखको तुलनामा आठ लाख ३७ हजारले कम हो । वैशाखमा जीएसएम ग्राहक सङ्ख्या तीन करोड ६१ लाख ७२ हजार थियो । 

त्यतिबेला टेलिकमको ग्राहक सङ्ख्या एक करोड ७७ लाख र एनसेलको करिब एक करोड ६३ लाख थियो । जब कि जेठमा दुवै कम्पनीका ग्राहक घटेर टेलिकमको एक करोड ७२ लाख ७७ हजार र एनसेलको १ करोड ५९ लाख १६ हजार कायम थियो ।

यसको अर्थ टेलिकमले वैशाख र जेठमा करिब ५ लाख र एनसेलले ४ लाख गरेर ९ लाख ग्राहक गुमाउन पुगे । 

तेस्रो प्रतिस्पर्धी स्मार्ट टेलिकमको जेठसम्म ग्राहक सङ्ख्या भने २१ लाख ४१ हजार पुगेको तथ्याङ्कले देखाउँछ । 

पुसमा मोबाइलको पहुँच कुल जनसङ्ख्याभन्दा ४३.२२ ले बढी रहेकामा जेठसम्म आइपुग्दा पहुँच १९.३२ प्रतिशतले घटेर १२३.९० कायम भयो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies