Khabar Dabali Logo
  August 5, Wed

नेकपाभित्रको विवाद वैचारिक र सैद्धान्तिक छैन : मुख्यमन्त्री गुरुङ

कावासोती । गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य पृथ्वीसुब्बा गुरुङले नेकपाभित्रको अहिलेको विवाद वैचारिक र सैद्धान्तिक नभएको बताएका छन् । पे्रस सङ्गठन नेपाल नवलपुर शाखाले आज कावासोतीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अहिलेको विवाद वैचारिक र सैद्धान्तिक नभएको स्पष्ट पारे ।

एकता महाधिवेशनसम्म दुवै अध्यक्ष रहने र त्यसपछि वैधानिक अध्यक्ष भित्र्याउनुको अर्को विकल्प नभएको समेत उनले तर्क गरे । अहिले अध्यक्ष हटाउने कुरा वैधानिक नभएको उल्लेख गर्दै पार्टी अध्यक्षलाई बहुमतका आधारमा हटाउनतर्फ लागे दुर्घटनामा फस्ने उनले बताएका छन् । “अहिले अध्यक्ष हटाउनतर्फ लागे गुडिरहेको गाडी दुर्घटनामा पर्छ”, मुख्यमन्त्री गुरुङले भने, “सहमतिका साथ एकता महाधिवेशन गरी वैधानिकरूपमा अध्यक्ष भित्र्याउनुको अर्को विकल्प छैन ।”

उनले अहिले प्रधानमन्त्रीको राजीनामा तर्फ जानु मात्र समस्याको समाधान नभएको समेत र प्रधानमन्त्रीबाट राजीनामा दिने कुरा पार्टीको आन्तरिक कुरा मात्रै नभएर जनताको कार्यादेश विपरीत हुने उल्लेख गरे । “निर्वाचनमा जनतासँग स्थायी सरकार चलाउने बाचाका साथ जुन कार्यादेश दिएका छन्, हाम्रो आफ्नो झगडाका कारण जनताको कार्यदेशमाथि अपमान गर्न पाइँदैन”, मुख्यमन्त्री गुरुङले भने ।

मुख्यमन्त्री गुरुङले सङ्घ र प्रदेशबीचको असमझदारी कम हुँदै गएको, प्रदेशमा समेत धेरै आधारभूत प्रबन्ध भएको बताए । उनी नेकपा प्रदेश कमिटी सदस्य स्व कुलचन्द्र महतोको शोकसभामा सहभागी हुन नवलपुर आएका थिए । यसक्रममा उनले नवलपुरमा नारायणी नदीले कटान गरेको क्षेत्रको समेत अवलोकन गरे ।

साउन १७ गते, २०७७ - २०:५९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आप्रवासी कामदार पाकेको सुविधा छाडेर स्वदेश फर्कन बाध्य

आप्रवासी कामदार पाकेको सुविधा छाडेर स्वदेश फर्कन बाध्य

काठमाडौ । संयुक्त अरब इमिरेट्स (युएई)मा एक वर्षदेखि प्रतिष्ठित होटलमा कुकको काम गर्दै आएका नवलपरासीका...   
अत्यावश्यक कामबाहेक सिंहदरबार प्रवेशमा रोक

अत्यावश्यक कामबाहेक सिंहदरबार प्रवेशमा रोक

काठमाडौ । कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशमा रोक...   
लेबनानमा भएको विस्फोटमा परी एक सय भन्दा बढीको मृत्यु, चार हजार बढी घाइते

लेबनानमा भएको विस्फोटमा परी एक सय भन्दा बढीको मृत्यु, चार हजार बढी घाइते

बेरुत । लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा मंगलबार शक्तिशाली विस्फोट भएको छ । सो विस्फोटनमा...   

मेलम्चीको पहिरोमा ज्यान गुमाएका दुई जनाको शव वीरगञ्ज पठाइयो

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका–११ मा पहिरो खस्दा पुरिएर मृत्यु भएका दुई जनाको शव वीरगञ्ज पठाइएको...   

अब सञ्चयकोषको सापटीको ब्याज ‘कनेक्ट आइपिएस’मार्फत जम्मा गर्न सकिने

काठमाडौ । कर्मचारी सञ्चयकोषले आफ्ना सञ्चयकर्ताले लिएका सबै कर्जा तथा सापटीको साँवा तथा ब्याज ‘कनेक्ट...   

सुनको मूल्यमा अहिलेसम्मकै नयाँ रेकर्ड, तोलामा १ लाख १ हजार ४ सय

काठमाडौ । कोभिड–१९ को महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय...   

विश्व स्वास्थ्य संगठनद्वारा रूसलाई कोरोना खोपसम्बन्धी निर्देशनहरू पालना गर्न आग्रह

म्याड्रिड । विश्व स्वास्थ्य संगठनले मङ्गलबार रूसलाई भाइरस खोपसम्बन्धि निर्देशनहरू पालना गर्न आग्रह...   

ओली-प्रचण्डबीचको छलफल आज पनि निष्कर्षविहीन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का २ अध्यक्षबीचको छलफल सकिएको छ । छलफलमा २ अध्यक्ष आफ्नै...   
अब कोरोनालाई लापरवाही गरे सरकारले जेल हाल्ने

अब कोरोनालाई लापरवाही गरे सरकारले जेल हाल्ने

काठमाडौ । विश्वव्यापी महामारीरुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण विस्तार नहोस् भन्ने मनसायका साथ...   

विदेशमा अलपत्र ११ सय बढी नेपाली स्वदेश फर्किए

काठमाडौ । विभिन्न मुलुकमा अलपत्र एक हजार ११५ नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ महामारीका कारण...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top