Khabar Dabali Logo
  August 5, Wed

पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्यो

काठमाडौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु दुईले वृद्धि गरेको छ । यस्तै डिजल र मट्टीतेलमा प्रतिलिटर रु १.५० ले वृद्धि गरेको छ ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पछिल्लो पटक इण्डियन आयल कर्पोरेशनबाट प्राप्त खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य केही बढेर आएकाले मूल्यमा केही वृद्धि गरिएको हो । यसअघि पेट्रोल प्रतिलिटर १०२ रुपैयाँ रहेकामा अब भने रु १०४ पुगेको छ । यस्तै डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ ५० पैसा रहेकामा अब बढेर रु ९० पुगेको छ । निगमले हवाई इन्धन र खाना पकाउने ग्यासमा भने मूल्य वृद्धि गरेको छैन ।

निगमले हालको मूल्य समायोजनपछि पनि भारतीय सीमा रक्सोलसँग जोडिएको नेपालको शहर विरगञ्जमा पेट्रोल प्रतिलिटर ३१ रुपैयाँ आठ पैसा र डिजलमा प्रतिलिटर ३६ रुपैयाँ ६९ पैसा नेपालतर्फ सस्तो रहेको छ । नेपालतर्फ पेट्रोलियम पदार्थ सस्तो हुँदा अनाधिकृत रुपमा भारततर्फ तस्करी समेत हुने गरेको छ । निगमले यसअघि भने जुलाई १६ मा इण्डियन आयल कर्पोरेशनबाट प्राप्त खरिद मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपर्ने भएपनि उपभोक्ताको हितलाई हेरेर मूल्य वृद्धि नगरेको समेत स्मरण गरेको छ ।

साउन १७ गते, २०७७ - २०:३५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनको मूल्यमा अहिलेसम्मकै नयाँ रेकर्ड, तोलामा १ लाख १ हजार ४ सय

सुनको मूल्यमा अहिलेसम्मकै नयाँ रेकर्ड, तोलामा १ लाख १ हजार ४ सय

काठमाडौ । कोभिड–१९ को महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय...   

विश्व स्वास्थ्य संगठनद्वारा रूसलाई कोरोना खोपसम्बन्धी निर्देशनहरू पालना गर्न आग्रह

म्याड्रिड । विश्व स्वास्थ्य संगठनले मङ्गलबार रूसलाई भाइरस खोपसम्बन्धि निर्देशनहरू पालना गर्न आग्रह...   

ओली-प्रचण्डबीचको छलफल आज पनि निष्कर्षविहीन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का २ अध्यक्षबीचको छलफल सकिएको छ । छलफलमा २ अध्यक्ष आफ्नै...   
अब कोरोनालाई लापरवाही गरे सरकारले जेल हाल्ने

अब कोरोनालाई लापरवाही गरे सरकारले जेल हाल्ने

काठमाडौ । विश्वव्यापी महामारीरुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण विस्तार नहोस् भन्ने मनसायका साथ...   

विदेशमा अलपत्र ११ सय बढी नेपाली स्वदेश फर्किए

काठमाडौ । विभिन्न मुलुकमा अलपत्र एक हजार ११५ नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ महामारीका कारण...   

ट्रकको ठक्करबाट छ वर्षीया बालिकाको मृत्यु

चितवन । माडी नगरपालिका–९ वगईमा आज दिउँसो ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । इलाका प्रहरी...   

बालुवाटार, अख्तियार र परराष्ट्रका कर्मचारीको कोरोना परीक्षण

काठमाडौ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले तीन सरकारी कार्यालयमा काम गर्ने कर्मचारीको...   

काठमाडौ उपत्यकाका १४ स्थानमा स्वाब सङ्कलन केन्द्र

काठमाडौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को परीक्षणको दायरा बढाउनका लागि उपत्यकाका...   

यी ३ नाकाबाट काठमाडौं प्रवेश गरेका ४० जनामा कोरोना पुष्टि

काठमाडौं । फर्फिङ नाकाबाट काठमाडौं उपत्यका प्रवेश गरेका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सो...   
पहिरो पीडितको बास पालमुनि, बालबालिका जोखिममा

पहिरो पीडितको बास पालमुनि, बालबालिका जोखिममा

डोटी । जिल्लाको पश्चिमी क्षेत्रस्थित सायल गाउँपालिका–२ भुर्केला गाउँ पहिरोको उच्च जोखिममा रहेको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top