Khabar Dabali Logo
  August 5, Wed

युवतीलाई सामूहिक बलात्कारको आरोपमा ट्रक चालकसहित तीन जना पक्राउ

रौतहट । सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

रौतहटको फतुवा विजयपुरस्थित २१ वर्षीया युवतीलाई ट्रकमै सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ट्रक चालकसहित दुुई जना सहचालकलाईे पक्राउ गरेको हो ।

चितवनको गैँडाटारबाट भुस लिन गएको ना२ख ६७४६ नंको ट्रकमा फतुवा विजयपुर– १ स्थित बलात्कार भएको प्राप्त सूचनाका आधारमा प्रहरी निरीक्षक चन्द्रकिशोर साह नेतृत्वको टोलीले पीडित युवतीलाई उद्धार गरी आरोपित तीनै जनालाई पक्राउ गरेको रौतहटका प्रहरी उपरीक्षक रविराज खड्काले बताए । उनका अनुसार पक्राउ पर्नेमा तनहुँ जिल्ला ब्यास नगरपालिका–१ का ट्रक चालक २९ वर्षीय विष्णुप्रसाद रानाभाट, सोही ठाउँका सहचालक १८ वर्षीय विनोद रानाभाट र १९ वर्षीय केशर मगर रहेका छन् ।

बाराको पथलैयास्थित बाटोमा गत बिहीबार साँझ अलपत्र रहेकी २१ वर्षीया युवतीलाई घर पुर्याइदिन्छु भनी उनीहरुले ट्रकमा ल्याएका थिए । बरगिनिया चोकस्थित एकान्तमा पुगेर सोही राति युवतीलाई डराइ धम्क्याइ ट्रकभित्रै तीनै जनाले पालोपालो बलात्कार गरेपछि पीडितले रोइकराइ गर्दा स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

पीडित युवतीको शुक्रबार साँझ स्वास्थ्य जाँच भइसकेको छ । आरोपी तीनै जनामाथि जबर्जस्ती करणीसम्बन्धी मुद्दा दर्ता भई शुक्रबार जिल्ला अदालत गौरबाट १५ दिनको म्यादसमेत थमाइएको प्रहरीले जनाएको छ । बरामद ट्रक इलाका प्रहरी कार्यालय विजयपुरको नियन्त्रणमा रहेको प्रहरी निरीक्षक चन्द्रकिशोर साहले बताए । पीडित युवतीको अभिभावक हालसम्म सम्पर्कमा नआएकाले उनलाई तत्काल महिला तथा बालबालिका सेवा केन्द्र गरुडामा राखिएको प्रहरीले जनाएको छ ।

साउन १७ गते, २०७७ - १६:२३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लेबनानमा भएको विस्फोटमा परी एक सय भन्दा बढीको मृत्यु, चार हजार बढी घाइते

लेबनानमा भएको विस्फोटमा परी एक सय भन्दा बढीको मृत्यु, चार हजार बढी घाइते

बेरुत । लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा मंगलबार शक्तिशाली विस्फोट भएको छ । सो विस्फोटनमा...   

मेलम्चीको पहिरोमा ज्यान गुमाएका दुई जनाको शव वीरगञ्ज पठाइयो

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका–११ मा पहिरो खस्दा पुरिएर मृत्यु भएका दुई जनाको शव वीरगञ्ज पठाइएको...   

अब सञ्चयकोषको सापटीको ब्याज ‘कनेक्ट आइपिएस’मार्फत जम्मा गर्न सकिने

काठमाडौ । कर्मचारी सञ्चयकोषले आफ्ना सञ्चयकर्ताले लिएका सबै कर्जा तथा सापटीको साँवा तथा ब्याज ‘कनेक्ट...   

सुनको मूल्यमा अहिलेसम्मकै नयाँ रेकर्ड, तोलामा १ लाख १ हजार ४ सय

काठमाडौ । कोभिड–१९ को महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय...   

विश्व स्वास्थ्य संगठनद्वारा रूसलाई कोरोना खोपसम्बन्धी निर्देशनहरू पालना गर्न आग्रह

म्याड्रिड । विश्व स्वास्थ्य संगठनले मङ्गलबार रूसलाई भाइरस खोपसम्बन्धि निर्देशनहरू पालना गर्न आग्रह...   

ओली-प्रचण्डबीचको छलफल आज पनि निष्कर्षविहीन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का २ अध्यक्षबीचको छलफल सकिएको छ । छलफलमा २ अध्यक्ष आफ्नै...   
अब कोरोनालाई लापरवाही गरे सरकारले जेल हाल्ने

अब कोरोनालाई लापरवाही गरे सरकारले जेल हाल्ने

काठमाडौ । विश्वव्यापी महामारीरुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण विस्तार नहोस् भन्ने मनसायका साथ...   

विदेशमा अलपत्र ११ सय बढी नेपाली स्वदेश फर्किए

काठमाडौ । विभिन्न मुलुकमा अलपत्र एक हजार ११५ नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ महामारीका कारण...   

ट्रकको ठक्करबाट छ वर्षीया बालिकाको मृत्यु

चितवन । माडी नगरपालिका–९ वगईमा आज दिउँसो ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । इलाका प्रहरी...   

बालुवाटार, अख्तियार र परराष्ट्रका कर्मचारीको कोरोना परीक्षण

काठमाडौ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले तीन सरकारी कार्यालयमा काम गर्ने कर्मचारीको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top