Ntc summer Offer
Khabar Dabali ४ बैशाख २०८१ मंगलवार | 16th April, 2024 Tue
NIMB

निषेधाज्ञा र लकडाउनका कारण सप्तरीमा घरमै मनाइयो बकर इद

सप्तरी । सप्तरीका इस्लाम धर्मावलम्बीले आफ्नै घरघरमा बसेर आज ‘बकर इद ९इदुल जोहा०’ मनाएका छन् । कोरोना महामारीका कारण ठूलो सङ्ख्यामा मस्जिदमा भेला भएर तथा इष्टमित्रलाई घरमा बोलाएर यस वर्षको ‘बकर इद’ मनाउन नपाएपछि इस्लाम धर्मावलम्बीले घरपरिवारमा सीमित भएर पर्व मनाएका हुन् ।

देशमा लकडाउन खुलेपछि दोस्रो महान् पर्व हर्षोल्लासपूर्वक मनाउने आशामा बसेका सप्तरीका इस्लाम धर्मावलम्बीले सप्तरीको राजविराजमा लागेको निषेधाज्ञा र विभिन्न स्थानीय तहमा लागेको लकडाउनका कारण घरमै पर्व मनाएका छन् ।

धेरै जनाले घरमै बकर इद पर्व मनाइरहँदा राजविराज नगरपालिका– ४ स्थित जामे मस्जिदमा फाटफुट पुरुष मात्र नमाज पढन पुगेका थिए । तीन हजारसम्म अटाउनसक्ने सो मस्जिदमा सामाजिक दूरी कायम गरी ६०÷६० जनाका दरले दुई सिफ्टमा नमाज पढिएको राजविराज–४ का सरफराज अन्सारीले बताए ।

जिल्लाभरीकै इस्लाम धर्मावलम्बी आउनसक्ने सो जामे मस्जिदमा यो वर्ष राजविराज– ४ का सीमित मानिस मात्र रहेको उनले बताए । कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण पाहुना, अतिथिको उपस्थितिविना नै बकर इद मनाइएको राजविराज नगरपालिका– ११ झल्हीका इमरान अलीले बताए ।

यसअघि बकर इदमा अन्य धर्म, जातिका साथीभाइकोसमेत उपस्थितिमा खानपिन गरेर रमाइलो हुने गर्दथ्यो । तर यस वर्ष इद झै बकर इद पनि इष्टमित्रविना मनाउनुपरेको अलीले बताउनुभयो । सप्तरीको शम्भुनाथ नगरपालिका–२ का अनवर अलीले भने, “देशभरी लकडाउन खोलिँदा शम्भुनाथ नगरपालिकामा बिहीबारदेखि लकडाउन पुनः कडा पारिएकाले बाहिरका कसैलाई पनि बोलाइएन, परिवारका सीमित व्यक्ति बसेर मनायौँ ।”

“कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण स्थानीय तह र स्थानीय प्रशासनले भेला, जमघट हुन रोक लगाएका कारण पर्व मनाउने शैलीमा फेरबदल गरिएको हो”, सरफराज अन्सारीले भन्नुभयो, “भेला, जमघट नभए पनि कुर्बानी ९बलिदान० को मासु तीन भागमा बाँडेर खायौँ । नमाज पढेर आएपछि खसीको बलि दिएको बताएका अन्सारीले थपे, “काटिएको खसीको १८ किलोलाई तीन भाग लगाई एक भाग गरिब एवं विपन्न परिवारलाई, अर्को एक भाग इष्टमित्रलाई र तेस्रो भाग परिवार बसेर खाइरहेका छौँ ।”

इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । यस दिन मुस्लिम धर्मावलम्बी बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकआपसमा अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गरिन्छ । तर कोरोनाको कहरले अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गर्ने र हात मिलाउने प्रचलन हटेको राजविराज–४ का शेरु खानले बताए । अङ्कमाल र हात मिलाउनुको साटो अब अदाब गरेर शुभकामना आदानप्रदान गर्न थालिएको खानले जानकारी दिए ।

कोरोना भाइरसको सङ्क्रमण फैलनसक्ने भएकाले मुस्लिम आयोग, स्थानीय तह र स्थानीय प्रशासनले विज्ञप्ति र सूचना जारी गरी घरमै बसेर सुरक्षितरुपमा बकर इद मनाउन आह्वान गरेकाले घरमै मनाइएको कल्याणपुरका ऐयुव राइनले बताए ।

हिजरी संवत्अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको इस्लामी सङ्घ नेपालको सप्तरी अध्यक्ष कलिम खानले जानकारी दिए। “इब्राहिमलाई सबैभन्दा नजिकको प्यारो चीज कुर्वान ९बलिदान० दिन अल्लाहको आदेश थियो, जसअनुसार उहाँले छोरा इस्माएल अलेह सलामलाई बलिदान दिन तयार हुँदा अल्लाह आफँै आएर परीक्षामा उत्तीर्ण भइस्, यो भेडालाई बलिदान गर भनी आदेश दिए, यही घटनाका आधारमा यो पर्व मनाउन शुरु भएको हो”, पर्वको ऐतिहासिक पृष्ठभूमि बताउँदै खानले भने ।

मौलवी हारुन अन्सारीले ऐतिहासिक बकर इद पर्वका आधार बनेका इब्राहिमको वंशमा सन् ५७१ मा मक्कामा मोहम्मद सलल्ला जन्मिइ निरन्तरता दिएको बताए । जसले यो पर्व एवं धर्मलाई पुस्तान्तरण गर्न महत्वपूर्ण योगदान गर्दै ‘हदिस’ नामक धर्मग्रन्थको रचना गरेका थिए । “जुन ग्रन्थलाई अहिले मुस्लिम धार्मिक विद्यालय मदरसामा समेत अध्ययन अध्यापन गराइन्छ, मक्कामा जन्मिएका सलल्ला ५३ वर्षको उमेरपछि मदिनामा सर्नुभएको थियो, यही सम्झनामा साउदी अरबमा पर्ने यी दुवै तीर्थस्थलमा ठूलो मेला लाग्ने गरेको छ”, अनसारीले भने ।

यस पर्वका अवसरमा मक्का मदिना जानु शुभ मानिने भए पनि यस वर्ष कोरोनाका कारण अन्तरराष्ट्रिय उडानसमेत बन्द रहेको छ । जसका कारण हजयात्री मक्का मदिना जान पाएनन् । मक्का मदिना जान नपाएका हजयात्रीलेसमेत घरघरमै बकर इद मनाएका छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies