Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

तारे होटलको तयारी तीव्र : व्यावसायिक प्रतिस्पर्धा मुख्य चुनौती

काठमाडौं । बन्दाबन्दीको चार महिनापछि होटल तथा रेस्टुराँ व्यवसाय खुलेसँगै पाँचतारे होटलले पनि सेवा सञ्चालनको तयारी तीव्र पारेका छन् । सरकारले साउन १५ देखि होटल व्यवसाय सञ्चालन गर्ने निर्णय गरेसँगै स्वास्थ्य प्रोटोकल अपनाइ आवश्यकताअनुरुप जनशक्ति व्यवस्थापन गरी सेवा सञ्चालन गर्ने तयारी गरेका हुन् ।

चार महिना प्रायः ठप्प होटलको विजनेश विदेशी पर्यटकमा निर्भर रहने हुँदा अझै केही समय समस्यामा पर्ने देखिएको छ । खासगरी तीन तारेदेखि पाँचतारे होटललाई समस्या हुने देखिन्छ । एकातिर पर्यटक कम आएमा व्यवसाय बढ्ने अवस्था छैन भने अर्कोतर्फ होटलबीचको प्रतिस्पर्धाले व्यावसायिक पक्कड जमाउन जटिल हुने व्यवसायीको बुझाइ छ । सरकारले भदौ १ गते देखि आन्तरिक र अन्तरराष्ट्रिय व्यावसायिक उडान सञ्चालन गर्ने निर्णय गरेको छ ।

खर्बौं लगानी रहेका एक दर्जनबढी पाँचतारे होटलको आन्तरिक प्रतिस्पर्धा नै अबको चुनौती भएको सम्बद्ध व्यवसायी बताउँछन् । नेपालमा कोभिड–१९ सङ्क्रमणको जोखिम कम रहेको सन्देश दिन र अन्तरराष्ट्रिय उडान सञ्चालन भएपछि केही सङ्ख्यामा विदेशी पर्यटक आउनसक्ने अनुमानसहित ती पर्यटकलाई आफ्नो होटलमा तान्न पाँचतारे होटलबीच प्रतिस्पर्धा हुनसक्ने उनीहरुको बुझाइ छ ।

होटल एशोसिएसन अफ नेपालका अध्यक्ष सिर्जना राणाले पाँचतारे होटलबीच शुल्कमा अस्वस्थ्य प्रतिस्पर्धा हुनसक्ने सम्भावना रहेको बताइन्। सेवासुविधामा अस्वस्थ प्रतिस्पर्धा भएमा होटल क्षेत्रलाई नकारात्मक असर पुग्ने उनको भनाइ छ । उनले होटलको सेवालाई गुणस्तरीय बनाइ सेवा शुल्कमा एकरुपता ल्याउनसके उद्योगलाई दिर्घायु बनाउन सहज हुने विश्वास व्यक्त गरे ।

कोभिड–१९ सङ्क्रमणको जोखिमका कारण पूर्ण क्षमतामा होटल सञ्चलन गर्ने अवस्था छैन । अहिले पूर्ण क्षमताको एक तिहाइमात्रै सेवा सञ्चालन हुने हानले जनाएको छ । त्यसैले खर्च उठाउनका लागि पनि होटलबीच अस्वस्थ प्रतिस्पर्धा हुने सम्भावना छ ।

पाँचतारे सोल्टी होटलका उपाध्यक्ष सुदर्शन चपागाईंले बन्दाबन्दीपछि होटल व्यवसाय सञ्चालनमा आन्तरिक प्रतिस्पर्धा मुख्य चुनौती रहेको बताए । उनले होटलबीच अस्वस्थ्य प्रतिस्पर्धा भएकाले होटलको सुविधा कटौती हुनसक्ने सम्भावना रहेको भन्दै सरकारले नै न्यूनतम स्ट्याण्डर्ड तोकेर होटललाई निर्देशन दिनसके सम्भावित प्रतिस्पर्धा कम हुने उल्लेख गरे ।

पाँचतारे होटलका लािग मुख्य बजार छिमेकी मुलुक भारत र चीन भएकाले ती देशको स्थिति सामान्य नहुँदासम्म पर्यटकको सङ्ख्यामा बढोत्तरी हुने अवस्था छैन । त्यसैले होटल सञ्चालन गर्न दिएपछि सरकारले कसरी ‘सर्भाइभ’ गर्ने भन्ने चुनौती देखापरेको उपाध्यक्ष सापकोटाले बताए । धेरैजसो होटलको सञ्चालन खर्च ठूलो भएकाले त्यसलाई कभर गर्न चुनौती छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि बनाइएको मापदण्ड पूरा गर्दा कम्तीमा पनि ३० देखि ५० प्रतिशतसम्म सञ्चालन खर्च बढ्ने व्यवसायीको भनाइ छ ।

नेपालमा कोभिड–१९ सङ्क्रमण देखिए पनि मृत्युदर धेरै कम भएकाले नेपाल पर्यटनका लागि सुरक्षित गन्तब्य हो भन्ने सकारात्मक आधार रहेकाले पर्यटक बढ्नेमा व्यवसायी आशावादी छन् । तीन तारेसम्मका होटल आन्तरिक पर्यटकले सर्भाइभ गराउन सक्नेगरी सरकारले नीतिगत व्यवस्था गर्नुपर्नेमा पनि उनीहरुको जोड छ । सरकारले यही साउन १५ देखि होटल व्यवसाय सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । बन्दाबन्दीपछिको पर्यटन क्षेत्रलाई होटल क्षेत्रले पनि स्वास्थ्य सुरक्षा मापदण्डलाई पालना गर्दै व्यवसाय सञ्चालन गरेका छन् ।

बन्दाबन्दीको करिब चार महिना व्यवसाय प्रायः ठप्प भएको होटल व्यवसायलाई गतिशील तुल्याउन अबका दिन निकै कठिन हुनेछन् । तीन तारेसम्मका होटल आन्तरिक पर्यटनले धान्न सकिने र अन्तरराष्ट्रिय उडान खुलेसँगै विदेशी पर्यटक आउने आशमा व्यवसायीले सञ्चालनको पूर्वतयारी गरिरहेका हुन् । हानका प्रथम उपाध्यक्ष विनायक शाहले शुरुमा पूर्ण क्षमताको १० प्रतिशत मात्र होटल व्यवसाय सञ्चालन गरिने र क्रमशः अवस्था हेरेर क्षमता बढाउँदै लगिने बताए ।

तीनतारे एयरपोर्ट होटलका प्रबन्ध निर्देशकसमेत रहनुभएका उपाध्यक्ष शाहले अगाडिको बुकिङका लागि पूर्वअभ्यसका रुपमा होटल सञ्चालनमा ल्याइएको बताए। उनले केही साना बैठक, सभा तथा पारिवारिक जमघटका लागि उपयोगी भए पनि हामी तयारी अवस्थामा छौँ भन्ने सन्देश दिन पनि सेवा शुरु गरिएको उल्लेख गरे । उपाध्यक्ष शाहले भने, “अहिले होटल खुले पनि १५ दिन व्यवसाय हुने अवस्था छैन । भदौ १ देखि अन्तरराष्ट्रिय उडान पनि खुल्ने भएकाले अउने पर्यटकलाई हामी सेवा दिन तयारी अवस्थामा छौँ भन्ने सन्देश दिन होटल क्षेत्र सक्षम भएका छन् ।”

विदेशी पर्यटकको आत्मविश्वास बढाउन विमानस्थलमा पिसिआर सेन्टर स्थापना गरेर चाँडो रिपोर्ट लिन सकिन व्यवस्था मिलाउनसके उपयुक्त हुने व्यवसायीको अपेक्षा छ । साथै अनअराइभल प्रवेशाज्ञा जस्ता योजना ल्याउन सकेको खण्डमा पर्यटन व्यवसाय छिट्टै लयमा फर्कने उपाध्यक्ष शाहले बताए।

नेपालमा हाल १५ वटा पाँचतारे होटल रहेकामा बन्द रहेको पोखराको फूलबारी रिसोर्टबाहेक १४ होटल सञ्चालनमा छन् । हानमा आबद्ध देशभर पर्यटकस्तरदेखि पाँचतारेसम्मका तीन हजार ५०० होटल सञ्चालनमा छन् । सरकारी तथ्याङ्कअनुसार हाल होटल क्षेत्रमा ४४ हजार श्यया छन् । हालको अवस्थामा २५ लाख पर्यटकलाई सेवा दिन सकिने व्यवसायी बताउँछन् । होटल क्षेत्रमा १५ खर्बभन्दा बढी लगानी रहेको छ । नेपाल पर्यटन बोर्डले हालै गरेको एक अध्ययनअनुसार बन्दाबन्दीको चार महिनामा होटल तथा हवाई क्षेत्रमा रु ४१ अर्ब नोक्सानी भएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies