


‘केटाकेटीको देश’- कविता


-
-
साउन १७ गते, २०७७ - ११:०३

काठमाडाै ।
बाबुले स्वतन्त्रताको गीत लेख्छन
आमाले त्यही गीत गाउन जान्दिनन
केटाकेटीहरूले
रंगीन पुतली छोपी डोको भित्र थुन्छन
जब डोकोमा प्वाल देख्छन
तत्काल डालो माग्न
आमालाई चिमोट्छन !
बहिनीलाई नजर लगाउने आँखाहरूलाई
दाजुहरूले फुटालिदिन्छन !
अनि
नफुटेका आफ्ना आँखाहरूले
बहिनीका साथीहरूका
वक्ष र नितम्बमा नजर लाउँछन !
केटाकेटीहरूले
दाजुको कोठाको ठूलो ऐनामा
दिदीको नङपालिस दलिदिन्छन !
भिनाजुले दिदी लैजान्छन
दिदीले सम्पत्ति लैजान्छिन
भिनाजुले ‘भैगो,म संग छ’ भन्दैनन !
जत्ती नै सम्झाए पनि,
‘ज्वाइँ चेला संग माग्नुहुन्न’ भने पनि
केटाकेटीहरूले
भिनाजु संग पैसा माग्छन
र
खेलौनामा बन्दूक किन्छन !!
अग्ला घरहरूले घाम छेक्छन,
चौरको दुबो मारिदिन्छन !
केटाकेटीहरू धुलोमा खेल्छन,
बललाई हिलोमा चोबल्छन
र
ताकी ताकी शीशमहलमा हान्छन !
अहंकार फुटाइदिए पछि केटाकेटीहरूले
रुन्चे अनुनय गर्छन-
‘अंकल मैले हैन,त्यसले हो !’
केटाकेटीहरू
अलि अलि राजनीति पनि गर्छन !
वाद ल्याउँछन,तन्त्र ल्याउँछन
व्यवस्था जन्माउँछन
र
सरकार बनाउँछन !
सरकार बनाए पछि
ठूला मानिसहरू कुम्भ निंद निदाउँछन !
तर
केटाकेटीहरूले
बाँस ल्याउँछन,पाती ल्याउँछन
सिमली ल्याउँछन,झिंगटी ल्याउँछन
र
घर बनाउँछन,
भाँडाकुटी खेल्छन !
सबै भाँडाहरू अटेनन भने कुटीमा
केटाकेटीहरूले
त्यसलाई भत्काउँछन
र
नयाँ बनाउँछन !
केटाकेटीहरू
सबै अट्ने
सृष्टि र व्यवस्थामा विस्वास गर्छन !
केटाकेटीहरू निदाउँदैनन !!
नुहाइदिने बेला केटाकेटीहरू
लाजले आँखा चिम्लिन्छन
साना हत्केलाले
कलिला अंग ढाक्छन !!
तर
अड्डामा, अदालतमा
टिभीको पर्दामा, अखबारका छातीमा
साँधमा, सिमानामा
दरबारमा, मन्दिरमा
ठूला मानिसहरू नाङगै उभिन्छन
र
दूधले नुहाइरहन्छन !
थाहा पाउनुभो रु
अचेल किन केटाकेटीहरू
दूध खान अटेरी गर्छन ?!
केटाकेटीहरूले
सेतो भित्रको कालो देख्दछन !
अब देखि,
घर,समाज र देश
केटाकेटीलाई चलाउन दिऊँ !!
✍️ हेमन्त गिरी,जापान

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेपछि पत्रकार वाग्लेले भने: अब तेस्रो जनआन्दोलन सुरु भयो
काठमाडौँ । प्रतिनिधिसभा विघटनको विरुद्ध नागरिक आन्दोलन भइरहेको बेला प्रहरीले हस्तक्षेप गरेकोे...चौतारोमा बसेर अध्यक्ष घोषणा गर्नेलाई निर्वाचन आयोगले उचित जवाफ दियाे : प्रधानमन्त्री ओली
काठमाडाौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाललाई लक्षित गर्दै चौतारीमा बसेर पार्टी...नागरिक आन्दोलनमा प्रहरीको हस्तक्षेप, पत्रकार वाग्लेसहित प्रदर्शनकारी घाइते
काठमाडौँ । बृहत नागरिक आन्दोलनमा नेपाल प्रहरीले हस्तक्षेप गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले...गृहमन्त्री थापाले भने : चुनावको मिति पछाडि सर्न सक्छ
कालिकोट । गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभा विघटन मुद्दामा अदालतको फैसला ढिलो भए निर्वाचन...केपी ओलीको पार्टी धुलो छाप पार्टी हो, कोही नजानुहोला : नेपाल
काठमाडौँ । नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको...निर्वाचन आयोग आफ्नो जिम्मेवारीबाट पन्छियो : बर्षमान पुन
बुटवल । नेपाल कम्युष्टि पार्टी नेकपा प्रचण्ड–नेपाल पक्षका नेता वर्षमान पुनले निर्वाचन आयोग आफ्नो...प्रचण्डले शिलान्यास गरेको राप्ती नदीको पुल प्रधानमन्त्रीद्वारा उद्घाटन
लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाको राप्ती नदीमा...ओलीले गर्ने सभा जत्रो भएपनि उनले कलंकको टीका लगाइसके : प्रचण्ड
काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा...प्रचण्ड–माधव पक्षबाट थप आन्दोलनको घोषणा, २८ गते काठमाडौंमा वृहत प्रदर्शन
काठमाडौं । नेपाल कम्युष्टि पार्टी नेकपा प्रचण्ड–माधव पक्षले संसद विघटनविरुद्ध आन्दोलनका थप कार्यक्रम...गण्डकीमा १७ हजार ३९६ जनालाई कोरोना खोप आइपुग्यो
कास्की । गण्डकी प्रदेशमा कोरोनाविरुद्धकोे ‘कोभिसिल्ड’ खोप आइपुगेको छ । भारतले नेपाललार्ई अनुदानमा...
