Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

सुनको ‘कमिसन खान’ घटनास्थल नै परिवर्तन, यसरी खुल्यो अपराधको ‘नालीबेली’

सूचना चुहिएपछि योजनाकार झोला बुझाएर भागेका थिए

काठमाडौं । महानगरीय प्रहरी वृत्त दरबारमार्गका डीएसपी रञ्जन दाहाललाई मंगलबार बिहान करिब ९ बजे मोबाइलमा कल आयो, ‘तस्करीको सुन बोकेको बा ६ च ५५१९ नम्बरको स्कार्पियो कमलपोखरीबाट कमलादीतर्फ आउँदै छ ।’ फोन दरबारमार्ग वृत्तकै घुमुवा प्रहरी प्रसन्न श्रेष्ठले गरेका थिए । फोन गरेर प्रसन्न गाडीको पछि दगुरे ।

आजको कान्तिपुर दैनिकमा खबर छ - प्रसन्नकै साथमा अर्का घुमुवा प्रहरी बहादुरसिंह कठायत थिए । उनीहरूसँग भारत गुजरातका कौशल पटेल थिए । कौशलले गाडीमा रहेका एक व्यक्तिलाई फोन गरेर प्रहरीले पिछा गरेको सूचना दिँदै ‘सामान दिएर भाग्नू’ भने ।

उता डीएसपी दाहालले कमलपोखरीबाट प्रज्ञा प्रतिष्ठान र दरबारमार्ग (महेन्द्र सालिक) तर्फ जाने बाटो घेरा हाल्न लगाए । सवारी हुलियाको खोजी गरियो । प्रसन्न गाडी पछ्याउँदै सुन्धारा पुगिसकेका थिए । कौशल सम्पर्कमै थिए ।

स्कार्पियो सहिदगेटबाट त्रिपुरेश्वर जाने बाटोतर्फ रोकियो । गाडीमा चालकसहित ३ जना रहेकामा एक व्यक्ति झोला बोकेर ओर्लिए । त्यो झोला प्रसन्नलाई दिए । त्यसपछि गाडीमा रहेका तीनै जना त्रिपुरेश्वर हुँदै बाटो लागे । यता कौशल केही बेरपछि पक्राउ परे । त्यसअघि कौशल घुमुवा कठायतसँगै थिए ।

प्रहरी स्रोतका अनुसार कुनै व्यापारी वा व्यक्तिलाई सामान बेच्नका लागि प्रबन्ध मिलाउने क्रममा सूचना चुहिएको थियो । प्रसन्नले झोलामा भएको सामानमध्ये सुनजस्तो १ केजी पहेंलो धातु बागबजारस्थित मोबाइल पसल सञ्चालक उमेश श्रेष्ठको कोठामा लगेर राखे र बाँकी आफूले कमलादीबाट बरामद गरेको भन्दै डीएसपी दाहाललाई बुझाए ।

कमलादीमा तस्कर झोला मिल्काएर भागेको भन्दै डीएसपी दाहालले काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीलाई जानकारी दिए । ज्ञवाली आफैं सुनचाँदी व्यवसायी महासंघ पुगेर परीक्षण गर्दा साढे १४ केजी सामान सुनले लेपन गरेको चाँदी र ७ सय ५० ग्राम सक्कली सुन भएको पाइयो । यसको मूल्य करिब ५८ लाख जति पर्ने देखियो । साथमा २ थान पेस्तोल पनि थियो ।

एकातिर तस्करीमा संलग्न व्यक्तिबाटै झोला मिल्काएको भनिनु र अर्कातिर घटनास्थल कमलादी भएको जानकारी स्वयं डीएसपी दाहालले परिसरमा गराउनुले घटना शंकास्पद बन्यो । चौबीसै घण्टा प्रहरी पहरा रहने क्षेत्रबाट कसरी एकाएक गाडी गायब बन्यो, प्रहरी गाडी खोज्नभन्दा सुन परीक्षण गर्नतिर किन केन्द्रित भयो भन्ने प्रश्न उब्जियो ।

वृत्तले दिएको जानकारीअनुसार नै परिसर प्रमुख ज्ञवालीले पत्रकार सम्मेलन गरेर घटनास्थल कमलादी भएको र त्यहींबाट झोला बरामद गरिएको जानकारी दिए । ‘तर घटनास्थल सुन्धारा रहेछ,’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने, ‘दरबारमार्गका घुमुवाले सामान बुझेका कारण प्रहरी वृत्त जनसेवा घटनास्थल भए पनि कमलादी उल्लेख गरियो । सक्कली सुन भएको भन्ठानेर त्यसबाट आउने कमिसनरसुराकी भत्ताको लोभमा परेको देखिन्छ ।’

गाडी फेला नपरेपछि सूचना दिने घुमुवा प्रहरी कठायत नै पक्राउ परे । उनको बयानका आधारमा अर्का घुमुवा प्रसन्न समातिए । प्रसन्नको बयानपछि उमेशको कोठा खानतलासी गर्दा १ केजी सुनजस्तो धातु बरामद भयो । उमेश पक्राउ परे ।

उनीहरूसँग सम्पर्कमा रहेका भारतीय नागरिक कौशल पनि समातिए । ‘हामीलाई सक्कली सुन भनिएको थियो, त्यही भएर १ केजी ४ जनाले बाँड्ने गरी राखेर बाँकी प्रहरीमा बुझाएका हौं,’ एक घुमुवाले बयानमा भनेका छन् ।

घटनास्थलको गलत जानकारी र अपराध अनुसन्धानमा लापरबाही गरेको भन्दै महानगरीय प्रहरी कार्यालयमा दरबारमार्गका डीएसपी दाहाललाई फिर्ता बोलाइसकेको छ । ‘गलत विवरण दिनुका साथै प्रभावकारी अनुसन्धान गर्न नसकेपछि डीएसपीलाई फिर्ता बोलाएर अर्कैलाई वृत्तमा पठाइएको छ,’ स्रोतले भन्यो ।

अनि खुल्यो अपराधको नालीबेली

अनुसन्धानमा संलग्न स्रोतका अनुसार घुमुवा प्रहरीकै मिलेमतोमा गाडीलाई भगाइएको थियो । घुमुवा र सुरुको सूचना दिने कौशलसँग रहेका मोबाइल नम्बरको प्राविधिक अनुसन्धानमा प्रहरी जुट्यो । सहिदगेट–सुन्धाराबाट गाडीमा भागेका मानिस ललितपुरको नखिपोट क्षेत्रसम्म मोबाइल सम्पर्कमा रहेको खुल्यो ।

स्रोतका अनुसार उनीहरू थिए– बाराका इल्ताफ हुसेन अन्सारी र उनका सहयोगी भारत गुजरातका सञ्जय पटेल । तेस्रा व्यक्ति निलेश सखिया थिए । नखिपोटमा पुगेपछि उनीहरूले मोबाइल अफ गरेका थिए ।

निलेश, विजय पटेल र देवान पटेल एक ठाउँमा भेटिएर काठमाडौंबाट भागे । भाग्नुअघि इल्ताफलाई उनीहरूले सम्पर्क गरेको मोबाइल नम्बरका आधारमा महाशाखाको टोली काठमाडौंबाट नवलपरासीतर्फ लाग्यो । पूर्वी नवलपरासी जिल्ला प्रहरी र महाशाखाको टोलीले दुम्कीबास पुगेका बेला गुजरातकै देवान र विजय तथा निलेश बुधबार पक्राउ परे ।

बिहीबार दिउँसो नै इल्ताफले चलाएको गाडी नखिपोटकै अम्बरबहादुर राईको निर्माणाधीन घर परिसरबाट बरामद भयो । निलेश घुमुवा प्रहरी प्रसन्नलाई झोला दिने व्यक्ति हुन् । गाडी भने इल्ताफले चलाएका थिए ।

नवलपरासीबाट पक्राउ परेका तीनै जनालाई काठमाडौं ल्याएर प्रहरीले अनुसन्धान गरिरहेको छ । इल्ताफ र सञ्जय फरार छन् । महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापाले उनीहरूको लुटपाट र ठगीको नियत रहेको दाबी गर्छन् । ‘पहेँलो धातुले लेपन गरेको वस्तुलाई सुन भनेर व्यापारी ठग्न र लुटपाट गर्न खोजिएको देखिन्छ,’ थापाले भने, ‘बीचमै सूचना चुहिएकाले सामान छोडेर भागेका हुन सक्छन् ।’

घटनास्थल, उद्देश्य र घटनामा फरार भएका व्यक्तिबारे अनुसन्धान भइरहेको उनले बताए । फरार भएका व्यक्तिको पनि पहिचान भइसकेकाले छिट्टै पक्राउ पर्ने थापाले बताए । पक्राउ परेकाहरूसँग बयान लिइरहेकाले सबै कुरा अहिले नै भन्न नसकिने उनको भनाइ छ ।

को हुन् मुख्य योजनाकार इल्ताफ ?

इल्ताफ हुसेन अन्सारी लुटपाट र तस्करीका मुख्य योजनाकार रहेको प्रहरी स्रोत बताउँछ । उनी बाराको साविक प्रस्टोखा–२, हरपुरका बासिन्दा हुन् । उनको ललितपुर नखिपोटमा पनि घर छ । इल्ताफ जाली नोट कारोबारमा अदालतबाट सजाय भुक्तान गरेर छुटेका व्यक्ति हुन् । हतियारको अवैध कारोबारमा पनि उनी मुछिएका थिए ।

विगतमा तराईमा सक्रिय सशस्त्र भूमिगत समूहसँग पनि उनको साँठगाँठ रहेको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछन् । वीरगन्जलगायत प्रदेश २ का जिल्ला जोडिएका नेपाल–भारत सीमा क्षेत्रमा बस्ने गरेका इल्ताफ कहिलेकाहीं मात्रै काठमाडौं आउने गरेको अनुसन्धानमा संलग्न स्रोतको भनाइ छ । उनी अपराध धन्दामा आफूलाई मुन्ना खान, सदरुल अन्सारी, सदरुल मियाँलगायत नाममा चिनाउँथे ।

इल्ताफलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ०७२ जेठ ३० गते ललितपुरको सातदोबाटोबाट पक्राउ गरेको थियो । त्यतिबेलाको पक्राउपछि अनुसन्धान गर्दा भेटिएको गाडी नै मंगलबार प्रयोग भएको पनि खुलेको छ ।

यातायात कार्यालयबाट लिइएको विवरण, उनको अपराध पृष्ठभूमि र पछिल्लो पटक सुनचाँदी र पेस्तोल प्रकरणलाई जोडेर अनुसन्धान भइरहेको थापाले बताए । ‘सवारी चालक अनुमतिपत्र, सवारी किताब, च्यासिस नम्बर र इन्जिन भिडाएर हेर्दा बरामद गाडीमा राखिएको नम्बर सक्कली हो,’ उनले भने ।

बरामद गाडी अन्सारी र उनका आफन्त फुलनाज बेगमका नाममा दर्ता छ । ०६५ सालमा साउथ एसियन डेभलपमेन्ट सेन्टरका नामबाट अन्सारीले उक्त गाडी खरिद गरेका थिए । ०६७ जेठ २६ गते ललितपुर जिल्ला अदालतले जाली नोटको कारोबारमा अन्सारीलाई ३ वर्ष कैद र २ करोड ६१ लाख ९ हजार रुपैयाँ जरिवाना असुल्ने फैसला सुनाएको थियो । फैसला सुनाइँदा उनी फरार थिए । पाँच वर्षपछि पक्राउ परेर उनी ३ वर्ष जेल भुक्तान गरेर छुटेका थिए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies