Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

क्यान्सर पीडित पूर्वलडाकू तामाङको नाममा किन गरियो अनर्गल प्रचार ?

काठमाडौं । क्यान्सर पीडित पूर्व लडाकू नैनबहादुर तामाङको बारेमा अनर्गल प्रचार गरिएको नेकपा केन्द्रीय सदस्य सुबोध सापकोटा ‘माधव’ले गुनासो गरेका छन् ।

एक राष्ट्रिय दैनिकमा ‘बेकार युद्ध लडिए छ’ भन्ने शिर्षकको समाचार देखेपछि आफू छक्क परेको सापकोटाले बताए ।

सिन्धुपाल्चोक सुनकोसीका क्यान्सर पीडित पूर्व लडाकू तामाङलाई नेकपा अध्यक्ष प्रचण्डले केही दिनअघि भेट्ने इच्छा गरेका थिए । त्यसपछि दुई दिनअघि मात्रै सापकोटालगायतका नेकपा सिन्धुपाल्चोकका नेताहरूले पीडित तामाङलाई प्रचण्ड निवास खुमलटार लिएर गएका थिए ।

अध्यक्ष प्रचण्ड क्यान्सर पीडित तामाङलाई देखेर भावुक भएका थिए । सो क्रममा प्रचण्डले तामाङलाई आर्थिक सहयोग गरेका थिए । कुराकानीपछि क्यान्सर पीडित पूर्व लडाकु तामाङ हर्षित मुद्रामा नेकपा नेतासँगै खुमलटारबाट फर्किएका थिए ।

\"\"
नैनबहादुर तामाङ

तर, प्रचण्डलाई भेटेको दुई दिनपछि क्यान्सर पीडित पूर्व लडाकु तामाङको बारेमा राष्ट्रिय दैनिकमा त्यस्तो समाचार प्रकाशन भएपछि आफू आश्चर्यमा परेको सापकोटाले बताए ।

नेकपा केन्द्रीय सदस्यसमेत रहेका सापकोटाले भने, ‘क्यान्सर पीडित पूर्व लडाकु तामाङको समाचार प्रकाशितपछि तामाङसँग कुरा गर्दा उहाँले त्यस्तो बोलेको छैन भन्नुभयो ।’

सापकोटाले थपे, ‘समाज र व्यवस्था परिवर्तनका निमित्त प्रचण्ड मर्न हिँडे । आखिर विश्वमा ठूला ठूला परिवर्तन सजिलै आएका छन् ? आखिर किन गरिन्छ प्रचण्डमाथि प्रहार ? हुँदै नभएको कुरालाई हाईलाईट किन गरियो ? यो समाचार कुन उद्देश्यका साथ आएको हो बुझ्न गाह्रो भएको छ ।’

समाजले गलत कुरालाई कसरी प्रश्रय दिँदो रहेछ भनेर आफू छक्क परेको उनले बताए । उनले प्रश्न गर्दै भने, ‘यसको जवाफ कसले दिन्छ ?’ उनले यस विषयमा सम्बन्धित पक्षको ध्यानाकर्षण हुनुपर्ने बताएका छन् ।

\"\"

यता, यो समाचारले प्रचण्ड सचिवालयले पनि आश्चर्यमा परेको जनाएको छ ।

यसैबीच क्यान्सर पीडित पूर्व लडाकु तामाङकी श्रीमती तिर्थमायाले समेत एक विज्ञप्ती जारी गर्दै नेकपा अध्यक्ष प्रचण्ड, सभामुख अग्निप्रसाद सापकोटा, बागमती प्रदेशका सामाजिक विकास मनत्री युवराज दुलाल, सिन्धुपाल्चोक जिल्ला पार्टी, युवासंघ विद्यार्थी र पूर्व जनमुक्ति सेनालगातयले सहयोग गरिरहेको बताएकी छन् ।

साथै उनले हालसम्मको सहयोगका लागि प्रचण्डलगायतलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेकी छन् ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies