Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

आजराति १२ बजेदेखि बन्दाबन्दी लागू गर्ने

विराटनगर । विराटनगर महानगरपालिकाले कोभिड–१९ सङ्क्रमण समुदायमा फैलिन नदिन आजराति १२ बजेदेखि नगरक्षेत्रमा बन्दाबन्दी गर्ने निर्णय गरेको छ । महानगरस्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन समिति (सिसिएमसी)को आज बसेको बैठकले नगर क्षेत्रमा समुदायस्तरमा सङ्क्रमित वृद्धि भइरहेको अवस्थामा त्यसको नियन्त्रण एवं रोकथाम लागि यही साउन ३० गते राति १२ बजेसम्मका लागि महानगर क्षेत्रभित्र लागू हुनेगरी उक्त निर्णय गरेको महानगर प्रमुख भीम पराजुलीले जानकारी दिए ।

विराटनगर क्षेत्रमा समुदायस्तरमा सङ्क्रमण फैलिरहेको अवस्थामा यसबाट हुनसक्ने सम्भावित उच्च जोखिम रोकथाम तथा नियन्त्रणका लागि आवश्यक कदम चाल्नुपर्ने स्थिति सिर्जना भइसकेकाले बन्दाबन्दीको निर्णय गरिएको उनले बताए। बन्दबन्दीमा बजार र सर्वसाधारणको आवागमन पूर्णरुपमा रोक लगाइएको छ । उक्त अवधिमा खाद्यान्न, तरकारी तथा फलफूल पसल (पुरानो र नयाँ गुद्री बजारबाहेक) औषधि पसल, दूध, पानी, ग्यास÷इन्धन, अक्सिजन, बारुणयन्त्र सेवा, एम्बुलेन्स, अस्पताल तथा नर्सिङ होम (बहिरङ सेवाबाहेक), आइसिपीबाट आउनेजाने मालवाहक सवारीसाधन, सरसफाइकर्मी, स्वास्थ्यकर्मी, सञ्चारलगायत अत्यावश्यकबाहेक अन्य सम्पूर्ण सेवा महानगर क्षेत्रभित्र बन्द गरिएको छ । विराटनगरमा आजसम्म सङ्क्रमितको सङ्ख्या १०७ पुगेको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies