Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

अब यात्रुले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको नयाँ स्वाद लिनेछन्

काठमाडौं । मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल नयाँ अत्याधुनिक संरचनाकासाथ शीघ्र सञ्चालन योग्य भएको छ ।

विमानस्थलको क्षमता अभिवृद्धिका साथै सेवा सुविधालाई स्तरीकरण गर्नेगरी अत्यावस्यक थपिएका संरचनाले विमानस्थलको स्वरुप बदलिएको छ । विकसित मुलुकका सुविधा सम्पन्न विमानस्थलको झल्को दिनेगरी अन्तरराष्ट्रिय विमानस्थलको संरचना थप्नुका साथै सेवा विस्तार र स्तरीकरणको कार्य धमाधम भइरहेको हो ।

विश्वसँग नेपाललाई जोड्ने एक मात्रै अन्तरराष्ट्रिय विमानस्थल भएकाले यसलाई आधुनिकीकरण गर्ने, क्षमता अभिवृद्धि गर्दै सेवा विस्तार र स्तरीकरण गर्ने कार्य संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्र्तगत निरन्तर भइरहेको छ । त्यसको नतृत्व गर्ने पर्यटनमन्त्री योगेशकुमार भट्टराईले विमानस्थलको क्षमता विस्तार र स्तरोन्नतिको कामलाई निरन्तर अवलोकन र निर्देशन दिदैँ अहिलेको अवस्थामा आइपुगेको हो ।

विमानस्थलमा पछिल्लो समय भइरहेको कामबारे पर्यटनमन्त्रीले धेरै समय अन्तरराष्ट्रिय विमानस्थललाई दिदैँ आएका छन्। परिणामस्वरुप विमानस्थलमा सञ्चालित आयोजनाले सकारात्मक परिणाम हासिल गरेका छन् । यसै शिलशिलामा पर्यटनमन्त्री योगेशकुमार भट्टराईले आज अन्तरराष्ट्रिय विमानस्थलमा सञ्चालित विभिन्न परियोजनाका साथै सेवा स्तरीकरणका लागि भइरहेका कामको स्थलगत अवलोकन गरे ।

अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुङ्गाना, पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलसहितका उच्च अधिकारीलाई साथमा लिएर मन्त्री भट्टराईले विमानस्थलको प्रगति र सञ्चालिन नयाँ सेवा सुविधाको निरीक्षण र निर्देशन दिएको हो ।

कोभिड १९ महामारीले विश्व नै संत्रास छाइरहेको अवस्थामा अन्तरराष्ट्रिय विमानस्थलको पूर्वाधार निर्माणको काम निरन्तर अघि बढेको छ । पर्यटनमन्त्री भट्टराईले कोभिड–१९ नियन्त्रणका लागि नेपालमा लागू गरिएको बन्दाबन्दीभर कुनैपनि निर्माण कार्य अवरोध नभएको बताए । उनका अनुसार यो बिचमा विमानस्थलमा नयाँ प्रगति भएको छ । अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्ग विस्तारको काम सकिएको छ । साबिकको तीन हजार मिटर लामो धावनमार्ग विस्तार गरी थप ३०० मिटर बनाइएको छ ।

धावनमार्ग छोटो हुदाँ जहाजलाई सुरक्षित उडान अवतरण गर्न केही कठिनाई भइरहेको थियो । विस्तारित धावनमार्गले उडान सुरक्षा सुनिश्चितता प्रदान गर्ने मन्त्री भट्टराईको भनाइ छ । बन्दाबन्दीकैबीच अन्तरराष्ट्रिय टर्मिनल भवनमा एक हजार ५०० क्षमताको ‘डिपार्चर हल’ निर्माण सम्पन्न भइ सञ्चालनमा आएको छ । पुरानो डिपार्चर हल भत्काएर नयाँ बनाइएको हो ।

यही बीचमा वाइड बढी जहाज राख्न मिल्ने क्षमताका ‘पार्किङ्ग वे’ थपिएको छ । यसले ‘पार्किङ्ग वे’ मात्र थपिएको छैन । आकासमा जहाज होल्ड हुने अवस्थालाई पनि केही मात्रामा घटाएको पर्यटनमन्त्री भट्टराईले बताए। विमानस्थलको क्षमता अभिवृद्धिका लागि ‘लगेज वेल्ट’ थप्नेलगायत अन्य सेवा सुविधा थप्दै जाने योजना छ । समानान्तर ‘ट्याक्सी वे’ निर्माण तथा विमानस्थलको उत्तरतर्फ थप २२ वटा जहाज क्षमताका पार्किङ्ग स्थल बनाउनेजस्ता कार्यक्रम पनि योजनावद्ध अघि बढेको मन्त्री भट्टराईले जानकारी दिए ।

उनले भदौँ १ गतेबाट सञ्चालन हुने आन्तरिक र अन्तरराष्ट्रिय उडान सञ्चालनताका लागि अहिले बनिरहेका सबै संरचनाको उपयोग गर्नेगरी तयारी गरिएकोे बताए । मन्त्री भट्टराईले निर्माणाधीन बाँकी काम छिटो सम्पन्न गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिए । उनले भने, “यी सबै संरचना, सेवा र सुविधाले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको स्तरोन्नति भएको छ । देख्दा पनि आकर्षक भएको छ । भदौँ १ गतेपछि नेपाल आउने विदेशी पर्यटक तथा जतिपनि नेपाली दाजुभाई दिदिबहिनी काठमाडौँ विमानस्थलमा झर्दा विमानस्थलको नयाँ स्वाद लिन्छन् भन्ने मैले विश्वास लिएको छु ।”

विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले विमानस्थलको क्षमता अभिविृद्धि र सेवा सुदृढिकरणको काम निरन्तर भइरहेको बताए । प्राधिकरण मातहतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका निर्देशक मुरारी भण्डारीले विमानस्थल विस्तारको बाँकी समानन्तर ‘ट्याक्सी वे’ र पार्किङ्ग क्षेत्र विस्तारको काम चालुआबमा अघि बढ्ने बताए । पार्किङ्ग क्षेत्र विस्तारका लागि चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता भइसकेको विमानस्थलले जनाएको छ ।

बन्दाबन्दीको पाँच महिनापछि भदौँ १ गतेबाट आन्तरिक तथा अन्तरराष्ट्रिय उडान शुरु हुने भएपछि विमानस्थल तथा वायुसेवा प्रदायक कम्पनीले कोभिड–१९ सङ्क्रमणबाट सुरक्षित उडानका लागि स्वास्थ्य प्रोटोकल पालनालगायत सबैखाले तयारी गरिसकेका छन् । विमानस्थलमा भौतिक दूरी कायम गरी, मास्क र सेनिटाइजरको प्रयोगलगायत स्वास्थ्य सावधानीका बारे कर्मचारी तथा यात्रुले पालना गर्नुपर्ने पूर्वअभ्यास समेत भइसकेको छ ।

विश्व स्वास्थ्य सङगठन ९डब्लुएचओ० र अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन९आइकाओ०को मापदण्डमा रहेर विमानस्थल सञ्चालन गर्दा अपनाउनुपर्ने सावधानीबारे आवश्यक तयारी गरिएको विमानस्थलले जनाएको छ । अन्तरराष्ट्रिय विमानस्थलबाट तीन नेपालीसहित ३० वायु सेवा प्रदायक कम्पनीले अन्तरराष्ट्रिय उडान भर्दै आएका छन् । आन्तरिकतर्फ १० हेलिकोप्टर कम्पनीसहित २० वायु सेवा कम्पनीले उडान गर्छन ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies