Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

बेइमानी गर्न राजनीतिमा आएको हैन : पूर्वमन्त्री बाँस्कोटा

काभे्रपलाञ्चोक । पूर्वमन्त्री तथा प्रतिधिनिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले बेइमानीका लागि राजनीतिमा नआएको बताएका छन् ।

जिल्ला सहकारी सङ्घ लिमिटेड काभे्रपलाञ्चोकद्वारा सहकारी बजार विकास कार्यक्रमअन्तर्गत आज सहकारीका लागि उपलब्ध गाडीको साँचो हस्तान्तरण कार्यक्रममा उनले आफू पारदर्शीताको मानक स्थापना गर्न लागि परेको बताए । उनले भने “पारदर्शीको मानक स्थापना गर्न लागेको छु, मानिसको व्यक्तिगत, सामाजिक र राजनीतिक पारदर्शीता नभए कुनै काम लाग्दैन ।”

पूर्वमन्त्री बाँस्कोटाले सरकारले देशलाई जनताको केन्द्रविन्दूमा राखेर काम गरिरहेको बताए । उनले भने, “जनतालाई केन्दूविन्दूमा राख्दा अर्थतन्त्रको जग बलियो हुन्छ, यसपछि गतिशिलताले निरन्तरता पाउँछ ।” समाज परिवर्तनको आधार राजनीति मात्रै नभएको उल्लेख गर्दै उनले आर्थिक परिवर्तनले ठूलो भूमिका खेल्ने बताए ।

पूर्वमन्त्री बाँस्कोटाले समृद्धिको एउटा आधारस्तम्भ सहकारी क्षेत्र भएकाले सहकारी र समाजवाद सँगसँगै अगाडि बढ्ने उल्लेख गर्दै राजकीय पूँजी, नीजि पूँजी र सहकारीको पूँजी परिचालनले मात्रै मुलुकको समृद्धि सम्भव छ, त्यसैले सहकारी क्षेत्र आर्थिक समृद्धिको एउटा आधार मानिएको हो भने । उनले मुलुकको तीनखम्बे अर्थनीतिसँगै वैदेशिक सहायता तथा अनुदान पनि सँग सँगै जाने बताए ।

“वर्तमान अवस्थामा मुलुकको समृद्धिको अर्को आधार श्रम र प्रविधि हस्तान्तरण पनि प्रमुख विषय बनेको छ”, पूर्वमन्त्री बाँस्कोटाले भने “श्रम र प्रविधि विस्तार गर्दै आर्थिक समृद्धितर्फ लाग्नुपर्छ ।”

सो अवसरमा उनले ढुवानीका साधन प्राप्त गर्ने छ सहकारीका प्रतिनिधिलाई साँचो हस्तान्तरण गर्नुका साथै जिल्ला सहकारी सङ्घ लिमिटेडद्वारा प्रकाशित सहकारी तथ्याङ्कीय विवरण पुस्तकको विमोचन पनि गरे ।

कार्यक्रममा लिमिटेडका पूर्वअध्यक्ष मुकुन्दप्रसाद दाहाल, जिल्ला सहकारी सङ्घका अध्यक्ष विनोद पराजुली, जिल्ला कृषि सहकारी सङ्घका अध्यक्ष सुमन नेपाललगायतले विषयगत सहकारीमार्फत कृषकलाई उपलब्ध गराउने यान्त्रिकरणमा सरकारले कर छुट गरि दिनुपर्ने माग गरे।

लिमिटेडका सचिव दिलिप शर्माले नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय तथा संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रमको सहयोगमा सञ्चालित सहकारी बजार विकास कार्यक्रमअन्तर्गत स्थानीय तहमा कृषकले उत्पादन गरेका तरकारी तथा फलफूल बजारसम्म पुर्याउन पहिलो चरणमा तीन नगरपालिकाका छ सहकारीलाई गाडी प्रदान गरिएको जानकारी दिए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies