Ntc summer Offer
Khabar Dabali ५ बैशाख २०८१ बुधबार | 17th April, 2024 Wed
NIMB

पहिरो प्रभावित क्षेत्रमा खानेपानीको हाहाकार

गलेश्वर । पश्चिम म्याग्दीको बाढीपहिरो प्रभावित क्षेत्रमा विगत २० दिनदेखि खानेपानीको हाहाकार भएको छ । धवलागिरि गाउँपालिका–६, मराङ, मालिका गाउँपालिका– ७ बिम र बेनी नगरपालिका– २ बगरफाँटमा पहिराले खानेपानीको मुहान पुरिदिएपछि खानेपानीको चरम समस्या देखिएको हो । गत असार २६ गते बिहान आएको पहिराले गाउँ नजिकै रहेको मुहानसँगै पानी वितरण गरिने मुख्य ट्याङ्की, पाइप बगाउँदा विस्थापितलाई पिउने पानीको समस्या भएको छ ।

पहिरोले बस्तीभित्र ल्याइएको खानेपानीको पाइप क्षतिग्रस्त भएपछि तत्काल पाइपको अभाव र मुहानसमेत पहिराले पुरेकाले शुद्ध पिउने पानीको अभाव भएको पहिरो पीडितको भनाइ छ । पहिरोले पानीको मुहान बगाएकाले खानेपानीको समस्या भएपछि सबैले घर बाहिर आकाशे पानीका लागि गाग्री थाप्नुपरेको छ । पहिराले बस्ती नजिकै रहेका पानीको मुहान, पाइपमा क्षति पुगेको अवस्थामा तत्काल नयाँ योजनासहित मर्मत गर्नुपर्ने वडा सदस्य तिलकुमारी केसीले बताए ।

घरघरमा रहेका पानीका धारामा पानी आउन छोडेपछि सरसफाइ, लुगा धुनसमेत समस्या भएको स्थानीयको भनाइ छ । वडाभित्र करिब १७ हजार जनसङ्ख्या रहेकामा २१ घर पहिराले पुरिदिएको छ भने २०२ घर उच्च जोखिम, ४० घरपरिवारले विस्थापित जीवन बिताइरहेका छन् । करिब ४०० घरधुरी छ । पहिराले मराङका विभिन्न बस्तीमा २१ जनाले ज्यान गुमाएका थिए भने दुई जना बेपत्ता छन् । यता मालिका गाउँपालिका–७ बिममा समेत पहिराले दुई करोडभन्दा बढी लागतको बिम लिफ्ट खानेपानी आयोजना बगाएपछि खानेपानीको हाहाकार मच्चिएको छ ।

बिम गाउँको फेदीमा रहेको बिबोटखोला र जुगेखोला मुहानको पानी २४० मिटरमाथि रहेको रिजर्भ ट्याङ्कीमा पुर्याएर करिब १५० घरधुरीलाई वितरण भइरहेको खानेपानी गएको असार २५ गतेको पहिराले बगाएपछि खोल्साखोल्सीको पानी पिउन स्थानीय बाध्य छन् । बिमको बाइनफाँट, दुले, अर्गला, नौरुङ, डाँडागाउँ, नौमाने, भारवाङ, खारा, लुरवाङ गाउँका २६ घर पहिराले पुरिएको छ भने ५५ घरमा आंशिक क्षति र ७० घर पहिराको उच्च जोखिममा छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies