Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

कर्णालीकै प्रसिद्ध जात्रा सञ्चालन नहुने

जुम्ला । आगामी साउन २० गतेदेखि शुरु हुने कर्णालीकै प्रसिद्ध लामो र ठूलो जात्रा कोरोना भाइरसका कारण सञ्चालन नहुने भएको छ । जात्रा तथा मेला लागेपछि मानिसको भीडभाड हुने र कोरोना भाइरसको सङ्क्रमण फैलिने भएकाले जात्रा सञ्चालन नहुने भएको हो । जनैपूर्णिमाको भोलिपल्ट अर्थात् गाईजात्राको दिनदेखि शुरु हुने जात्रा श्रीकृष्ण जन्मअष्टमीका दिन मात्रै सकिने भए पनि कोरोना भाइरसका कारण यो वर्षको जात्रा सञ्चालन नहुने प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए ।

पहिलो दिन गाईजात्रा, दोस्रो दिन रोपाइँ जात्रा, तेस्रो दिनमा सानो पल्टन, मिम बादशाह र चौथो दिन मिम बादशाह, ठूलो पल्टन तथा बाघ भालु जात्रा निकालिने इतिहासिक चलन रहिआए पनि यो वर्ष कोरोना भाइरसका कारण जात्रा नहुने भएको उनले बताए । शुक्ल प्रतिपदाका दिन शुरु भई कृष्णजन्मअष्टमी गरेर आठ दिनसम्म मनाउने कर्णालीकै इतिहासिक चलन यो कोरोना भाइरसका कारण तोडिने भएको छ । एक वर्षभित्र मृत्यु भएका आफ्ना परिवारका सदस्यको सम्झनामा प्रतीकको रुपमा मानिसलाई गाईको रुपमा सिँगारेर वा गाईलाई नै नगर परिक्रमा गराउने चलन रहिआएको थियो ।

लिच्छ विकालमा मल्ल राज प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई सान्त्वना दिन सबैले यस्तो शोक बेहोर्नुपर्छ भन्ने देखाउन मानिस मृत्यु भएको घरबाट गाईजात्रा निकाल्ने व्यवस्था मिलाई रानीलाई देखाएका थिए । त्यसपछि पनि रानीको मन शान्त हुन नसकेपछि हसाउने कार्यक्रम गरेको इतिहास छ । त्यसैलाई आधार मानेर गाईजात्रामा सामाजिक कुरिती, राजनीतिक विकृति र प्रशासनिक कमजोरीलाई लक्षित गरेर व्यङ्ग्यात्मक कार्यक्रमको आयोजना गर्ने चलन रही आएको थियो ।

सिंजामा पनि जात्रा नलाग्ने

खस भाषाको उद्गम स्थल सिंजाको कनकासुन्दरीमा पनि यो वर्ष जात्रा नलाग्ने भएको छ । कनकासुन्दरी गाउँपालिकाले एक सूचना जारी गर्दै कोरोना भाइरसको सङ्क्रमण फैलन सम्भावना भए पनि जात्रा नलाग्ने भएको हो । गाउँपालिका अध्यक्ष नरविर रावतका अनुसार कोरोना भाइरसको प्रकोप बढ्दो अवस्थामा भएकाले यस क्षेत्रमा जात्रा, पैठ कुनै पनि मेलापर्व नहुने सबै नागरिकलाई सूचित गरिएको छ । उनले भने, “जारी सूचना तथा आदेशको अवज्ञा गरेमा प्रचलित कानून बमोजिम सजाय गरिने छ ।”

मास्क नलगाएर हिँड्ने कारवाहीमा

बिहीबार सबै नागरिकलाई मास्क बिना बाहिर हिँडडुल नगर्न अनुरोध गरेपनि शुक्रबार मास्क प्रयोग नगर्ने २२ जनालाई कारवाही गरिएको छ । प्रमुख जिल्ला अधिकारी थापाले भने, “केही बालबालिका थिए । उनीहरुलाई मास्कसहित सम्झाएर पठाएको छौँ भने अन्य व्यक्तिलाई रु १०० जरिवाना दिएर कारवाही गरेका छौँ ।” मास्क प्रयोग नगर्ने जो सुकै व्यक्तिलाई कारवाही गरिनेछ । कारवाही गर्नुभन्दा पहिला माक्ससहित उपलब्ध गराएर सम्झाएका छौँ । सम्झाउँदासम्झाउँदै पनि मास्क नलगाउने र सामाजिक दूरी कायम नगरी भीडभाड गर्नेलाई कारवाही गर्ने गरिएको उनले बताए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies